मध्य रातमा ट्रिरिङ...ट्रिरिङ... फोनको घण्टी बज्यो । दिनभरको थकाइले चूर भएर मस्त निन्द्रामा परेको किरणका लागि त त्यो बमको धमाका जस्तै लाग्यो । मनमा धेरै आशङकाहरूले परेड खेल्न थाले । हुन पनि सुखको खेती गर्न परदेशमा बसेको बिचरो किरणका लागि मध्य रातमा बजेका हरेक घण्टीले अशुभ समाचार मात्र सुनाउादै आएका छन ।
दशक बितिसक्यो किरण लाहुरे बनेको । निम्न वर्गीय परिवारमा सानै छादा बाबु गुमाएको किरणले आवश्यक शिक्षा पाउन सकेन । परिवारको जेठो छोरो थियो ऊ— तीन भाइ र दुई बहिनीहरूको शिक्षा, विवाह अनि विधवा आमाको रेखदेखमा भएको जग्गाजमिन केही बेच्यो त केही जमिनदारकोमा चर्को ब्याजमा धितो राखेको थियो । जागिर खोज्ने प्रयास शिक्षाको अभावमा सफल भएन । भारतीय र बेलाइती पल्टनमा कोसिस गर्यो, सफल भएन । हुर्कंदै गरेका दुई सन्तानको खर्च पनि बढदै थियो । पहुाच, सिफारिस, कोसेली केही पनि जुटाउन नसक्ने किरणका मनमा भविष्यमा सुख पाउने र वर्तमानको माग पूरा गर्ने एउटै मात्र उपाय विदेश गएर मजदुरी गर्न जुर्यो ।
निक्कै प्रयासपछि बल्ल अरबमा एउटा काम मिलेको थियो— भेडाका बथानसित लाप्पा खेल्दाखेल्दै दशक बितेको उसलाई पत्तै भएन । तर उसको शारीरिक, मानसिक र पारिवारिक अवस्थामा आएको उथलपुथलले भने किरणको जीवनले धेरै सुनामी पार गरिसकेको छ । धेरै आाधीका धक्काले किरणका आासु सुकाइसकेको छ । कमजोर, शिथिल अनि नीरस किरण कसैको आशाको त्यान्द्रो मात्र भए पनि ऊ आफ्नै लागि आशावादी छैन । समयान्तरले उसका सपनाहरू बदलिएका छन । उसका बाटाहरू भत्किसकेका छन, उसको गन्तव्य अन्धकारतर्फ धकेलिएको छ ।
यो घण्टीले पनि अशुभ समाचार नै लिएर आएको त होला नि ! उसमा फोन उठाउने चाहना रहेन । बरु प्रत्येक घण्टीसागै ऊ अतीतमा फर्कियो ।
लाहुर हिाडेको तेस्रो वर्षको एक रात बजेको घण्टीसागै ‘घरको फोन आयो’ भनेर खुसीले उफ्रेर फोन उठाएको मात्र के थियो उताबाट किरणकी आमाले रुादै सुनाइन— जीवनमा सागै बााच्ने सागै मर्ने बाचासहित सिन्दुर लाएकी किरणकी पत्नी सीताले किरणसित अब आशाभरोसा नरहेको भन्दै दुई नाबालक बच्चालाई सासूको जिम्मा लगाएर सुख खोज्न अर्कै पुरुषको हात समाती हिाडेको समाचार सुनाएकी थिइन । त्यो रात पहिलो चोटि विदेशमा खुबै रोएको थियो किरण । उनीहरूकै सुख खोज्न आफ्नो जवानी धितो राखी मुग्लान पसेको किरणको भक्कानो छुटेको थियो त्यो रात । त्यसपछिका दिनहरू न निन्द्रा न भोकमा बित्तै गएका थिए । चााडै घर फर्कने विचारले किरण अधिक काममा खटन थालेकाले कमजोर बन्दै गएको थियो ।