एक डलर सतासी सेन्ट । त्यति थियो । डेलाले यो धन एक एक सेन्ट गर्दै बचाएकी थिई । चामल दाल किन्दा तरकारी किन्दा मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीनपल्ट गनी । एक डलर सतासी सेन्ट । भोलिपल्ट कि्रस्मसको दिन थियो ।
सानो मैलो सोफामा बसेर रुनुबाहेक अर्को उपाय थिएन । अनि डेलाले त्यसै गरी । उसले बिचार गरी जीवन रुवाई सुस्केरा हाँसोले बनेको छ तर त्यसमा सुस्केराकै मात्रा अधिक छ ।
घरकी श्रीमती पहिलो अवस्थादेखि दोश्रोमा विस्तारै जाँदै गर्दा हामीले उसको घरलाई हेर्यौं । मेच टेबलहरु भएको घरभाडा हप्ताको आठ डलर । घरको अवस्था त्यति राम्रो होईन । प्रवेशद्धारमा चिठी खसाल्ने एउटा बाकस छ । तर त्यहाँ कसैले चिठी खसाल्दैन । बाहिर बिजुलीको घण्टी बजाउने एउटा स्वीच छ तर त्यो स्वीच थिच्न कोही आउँदैन ।
त्यसैको छेउमा मिस्टर जेम्स डिलियगंघाम यंग लेखिएको एउटा नामपाटी छ ।
हप्तामा तीस डलर कमाउँदा जेम्स डिलियगंघाम यंगले यो नामपाटी त्यहाँ झुन्ड्याएको थियो । तर अहिले आय घटेर बीस डलर हुँदा ती अक्षरहरु धमिला हुँदै गएका थिए ।
मिस्टर जेम्स डिलिगंघाम घर पुग्दा मिसेज जेम्स डिलिगंघामले उसलाई माया गरेर आलिगंन गर्थी र जीम भनेर बोलाउँथी । मिसेज जेम्स डिलिगंघामलाई तपाईले अघि नै भेटिसक्नु भयो । ऊ डेला हो ।
डेलाले रुन छोडी र गालामा पाउडर दली । ऊ झ्यालनेर आएर उभिई अनि बाहिर खैरो आँगनमा खैरो पर्खाल माथि हिँडिरहेको एउटा खैरो बिरालोलाई शुन्य दृष्टिले हेरी । भोलि कि्रसमस । उसले जीमलाई एउटा उपहार दिन चाहन्थी । तर डेलासित खाली एक डलर सतासी सेन्ट थियो । महिनौदेखि उसले जम्मा गरेको पैसा त्यति हो । हप्ताको बीस डलरले के पुग्थ्यो र आफूले हिसाब
गरेको भन्दा खर्च बढ्ता हुन्थ्यो । खर्च सधैँ यस्तै हुन्थ्यो ।
जीमको लागि उपहार किन्नलाई उसित केवल एक डलर सतासी सेन्ट थियो । उसको प्यारो जीम उसलाई कुनै राम्रो उपहार दिने विषयमा धेरैबेर सम्म सोचिरही । उपहार खुबै राम्रो होस् । उपहार जीमलाई सुहाउने होस् ।
कोठाभित्र झ्यालहरुको माझमा एउटा ऐना थियो । आठ डलरको भाडाको घरमा तपाईले यस्तो ऐना देख्नुभएको होला । ऐना सानो थियो र आफ्नो अनुहारको सानो भागमात्र देख्न सकिन्थ्यो । तर मान्छे दुब्लो र हात छिटो चलाउने भए मात्र उसले आफ्नो अनुहारको राम्रो भेउ पाउन सक्थ्यो । डेला पातली थिई र यस कलामा सिपालु थिई ।
एक्कसी ऊ झ्यालबाट फनक्क फर्की र ऐना अघि उभिई । उसका आँखा चमचम गर्दै चम्किरहेका थिए । तर एकैछिनमा उसको अनुहारको रंग उड्यो । उसले छिटो छिटो आफ्नो कपाल फुकाई र त्यसलाई पूर्ण रुपले झर्न दिई ।
जेम्स डिलिगंघाम यंगहरुसित गर्व गर्न लायकका दुईटै कुरा थिए । एउटा थियो जीमको सुनको घडी बाबु बाजेको पालाको अर्को थियो डेलाको कपाल । पल्लो कोठामा सेबाकी रानी बसेकी भए डेलाले आफ्नो कपाल धोएर रानीले देख्ने गरी सुकाउने थिई र उनका हिरा मोतीहरु तुच्छ तुल्याईदिने थिई । अनि तल्लो कोठामा आफ्नो सारा सम्पती थुपारेर राजा सलोबन बसेको भए त्यो बाटो जाँदा जीमले उसलाई देखाई देखाई त्यो घडी हेर्ने थियो । राजाचाहीं इष्र्याले आफ्नो दाह्री तान्ने थियो ।
अहिले डेलाको सुन्दर केशरासी खैरो पानीको झरना झैं झलमल्ल भएर उसको आगंमा झर््यो । उसको कपाल घुँडामुनी सम्म पुग्यो र यो उसको पोशाक जस्तै देखियो । फेरि उसले झटपट कपाल बाँधी । एकछिन हच्की र नहल्लीकन उभिरही । उसका आँखाबाट तपतप दुईथोपा आँसु थोत्रो गलैंचामा खसे ।
उसले आफ्नो पुरानो खैरो टप लगाई । स्कर्टले फनक्क फेरो मारेर आँखामा चमक लिएर ऊ घरबाट फटाफट निस्की र बाटामा आईपुगी ।
जहाँ पुगेर ऊ रोकी त्यहाँ एउटा साईनबोर्ड थियो श्रीमती सप्रोनी सबै किसिमका कपाल पाईने पसल डेला दौडँदै एकै सासमा एक तलामा पुगी । स्याँ स्याँ गदैै्र सास फेरेर उसले आफूलाई सम्हाली । श्रीमती सप्रोनी थिईन ठूलो जीउकी सार्है गोरी अनि रुखो स्वभावकी ।
मेरो कपाल किन्नुहुन्छ डेलाले सोधी डेलाले सोधी ।
किन्छु श्रीमती सप्रोनीले भनिन् । टोपी फुकाल्नुहोस् कस्तो छ हेरुँ ।
त्यो खैरो झरना लहराएर तलतिर झर्यो ।
डेलाको कपाल अभ्यस्त हातले उठाएर श्रीमती सप्रोनीले भनिन् बीस डलर ।
दिनोस् चाँडो दिनोस । डेलाले भनी ।
त्यसपछि ऊ दुईघण्टासम्म सुन्दर कल्पनाको पखेटा लाएर उडी । जीमको निम्ति उपहार किन्न ऊ पसल पसल चाहर्दै हिँडि ।
बल्ल उसले भनेजस्तो चिज पाई । यो जीमकै लागि बनेको थियो अरु कसैको लागि होईन । यस्तो चिज अरु कुनै पसलमा थिएन । उसले शहरका सबै पसलमा चाहरीसकेकी थिई । यो थियो प्लाटिनमको घडीको चेन सादा र शुद्ध ढाँचाको । फोस्रो अलंकारले होईन तर सामग्री हेर्दा मुल्यवान देखिने । सबै राम्रा चिजहरु यस्ता हुन्छन् नि ।
यो जीमको घडीलाई खूब सुहाउने किसीमको थियो । यो देख्ने बित्तिके उसलाई के लाग्यो भने यो चेन जीमकै निम्ति बनेको हुनुपर्छ । यो जीम जस्तै थियो । शान्त र शानदार । जीम र यो चेन दुबैमा यी गुण थिए । यसको लागि उसले एक्काई डलर तिरी । ऊ त्यो चेन र सतासी सेन्ट लिएर हतार हतार घरतिर हिँडी ।
आफ्नो घडीमा त्यो चेन लगाएर आफ्ना साथीहरुको बिचमा समय हेर्न उत्सुक हुनेछ । उसको घडी शानदार थियो तर चेनचाहीं पुरानो छालाको थियो । यसैले कोहीबेला अरुका आँखा बचाएर ऊ समय हेथ्र्यो ।
घर पुगेपछि डेलाले विवेकसित काम गर्न थाली । कपाल काट्दा बसेको दाग छोप्ने कोशिसमा लागी । माया र उदारता दुबै मिलेपछि गहिरा खाटा बनाईछोड्छन् । यी खाटाहरु छोप्न सजिलो छैन साथी हो सजिलो छैन ।
चालीस मिनेटपछि उसको शिर ससाना घुँघुरिएको कपालले ढाकियो ऊ अहिले स्कूल भगुवा केटो जस्तै देखिन्थी । उसले ऐनामा धेरै बेरसम्म आफ्नो प्रतिरुप आँखा गाडेर हेरिरही ।
उसले मनमनै भनी जीमले मलाई मारेन भने उसले भन्नेछ तिमी त कोनी टापुमा गाएर हिँड्ने केटी जस्तै देखिन्छ्यौ त । तर म के गर्न सक्थेँ अहो एक डलर र सतासी सेन्टले म के गर्न सक्थेँ
सात बजेको कफी तयार भयो । चप बनाउन स्टोभमाथि ताप्के राखियो ।
जीम कहिले पनि अबेर गर्दैनथ्यो । डेलाले मुठीमा चेन राखी र ढोकाको छेउमा टेबुलको एक कुनामा बसी । जीम सधैं त्यहीबाट आउँथ्यो । त्यसपछि उसले जीमले भर्यागं उक्लेको आवाज सुनी । एकछिन पछि त उ सेतै भई । प्रतिदिनका साधारण कुरामा पनि ऊ भगवान्सँग मनमनै प्राथना गर्थी । अहिले उसले भनी हे भगवान् जीमले मलाई अझै राम्री देखुन् ।
ढोका खुल्यो । जीम भित्र पस्यो अनि ढोका थुन्यो । ऊ दुब्लो पातलो र गम्भीर देखिन्थ्यो । बिचार ऊ बाईस बर्ष त पुगेको थियो । तर उसको काँधमा एउटा परिवारको भार थियो । उसलाई एउटा ओभरकोटको आवश्यक्ता थियो । फेरी उसका हातमा पाजा पनि थिएन ।
जीम भित्र आयो । ऊ शिकारको गन्ध पाएको कुकुर जस्तै भएर उभियो । डेलामाथि उसका आँखा गाडिए । उसको हेराईमा एक किसीमको भाव थियो डेलाले त्यो ब्झ्न सकिन । त्यसले उसलाई भयभीत पार्यो । त्यो न त क्रेध थियो न आश्चार्य न अस्वीकृति न भय न त कुनै यस्तो भाव जुन उसले सामना गर्न तयार थिई ।
डेला जीमकहाँ गई ।
मेरो प्यारो जीम उसले कराएर भनी मलाई त्यसरी नहेर । मैले आफ्नो कपाल काटीदिएँ र बेचिदिएँ । मैले तिमीलाई कि्रस्मसको उपहार नदिई बस्न सकिनँ । मेरो कपाल त बढिहाल्छ नि । के तिमी रिसायौ मैले यसो नगरी सकिन ।
मेरो कपाल त ज्यादै छिटो बढ्छ । जीम मेरी कि्रस्मस भनन । हामी खुशी मनाऔं न । तिमीलाई थाहा छैन होला मैले तिम्रो निम्ति कति सुन्दर कति मनोहर उपहार ल्याएकी छु ।
तिमीले आफ्नो कपाल काटीदिएकी जीमले मुस्किलसाथ भन्यो मानौ उसले त्यो सोझो कुरा बुझ्न सकेको छैन ।
काटेर बेचिदिएँ डेलाले भनी । के मलाई अब मन पर्दैन म त उही हुँ नी जीम । मेरो कपाल मात्र त छैन । होईन र
जीमले कोठाको चारैतिर आश्चार्यको दृष्टिले हेर्यो ।
तिम्रो कपाल छैन भनेको होईन त मूर्खले जस्तै उसले भन्यो ।
तिमीले मेरो कपाल नखोजे पनि हुन्छ डेलाले भनी । त्यो त मैले बेचिसकें । म भन्दैछु त्यो बिक्री भएर कहाँ पुगीसक्यो । आज कि्रस्मसको पूर्वसन्ध्या हो । जीम मसित नरिसाऊ । त्यो त मैले तिम्रै निम्ति बेचेकी हुँ । सायद मेरो शिरको कपाल एक एक गरि गन्न सकिएला स्वरमा गम्भीर मधुरता ल्याएर उ भन्दै गई तर तिमीप्रति मेरो माया कसैले गन्न सक्दैन । जीम के अब चपहरु ल्याउँ
मूर्छाबाट जीम एक्कसी बिउँझेजस्तो भयो उसले आफ्नो डेलालाई अँगालोमा बाँध्यो । अब हामी केही बेरको निम्ति अको दिशातिर हेरौं । हप्तामा आठ डलर होस या बर्षमा लाखौं डलर होस् के अन्तर छ र गणित जान्ने वा बुद्धिमानले गलत उत्तर दिनेछन् ।
जीमले आफ्नो ओभरकोटको खल्तीबाट एउटा पोको निकाल्यो र टेबलमाथि फालिदियो ।
मलाई नराम्रो नसम्झ डेला उसले भन्यो तिमीले कपाल काट्दैमा खौरेर वा धोएर फ्याँक्दैमा तिमीलाई मैले कम माया गर्ने त होई न नी । तर तिमीले त्यो पोको खोलेर हेर्यौ भने तिमीलाई थाहा हुन्छ तिमीलाई देख्दा मलाई कस्तो लाग्यो ।
सेता औंलाहरुले पोकाका धागो र कागज खोलिए । उसले तुरुन्तै हर्षको ध्वनी निकाली । त्यसपछि अफसोस । त्यो हर्ष नारीको रोदन र बिलापमा परिणत भयो । अनि त घरको स्वामीले उसलाई मनाउन धेरै उपाय गर्नुपर्यो ।
त्यो पोकामा थिए ती क्लिपहरु जुन डेलाले ब्रडवेको पसलको झ्यालमा देखेकी थिई र धेरै अघिदेखि लोभिएर हेर्दै आएकी थिई । ती क्लिपहरु अत्यन्त सुन्दर थिए शुद्ध कछुवाका खबटाले बनेका किनारमा हिराले जडिएका डेलाको सुन्दर कपालमा अति नै सुहाउँने । उसलाई थाहा थियो ति क्लिपहरु सार्है दामी थिए । ती क्लिप पाउने उसलाई कुनै आशा थिएन तर उसको मनमा तिनलाई पाउने लालसा थियो । अनि अहिले ती क्लिपहरु उसकै भए तर त्यो केशरासी जसलाई ती अलंकारले शुसोभित गर्ने थियो त्यो त अहिले थिएन । उसले ती क्लिपहरु आफ्नो छातीमा टाँसी अनि अन्त्यमा मधुरो आँखाले मास्तिर हेरी । ऊ हाँसी र भनी जीम मेरो कपाल अचम्मै छिटो बढ्छ त ।
त्यसपछि डेला आगोले पोलेको बिरोलो जस्तो बुरुक्क उप्रुी र कराई अहो अहो ।
जीमले अहिले सम्म उसको लागि डेलाले ल्याईदिएको सुन्दर उपहार देखेको थिएन । डेलाले त्यसलाई खोलेर आफ्नो खुला हत्केलामा राखेर जीमतिर सारिदिई ।
डेलाको उज्जवल र प्रदीप्त अन्तरात्मा त्यस संवेदनशुन्य अनमोल धातुमा चम्किरहेको जस्तो देखियो ।
के यो राम्रो छैन त जीम यो पाउन त सार शहर नै चहारििहंडे । अब त तिमीले सयौँपल्ट घडी हेर्नुपर्छ । खै तिम्रो घडी देऊ त । त्यसमा यो चेन कत्तिको सुहाउँदो रहेछ हेरुँ त ।
उसको कुरा मान्नुको साटो जीम सोफामा थचक्क बस्यो टाउको पछाडी हात राख्यो अनि हाँस्यो ।
डेला उसले भन्यो हामी कि्रस्मसका उपहारहरु एकछिनका निम्ति परतिर राखौँ । ती यति राम्रा छन् कि तिनलाई अहिले प्रयोग गर्न सिकंदैन । तिम्रो निम्ति क्लिपहरु किन्न मैले मेरो घडी बेचिदिएँ । लौ अब चप खाऔँ कि
तपाईलाई थाहा छ मजाईहरु ज्ञानी थिए अति ज्ञानी । उनीहरुले गाईको गोठमा जन्मेका शिशु ईसाको निम्ति उपहारहरु ल्याएका थिए । कि्रस्मसमा उपहार दिने चलन उनीहरुले चलाएका थिए । बुद्धिमान भएका हुनाले उनीहरुले बुद्धि पुर्याएर उपहार दिन्थे । आज मैले दुई बुद्धिमान बालक बालिकाको कथा सुनाएँ । उनीहरुले एक अर्काका लागि आफ्ना मुल्यवान् वस्तुहरु समर्पित गरे । अचेलका विद्धानहरु मध्ये यी दुई हुन सबैभन्दा बिद्धान । वास्तवमा उनीहरु हुन् मजाई ।
समाप्त
(सभार पुस्तक : बिश्वका उत्कृष्ट १० कथाहरु)