आज संविधानसभाको चुनाव भएको पनि लग-भग चार वर्ष वित्न लागेछ। यस भन्दा अघि भए गरेका ससस्त्र शंघर्स र जन आन्दोलनको परिणाम स्वरुप प्राप्त उपलब्धिहरुलाई संस्थागत् गर्दै समाजमा ब्याप्त थिचो-मिचो, अन्याय, विभेद आदि अन्त्य गर्ने र विकास निर्माणले गति लिने अनि उद्योग कल-कारखाना प्रचुर मात्रामा संचालन भई स्वदेशमै रोजगारिको अवसर श्रृजना गरेर विदेशमा मजदुरीका लागि जानु पर्ने बाद्यताको अन्त्य हुन्छ भन्ने आशमा एउटा छोरो “हर्क” ससस्त्र शंघर्शका दौरान गुमाएका, छोरि “हेमा” त्यहि बेला बेपत्ता बनाइएकि जसको आज सम्म शास वा लासको पत्तो छैन, अर्को छोरो “हिरा” ऐतिहासिक राजधानि केन्द्रित आन्दोलनमा सहादत हुदाँ देशका लागि वलिदान भए भनि गौरव गर्दै चित्त बुझाएर बसेका “आस बहादुर” र उनकि श्रीमति “आसाकला” आज निरास भएका छन्। आन्दोलनकै दौरान दायाँ खुट्टामा गोलि लागि अपाङ्ग भएको टुहुरो भतिजो “आदर्श”लाई साथमा लिएर बुडेसकाल काट्दै गर्दा हिजो शंघर्सको मैदानमा जानु अघि छोरा-छोरिले देखाएको सपनाहरु आज सम्म आई पुग्दा भताभुङ्ग भईसकेकाछन्।
लाडाई लड्न भूमिगत जानु अघि हर्क र हेमाले भनेका थिए, वा हामि देश र दुख: पाएका जनताको हितमा नयाँ व्यबस्था ल्याउन युद्धको मैदानमा जादैछौँ।
ऐतिहासिक आन्दोलनको सफलता र विस्तृत शान्ति संझौता पछि छोरा-छोरि गुमाउनु पर्दाको पिडालाई अब उनिहरुले बगाएको रगतको उचित मुल्याङ्कन् हुनेछ, आफ्ना छोरा-छोरिले परिवर्तनको निम्ति प्राणको आहुति दिनु परेको भएपनि अव सुख:का दिन आउनेछन्, फेरि कसैले यस्तो वलिदान दिनु पर्ने छैन भन्ने सोचेर चित्त बुझाएका थिए। तत् पश्चात् अन्तरिम् संविधानको घोषणा, संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा सम्मपनि ठीकै हुदैँ थियो। त्यस पछि याहाँ जे हुदैछ त्यसले हरेकमा निरासा, आक्रोस र वितृष्णा जगाउदोछ। दुई वर्षमा बनाई सक्ने कवोल गरिएको संविधान आज चार वर्ष पुग्न लाग्दा बन्ने छाँट-काँट देखिएको छैन। छ महिनामा पुरा गर्ने भनिएको शान्ति प्रकृया आज सम्म पुरा भएको छैन। तर सरकार बनाउने र भत्काउने खेलहरु निरन्तर चलेकै छन्। वेपत्ता भएकाहरुको खोजविन् गर्न कुनै निकाय गठन नभएपनि र शहिदहरुको उचित सम्मान नभएपनि समाज परिवर्तनको नारा दिएर स:सस्त्र युद्ध र आन्दोलन हाँक्नेहरुको राजधानि लगायत ठूला सहरहरुमा आलिसान महल बन्दैछन्। चिल्ला र महंगा गाडिमा सयर भएकैछ। घुस, कमिसन खुलेयाम चलेकै छ। मन्त्री हुने व्यक्ति अपहरणकारी र रातो पासपोर्ट बेच्ने व्यक्ति सभासद हुन पनि पाकै छ। सुशासनका कुरा गर्छन् तर मन्त्रीले घुस-कमिसन माग्दा पनि पचेकै छ। आफ्ना सह-योद्धाहरुले सरकारबाट जीवनयापनका लागि पाएको पैसा जबर्जस्ति लिन पनि छुट् छ। एउटै आँपको रुखमा धान फल्छ, फल फल्छ, त्यहि आँपको काठ काटेर घर पनि बन्छ, हाँगा-विँगाको दाउरामा भात पाक्छ र फल बेचेर लाखौँको ब्यांक मौज्दात पनि जम्मा हुन्छ भन्ने कुरा नपत्याउदा अमुक ब्यक्ति वा जात माथि विभेद भयो भनेर नारा लाउन पनि पाईएकै छ।
यी र यस्ता गतिविधिहरुले आस बहादुर र आसाकलाहरुलाई निरास पारेको मात्र होईन, हिजो नेपालीका हज्जारौँ छोरा-छोरिहरुको सहादत र अङ्ग भङ्गता के का निम्ति थियो ! भुझ्न कठिन भएको छ। हिजोका दिनमा पुरुष सभासदहरुले सुतकेरिले प्रयोग गर्ने औषधि खर्चको भुक्तानि लिएको घट्ना र सत्ताको चरम दुरुपयोगलाई आज संग दाज्दा कुनै फरक पाउदैनन्। अतित् देखिका परिवर्तनलाई हेर्दा निश्कर्स एउटै निस्कन्छ, शंघर्सको मैदानमा जोसुकै र जतिसुकै लडेपनि टाठा-बाठाहरुले यस्को चरम दुरुपयोग गरेकाछन्। आस बहादुर र आसाकला बेला-बखत भेट्न आउनेहरुलाई भन्छन्, वावु हो ! सक्छौ भने हाम्रा छोरा-छोरिको रगतलाई खेर जान नदेओ। नत्र, “सतिले सरापेको देश” संग संगै “शहिदको रगतले धिक्कारेको देश” पनि थपिने छ।