पुसको कठाङ्ग्रिदो जाडो सडकमा कुद्दै छन् चम्किला प्राडो, बाहिर फुट्पाथमा स्यु स्यु चिसोले हात खोकिलामा, दुर दराजबाट आएको त्यो पथिक, दुर्गम र बिकट क्षेत्रको उत्थानका लागि हामीलाई साथ दिनुहोस भन्दै हिजो गाउँमा आएकाहरू आज सरकारमा बसेर नीति निर्माण गर्दै गरेका बेला आफ्नो दु:खको पोको बिसाउन हस्याङ फस्याङ गर्दै जाँदो छ भेट्न मनमा एउटा बिश्वास लिएर कि आफ्नो दु:ख पिडाको सुनुवाइ अबत पक्कै हुन्छ। यो अटल बिश्वासको पक्का कारण पनि त छ उ संग। हिजो कष्ट साध्य यात्रामा उसले भरपुर साथ दिएको छ। आफ्ना लालाबालाको मुख मोसेर उनिहरुको भोक मारेको छ। कठाङ्ग्रिदो जाडोमा आफु स्यु स्यु गर्दै एउटा भएको पाखि उनलाई ओढाइ दिएको छ। पुलिस प्रसासनको नजरबाट बचाउन झुप्रो भित्र राखेरकैयन दिन-रात चौकिदारि गरेको छ, मल मुत्र भाँडोमा थापेर विसर्जन गरेको छ। यो बिश्वासका साथ कि ,उसको गाउँ बस्तिको पनि दिन फिर्ने छ ।यत्तिकैमा उ पुग्छ गन्तव्यमा र देख्छ आलिसान महलको आँङ्गनमा उहि अघि सडकमा कुद्दै गरेको चम्किलो गाडि अनि देख्छ छेउमा ठिङ्ग उभिइको एक जना बन्दुकधारि पहरेदारलाई। काहाँ कसलाई के भन्ने हो भेउ पाउनै गाह्रो पर्छ उसलाई । यत्तिकैमा पहरेदारको कडाआवाज कानमा पर्छ, कसलाई खोजेको ? जवाफमा भन्छ ,आफ्नै गाउँ ठाउँको दु:ख, मार्का, पिर बुझेको मन्त्रीलाई भेटेर आफ्नो कुरा राख्न खोजेको। फिस्स हाँस्छ पहरेदार र संकेत गर्छ नजिकैको बेञ्च तिर बस्नलाई अनि भित्र पुर्याउछ खबर। बसाइकै क्रममा देख्छ एक हुल मान्छे निस्कदै छन्, हाँस्दै रमाउदै र भन्दै कि मन्त्री त ,सजिला रहेछन्थोरै पैसाले पनि काम भयो। अब करोडौ कमाउन बाटो खुल्यो ।यत्तिकैमा उसलाई भित्र जाने संकेत मिल्छ र पस्छ। देख्छ उसका आत्मिय नेता बडेमाको सोफामा अडेस लागेर बसेका छन्। राता गाला ,मोटो गर्धन, भकारि जत्रो पेटमानौ उ आफैँ त्याहाँ पेट भित्र पसेको होस। टाइ सुट अनि टल्केका जुत्ता चिन्नै मुस्किल। अचम्म मान्छ र सम्झन्छ उहि पुरानो आत्मिय नेतालाई। खबटा परेको अनुहार, साधारण पोसाकमा फाटेको चप्पल। झस्कन्छ, काहिँ गलत ठाउँमा पो आइएछ कि?के कामले आउनु भयो ? ब्युतन्छ नेताको आवाजले झस्कदै, गहिरो सपनाबाट ब्युते जस्तो, रणभुल्लमा छ खै के भन्ने के भन्ने ! फेरि उहि नेताको प्रस्न ,जे भन्नु छ छिटो भन्नुस् र निस्कनुस् याहाँ उद्यमिहरुको डेलिगेसन आउदै छ। अघि ब्यापारि संगको मिटिङ्गले कुरायो ,पछि उद्यमिको डेलिगेसनले हुर्याउदै छ, बिचमा आएको यो दुर्गम गाउँलेको पिर मार्का अनि ब्यथासुन्ने फुर्सद छैन रैछ हाम्रो आत्मिय नेतालाई.........! यस्तै बुझ्छ र फुत्त निस्कन्छ अनि अलप हुन्छ यो बिरानो ठाउँमा। अनि फेरि फिस्स हाँस्छ पहरेदार खै के बुझेर हो..............!