सहवीर क्रन्तिकारी आवाज भत्रे साप्ताहिक पत्रिकाको प्रकाशक हो । उसले २०३९ सालदेखि यो काम थालेको हो । २०३९ सालदेखि नै स्पन्दनले उक्त पत्रिकाका लागि कथा लेख्ने जिम्मा लिएका थिए र जिम्मेवारी पनि राम्रोसँग बहन गर्दै आएका थिए । साथै छपाइका सम्पूर्ण काम पनि उनीहरुको आवाज प्रकाशनमानै हुन्थ्यो । छाप्नका लागि सबभन्दा पहिले कम्पोजिटरहरुले जिँकको अक्षरहरुको साँचो मिलाएर त्यसलाई सेटिङ्ग गरेर प्रिन्टिङ्ग मेशिनमा राखेर , मेशिनमा मसीको पनि सेटिङ्ग गरिसकेपछि प्रेसम्यानहरुले सादा न्यूज पेपरहरुलाई हातले एक–एक गरेर राख्दै झिक्दै छाप्ने काम गरिन्थ्यो । अनि बिहान ५ बजेभित्रै हकरहरुले लगेर कराउँदै बेच्न सकाउँथ्यो ।
स्पन्दनले मेरो कथाको भाव कम्पोजिटरहरुले बिगारिदियो भनेर बारम्बार कम्प्लेन गथ्र्यो । उसको गुनासो जायज पनि थियो । अनि सधैं झैं स्पन्दनले किचकिच गरेको बेला सहवीरले अब तपाइँले तपाइँको कथा आफै कम्पोज गर्नुस् भनेर भनेको थियो । त्यत्तिबेलादेखि स्पन्दनले कथाहरु लेखेर नल्याइ पत्रिका प्रकाशन हुने एकदिन अगाडिनै उसको स्तम्भको लागि कथा कम्पोज गर्न आउँथ्यो । स्पन्दनले सधैं एकपृष्ठ भरी सप्ताहमा एक–एक वटा गरेर नियमित रुपमा निरन्तर कथा लेख्दै आएको थियो । प्रायः पाठकहरुले उसकै कथाका लागिनै पत्रिका कित्रे गर्दथे ।
०४६ सालको चैत्रको तेस्रो हप्तामा कम्पोज गर्न स्पन्दन आएन । त्यसैले स्पन्दनको कथाको पृष्ठ भरी ठूलो–ठूलो अक्षरको व्यानरले “पार्टी माथिको प्रतिबनध हटाऊ ” भनेर सहवीरले राख्न लगाएका थिए । स्पन्दनले कथाहरु लेख्दा मपात्र भएर कहिल्यै लेखेन । उसका दैनिक घटनाहरुलाई कथानकमा ढाल्ने निकै राम्रो खूबी थियो । आवाज पत्रिका निस्कने चैत्रको चौंथो हप्ताको अघिल्लो रात ११ बजे बहुदलको घोषणा भएको थियो । त्यही रात ११:१५ बजे स्पन्दन निक्कै प्रशत्र मुद्रामा आवाज प्रकाशनमा आएको थियो । उसले अब अप्रत्यक्ष लेख्ने जमाना गयो भन्दै कम्पोज गर्दै थियो र कम्पोज गर्न सकेपछि म खुशीयाली मनाउन गएँ है भन्दै , बहुदलको सबैलाई धेरै–धेरै शुभ–कामना भन्दै कथा आवाज पत्रिकालाई छोड्दै खुशीयाली मनाउन राति १२ बजे बाहिर जुलुशमा गएको थियो ।
उसले कम्पोज गरेको कथा यस प्रकार छ :–
"मेरो बुबा राष्ट्रिय गीत धेरै लेख्नुहुन्थ्यो । सधैं राष्ट्रिय गीत लेख्ने उहाँको वानी सबैले मनपराउँथे । ०४४ सालमा बुबा परलोक हुनुभयो । यस्ता राष्ट्रिय गीत लेखेर के भयो खोइ ? भन्दै ४४ सालमै मेरो दाइ प्रकाशले नेपाली काँग्रेशको सदस्यता लिनुभयो । उहाँ चित्त नबुझेको कुरा बोलिहाल्ने प्रबृत्तिको हुनुहुन्थ्यो । दाइले मलाई काँग्रेशको कार्यक्रममा भाषण सुनाउन लानुहुन्थ्यो । मपनि उहाँसँगै जान्थेँ । उहाँको आँखा छलेर म मदन भण्डारीको भाषण सुत्र जान्थेँ । सबै दर्शकहरुले मदन भण्डारीको क्रान्तिकारी भाषणको बीचबीचमा ताली पड्काएको देखेर मलाई पनि मदन भण्डारी मनपरेको थियो । भाषण सुन्दै रगत तातेर आउँथ्यो । त्यसैले म दाइको प्रोग्राममा भन्दा मदन भण्डारीको भाषण सुत्र जान्थेँ । भाषण सकेपछि पुलिसहरुले खेद्थे । हामीहरु भागाभाग भएर घर फर्कन्थ्यौ । भाग्न सकेन भने पुलिसको लाठीको मार खानु पथ्र्यो । तर काँगे्रस र कम्युनिष्ट दुबैको प्रोग्राममा मेरो बुबाको मृत्युपछि भने उहाँका राष्ट्रिय गीतहरु बजाइन थालियो । मेरो बुबा काँग्रेस र कम्युनिष्ट मिलेपछि मात्र देश बन्छ पार्टीलाई प्रतिबन्ध लगाएर देशलाई फाइदा हुँदैन भत्रुहुन्थ्यो ।
०४६ साल चैत्र १० गतेको दिन थियो । आन्दोलनले चर्को रुप लिएको थियो । बाहिर कफ्र्यू लागेको थियो । प्रहरीहरुले मेरोदाइलाई चर्को भाषण गर्ने प्रकाशे भत्रे नेता तैं होइनस् भन्दै लखेट्दै ल्याउँदै थियो । हाम्रो घर सडकमै थियो । मेरो दाइ भागेर आएर ढोका बन्द गर्दै स्याँस्याँ गर्दै भित्र पस्नुभयो । पुलिसहरुले ढोका ढकढक गरे । मेरो आमाले ढोका खोल्नुभयो । पुलिसहरुले प्रकाशे यहाँ छ ? भनेर भने । मेरो आमाले कर्फ्यु त बाहिर मात्र लागेको हो तिमीहरु यहाँ आउन पाउँदैनौ भनेर दुइटै हात ढोकाको दायाँबायाँ राखेर छेक्नु भयो । प्रहरीहरुले मेरो बुढी भइसक्नुभएको आमालाई घचेटेर लात हानेर लडाए । आमाले फेरि छेक्नुभयो प्रहरीहरुले आमालाई फेरि लात हाने । युवाहरु जतिलाई विनाकारण समातिरहेकाले म चाहेर पनि दाइलाई बचाउन आउन सकिरहेको थिइन । आमाले गुहार गुहार मेरो प्रकाशलाई बचाऊ भत्रुभयो तर टोलका मान्छेहरु कोही पनि बचाउन आएनन् । आमाले फेरि छेक्न जानु भयो प्रहरीहरुले दाइको पेटमा बुटले लातका लात हान्दै हथकडी लगाएर आमालाई घचेटेर लडाउँदै दाइलाई भ्यानमा राखेर लगे । आमाले यिनीहरुको अत्याचार नाघिसक्यो अब यिनीहरुको पतनको दिन आउँदैछ । यस्तै अत्याचार गरेकाले राणाहरुको शासन ढलेको हो भनेर भत्रुभयो ।
१०–१२ दिन भइसक्यो दाइको अत्तोपत्तो थिएन । दाइलाई कहाँ राखेको छ के गरेको छ केही थाहा भएन । चैत्र २५ गते वीरहस्पिटलमा आन्दोलनकारीहरुको लाश ल्याएको छ भत्रे हल्ला चलेको सुनेर म वीर हस्पिटलमा दाइलाई पनि ल्याएको छ कि भनेर हेर्न गएँ । वीरहस्पिटलमा घाइते भएर ढलेका आन्दोलनकारीहरुको नाङ्गो शरीरको थुप्रो लागेको थियो । त्यो शरीरको थुप्रोमा मेरो दाइ पनि नाङ्गो वेहोश अवस्थामा थियो । दाइको जिम गरेर बनाएको जस्तो राम्रो शरीर रक्ताम्य तथा नीलडामै नीलडाम भएर लत्राकलुत्रुक परेको थियो । एकापट्टि मरेको लाश र एकापट्टि बाँच्ने झिनो आश भएको शरीर डाक्टरहरुले पञ्छाउँदै मिलाउँदै थियो । मेरो दाइलाई बाँच्ने आश भएको साइड पट्टी पञ्छाएकोले मेरो सास अलि हलुङ्गो भयो । डाक्टरहरुले बाँच्ने आश भएको नाङ्गो शरीरहरुतिर देखाउँदै , कस्को कस्को घाइते हो तुरुन्त सम्पर्क राख्नुस् भत्रे वित्तिक्कै मेले उहाँ मेरो दाइ हो भनेर भनेँ । डाक्टरहरुले दाइलाई स्ट्रेचरमा राखेर दौडाएर लगे । म पछिपछि दौडेर गएँ । त्यहाँ एक्सरे गर्न लगेका रहेछन् । एक्सरेको रिपोर्ट आयो । कलेजो र फोक्सोमा धेरै चुटाइ परेकोले कलेजो र फोक्सो विग्रेको छ तुरुन्त उपचार गरेपछि मात्र थाहाहुन्छ भनेर भने । डाक्टरहरुले उपचार गर्न चाहिने सामग्रीको लिष्ट लेखेर मलाई दियो । मैले त्यो कागज लिएर औषधिहरु लिन गएँ । जर्मनका स्वयम् सेवक , स्वयम सेविकाहरु नेपालमा मान्छेहरु आन्दोलनमा औषधिको अभावमा मरिरहेछन् भत्रे थाहा पाएर कर्फ्यु लागेको समयमा पनि रेडक्रसबाट उपचारलाई चाहिने सामग्री उपलब्ध गराइरहेका थिए । बाहिर कर्फ्यु लागिरहेको थियो । ती जर्मनीहरुसँग नपाएको सामान बाहिर साझा भण्डारमा किनेर ल्याऊ भनेर मलाई पठाए । वीर हस्पिटलको बाहिरको गेट बन्द थियो त्यसैले मैले पर्खाल नाघेर औषधि लिन दगुरेँ । त्यहाँ आन्दोलनकारीहरु पर्खाल नाघ्दै वीर हस्पिटल भित्र भागेर आउँदै थियो । मैले पर्खाल नाघ्दा तीन जना आन्दोलनकारीहरु गोलीको निशानी लागेर पुक्लुक्कै ढलेका थिए । उनीहरुलाई प्रहरीसँग खोस्दै वीर हस्पिटल भित्र हातमा कालोट्टि बाँधेका जर्मनका स्वयम्सेवकहरुले लगिरहेका थिए । म पनि गोली छल्दै घोसे मुण्टो लगाउँदै साझाको क्लिनिकमा गएर नपुगेका औषधिहरु लिएर आएँ । फेरि पर्खाल नाघ्दा मेरो कानछुँदै एउटा गोली गएको थियो । मेरो कानबाट रगत बग्न थाल्यो । त्यत्तिबेला पनि ४ जना जति पर्खाल नाघेका आन्दोलनकारीहरु गोली लागेर पुक्लुक्कै ढले । ढलेको अवस्थैमा पनि उनीहरु पंफादेबीलाई फाँसी दे । वीरेचोर देश छोड । भत्रे चर्का नारा लगाउँदै थिए । उनीहरुलाई पनि हातमा कालोपट्टि बाँधेका स्वयमसेवकहरुले पुलिसहरुको हातबाट खोस्दै उपचारका लागि हस्पिटल भित्र स्ट्रेचरमा राखेर लग्दै थिए ।
मैले दाइलाई अप्रेशनमा चाहिने सम्पूर्ण सामग्री डक्टरलाई तुरुन्तै जिम्मा लगाइदिएँ । डक्टरले अप्रेशन गरेर मरेमा डक्टर र अस्पताल जिम्मेवारी हुनेछैन भनेर मलाई कवूल गराएर साइन गराए । मैले तुरुन्तै साइन गरिदिएँ । त्यत्तिकैमा भिडियो क्यामेरा बोकेर पत्रकारहरु आए । डक्टरले दाइलाई अप्रेसन थिएटरभित्र लगे । पत्रकारहरु पनि अप्रेसन गर्ने ठाउँ भित्र गए । पत्रकाहरु २ घण्टापछि बाहिर आए । उनीहरु बाहिर आएर रिप्ले हेर्दै थिए । मैले पनि उनीहरुले खिचेका डक्टरले अपरेशन गरेका दृष्यहरु भिडियो क्यामेराको सानो स्क्रिनमा रिप्लेमा हेरेँ । दाइको फोक्सो र कलेजोमा प्रहरीको बुटको दाम बसेको रहेछ अरु हेर्न पाइन । आजको ८बजे भत्रे प्रोग्राममा हेर है भाई हामी कसरी आन्दोलनकारीहरुलाई दमन गरिएको रहेछ भनेर देखाउँछौ साथै यो अप्रेशनको दृश्यहरु पनि देखाउँछौं भनेर गए । पत्रकारहरु गएको २ घण्टापछि मेरो दाइलाई स्ट्रेचरमा राखेर दौडाएर ल्याए । मेरो दाइलाई बेडमा लेटाइयो । बेलुकीको ८ बजिसकेको थियो । बाहिर आन्दोलन चर्किरहेको थियो । अब भने लाशहरु खोसेर ल्याउन पनि पाइरहेको थिएन आर्मीहरुले पूरै अस्पताल घेरिसकेका थिए । बुबाले भत्रुभए जस्तै कांग्रेस र कम्युनिष्टहरु मिलेर आन्दोलन झन् तीब्र बनाउँदै सफल बनाउँदै लगिरहेका थिए । म दाइलाई बेडमा कुर्दैं झ्यालबाट टुँडिखेलको खुल्लामञ्चमा हेर्दै थिएँ । त्यहाँ घाइते नाङ्गा लाशहरुलाई आर्मीहरुले ट्रकमा खाँद्दै थिए । मानवअधिकार संगठनले केही गर्न पाइरहेको थिएन । कति मरे कति मरे यकिन सँख्या प्रहरीको रेकर्डको भरमा थियो । बाहिर सिरिरिरि अलि हावा चलेर हस्पिटलको झ्यालको पर्दा चलेको ठाउँमा पनि आर्मीहरुले गोली ताकेर निशाना लगाइरहेका थिए । हस्पिटलका प्रायः झ्यालका सिसाहरु फुटेका थिए ।
दाइलाई अप्रेशन गरेको बेला दिइएको निन्द्राको औषधिको डोज सकिएछ क्यारे दाइ धेरै छटपटाउनु भयो । दाइ मुख चलाएर कराइरहनु भएको थियो तर दाइको स्वर भने आइरहेको थिएन ।
मैले एस एलसी दिएको समयमा एउटा कथा पढेको थिएँ त्यो कथामा रामको दाई श्यामले राति बाहिर के जुलुश आयो भनेर हेर्न जाँदा श्याम त्यही जुलुशमा सामेल भएर बेपत्ता भएको थियो । त्यो विद्रोहीको समूह रहेछ । राति बाहिर जसले जुलुश हेर्न जान्थ्यो उक्त व्यक्ति विद्रोही गु्रपमा सामेल हुन्थ्यो र घर फर्केर आउँदैनथ्यो । यदि फर्केर आए भने प्रहरीले केलफेल गरेर अत्यन्तै सास्ती गथ्र्यो । एकदिन रामले श्यामलाई विद्रोहीकहाँबाट फुत्काएर ल्याउन सफल हुन्छ तर आर्मीहरुले राम र श्यामलाई घेरा हालीसकेको हुन्छ । आर्मीको यातनामय पञ्जाबाट छुटाउन रामले श्यामलाई आर्मीहरुको राइफल खोसेर गोली हानेर मारिदिन्छ । अनि राम दङ्ग पर्छ यसरी कथा समाप्त हुन्छ ।
तर म त्यो बेला दाइको छटपटी हेरेर बस्नु बाहेक केही गर्न सकिरहेको थिएन । मसँग बन्दूक भएको भए मैले पनि त्यो कथामाजस्तै दाइको हत्या गरिदिने थिएँ । दाइको छटपटि मलाई धेरै–धेरै सहन गाह्रो भइरहेको थियो । छटपटाउँदा छटपटाउँदै दाइ फेरि बेहोश हुनुभयो डक्टरहरुले इमर्जेन्सी घाइतेहरुको हातमा कालोपट्टि बाँध्दै उपचार गरिरहेका थिए । म फेरि इमर्जेन्सीमा गएँ डक्टरहरुलाई दाइ छट्पटिएर फेरि बेहोश भएको हो कि साह्रो इमर्जेन्सी पर्यो भनेर भनेँ । डक्टरहरु दगुरेर आए । फेरि दाइलाई अपरेशन थिएटरमा लगे । धन्दा नमात्रुस् अघिको व्लड र स्लाइन बाँकी छ औषधिहरु पनि अघिकोलेनै पुग्छ भनेर भने । विहान भैसकेको थियो मैले नसुतेको २ दिन भैसकेको थियो । अप्रेशन गर्न ४ घण्टा लाग्छ अब नआत्तिनुस् ४ घण्टा पछि आउनुस् भनेर भने । विहान फेरि आन्दोलन चर्किएको थियो । आन्दोलनकारीहरु चर्का–चर्का नारा लगाउँदै थिए भने प्रहरीहरु गोलीको निशाना लगाउँदै थिए । घाइतेहरु खोस्ने स्वयमसेवकहरु नपुगेकाले स्वयम्सेवकहरुले मेरो सेतो शर्र्टमा रातो मार्करले रेडक्रसको चिन्ह ठूलो बनाएर लेखिदियो । अनि म पनि स्वयम्सेवकहरुसँगै घाइतेहरु खोस्दै डक्टरको जिम्मा लगाउनमा लागेँ । ४ घण्टा वितेपछि दाइलाई हेर्न गएँ । आन्दोलनकारीहरुलाई स्ट्रेचरमा राखेर मद्दत गरेपछिको समयमा भने दाइलाई अप्रेसन गरेर ल्याउँदा भने दाइ हँसिलो थियो । दाइले आजको रात नाघेर जाँदैन पक्कै नयाँ राम्रो कुरा सुत्र पाइन्छ भत्रु भयो । रातको ११ बजेको थियो । साँच्चिक्कै रातको ११ बजे वीरेन्द्रले बहुदलको घोषणा गरे । घरमा भएका मान्छेहरु सबै बाहिर निस्केर बहुदल आयो !! बहुदल आयो !! भन्दै दुबै हात फैलाउँदै हाँस्दै सडकमा दगुर्न थाले । "
स्पन्दनको कथा समाप्त भयो ।
कम्पोज सक्ने बित्तिक्कै स्पन्दन दुबै हात फैलाउँदै हाँस्दै बहुदल आयो !! , बहुदल आयो !! भन्दै प्रशत्र हुँदै इन्द्रचोकतिर जुलुशसँगै राति १ बजे दगुर्दै थियो । आर्मीहरुले जुलुशलाई बन्दुक हात्रे आदेश रोक्ने माथिबाट आदेश आएको छैन भन्दै बहुदल आएपनि सबैभन्दा खुशीयाली व्यक्त गरेर स्वर मच्चाउने स्पन्दन लगायत अरु ४ जनालाई बन्दूकको निशाना ताकेर मुटुको स्पन्दन बन्द गरिदिए ।
आवाज पत्रिकामा स्पन्दनको श्रद्धाञ्जली स्वरुप ०४७ सालको बैशाखको ४ वटै हप्ता उसको एउटा मात्र मपात्र भएको उसैले आफ्नो हातले कम्पोज गरेको उसैको वास्तबीक कथा प्रकाशन गरेको थियो । त्यो चारहप्ता सम्म उक्त पत्रिका पहिलेभन्दा ४ गुणा बढी बिक्री भएको थियो ।
अहिलेसम्म आवाज पत्रिका निरन्तर चलिरहेको छ । तर स्पन्दनको स्थानसम्म कोही आउन सकेको छैन । उक्त पत्रिकाले स्पन्दन र स्पन्दनको परिवारलाई केही गर्न नसकेतापनि उक्त पत्रिकाले स्पन्दनलाई श्रद्धाञ्जली स्वरुप पत्रिकाको नाम परिवर्तन गरेर “स्पन्दनको क्रान्तिकारी आवाज”भनेर अहिलेसम्म साप्ताहिक रुपमानै प्रकाशन गरिरहेको छ । प्रकाशलाई भने अहिले पनि विभित्र कार्यक्रमहरुमा जनआन्दोलनको जिउँदो शहीद भनेर दोसल्ला ओढाउँदै निरन्तर सम्मान गरिँदै आइरहेको छ ।