तपतप आासुका ढिका खस्न थाल्छन, किरण आफैलाई प्रश्न गर्छ— ‘धत, के भएको होला मलाई ? यस्तो सामान्य कुरामा पनि भावुक हुने र आासु नै टप्कने गरी ? अरूले सुने भने गलल्ल हाास्न बेर छैन ।’ फेरि सोच्छ— ‘ल म त एकछिन भावुक भएर आासु झारो वा एकछिनका लागि म बहुलाएा रे तर यी साकेको (परम्परागत जापानी रक्सी) गिलास, फल, फूलका गुच्छा चढाएर झुक्दै श्रद्धासुमन व्यक्त गर्ने जापानीहरूलाई के भन्ने ?’ किरण आासु रोक्न मनलाई अन्तै दौडाउन चाहन्छ तर सक्दैन । ऊ एकैछिन लामो श्वास फेरेर मनलाई स्थिर बनाउन खोज्छ तर उसको दृष्टि एकोहोरो त्यही सालिकमाथि बस्छ ।
जापानको राजधानी टोक्योको पश्चिमी भागको केन्द्रबिन्दु सिबुया स्टसन वा उत्तरी ढाका अर्थात जापानको प्रसिद्ध ‘हाचिको पार्क’ मानव संवेदनशीलताको एक अनुपम उदाहरण बनेको स्थान जहाा पुगेपछि त्यो हाचिकोको सालिक र त्यसमाथि जापानी नागरिकको श्रद्धालाई एकछिन सोच्ने हो भने भावविह्वल नहुने मानव को होला ? आखिर किरण पनि त यही समाजको एउटा पात्र हो— भावनामा बहकियो । रोक्दारोक्दै उसका दुवै आाखा रसाएर टप्किन थाले । बगलीबाट रुमाल निकालेर आाखा पुछन थाल्यो ।
किरण टोक्यो पुगेको दुई हप्ता मात्र भएको थियो । घुम्ने क्रममा समय बिताउन दैनिक एक पटक पुग्ने गथ्र्यो हाचिको पार्क । किरण हुर्केको समाज र जापानी समाजमा अकल्पनीय भिन्नता थियो— कहाा आफ्नो कारणले अरूले दु:ख नपाओस भन्ने महानता कहाा अरूलाई दु:ख दिएर रमाउने निकृष्टता ! जापानीहरूको बोल्ने मिठास, सहयोगी भावना अनि कोमल हृदय देख्दा लाग्थ्यो— हामी त २ सय ११ वर्ष पुरानो अवस्था र सोचमै छौा वा प्रचीन मानवबस्तीमै छौा । कहाा मानवीय संवेदनशीलताको बीउ खोज्नुपर्ने समाज कहाा संवेदनशीलताको विशाल महासागर ? कहाा सामन्ती सोचको बूढो वृक्ष ? कहाा मानवीय मूल्य र मान्यताको अग्लो शिखर ?
किरणको मन बारम्बार त्यही सालिकवरिपरि घुमिरह्यो । चढाएको भेटी, फल, फूलका गुच्छा, साकेको गिलास देखेर किरण अचम्मित भयो । न त त्यो कुनै चाडपर्व थियो न त कुनै विशेष दिन ! मनका धनी जापानीहरू त्यो हाचिकोको अदभुत व्यवहारदेखि भावविह्वल भएर कसलाई कहिले अनुकूल हुन्छ त्यही समय श्रद्धासुमन चढाउने गर्दा रहेछन । अझ मज्जा भनौा कि गम्भीर कुरो त के भने त्यसरी चढाएको फल, साके अनि खानाबाट त्यहाा वरिपरि बस्ने केही घरबारविहीन जापानीहरूका लागि गुजारा गर्ने स्रोत बनेको छ त्यो सालिक ।
‘स्वार्थले वशीभूत भएर अर्काको ज्यान मार्ने मानवसंसारमा त्यस्तो जनावर पनि छ जो मित्र (मालिक) को अनुपस्थितिमा उसलाई कुरेरै प्राण त्याग गर्छ तर अन्त जाादैन । कस्तो महान मन त्यो हाचिकोको ?’ —सोच्दै फेरि भावुक भयो किरण । तामा रङमा बनाइएको हाचिकोको सालिकअगाडि बसेर पर्खिएको घण्टौा बित्दा पनि किरणका मित्र आइपुगेका थिएनन । किरणको मन एक्कासि दशकौा अगाडिको मोतीमाथि पुग्यो ।
किरणले घरमा मोती नामको साथी पालेको थियो । एक दिन रुवाउादै मरेर गयो तर जहिले पनि जब त्यो प्राणी देख्छ, उसको मनमा मोतीको अनुहार नाच्न थाल्छ र किरण भावुक भइहाल्छ ।
किरणको मोती जसलाई उसले आाखा खुलेकै दिन आफ्नो नातेदारको घरबाट एउटा हत्केलामा राखेर सुमसुम्याउादै, गालामा टाास्दै खुसी भएर ल्याएको थियो । प्लास्टिकको बोतलबाट दूध पियाएर आफ्नै ओछयानमा हुर्काएको मोती जब ठूलो भयो, ऊ एउटा अपत्यारिलो स्वभाव देखाउन थाल्यो । सुरुसुरुमा त बिरामी पर्यो कि भनेर चिन्ता पनि हुन्थ्यो ।
किरण विगतमा भुल्छ— ‘प्रत्येक आइतबार मोती उपवास बस्थ्यो । अरू दिन मासुको गन्ध थाहा पायो कि भान्छावरिपरि पुच्छर हल्लाएर घुम्ने मोती आइतबार भने मुखमा कोच्याइदिादा पनि ख्याकख्याक गर्दै भाग्थ्यो । रिसाएझौ गरी ऊ अगाडि नै आउादैनथ्यो । उसको भााडोमा हालिदिएको खानेकुरा पनि कहिल्यै खाादैनथ्यो । प्रत्येक बिहान ढोका खोल्नेबित्तिकै मेरो ओछयानमा आएर लडिबुडी गथ्र्यो ।’
अति व्यस्त सिबुया स्टेसन जहाा एकै पटकमा हजारौा सवारीको आवागमन हुन्छ । सबैको हतारो, सधौको चटारो जापानीहरूको दैनिकी किरणका लागि अनौठो थियो । त्यो ठूलो भीडमा एक्लो किरण मित्रको प्रतीक्षामा बसि नै रहेको छ । अगाडिको सालिकले किरणलाई मोतीलाई सम्झन घचघच्याइरहेको छ आखिर गरोस पनि के ? बोल्ने साथी कोही नभएको समयमा ?
अरूभन्दा पनि किरणलाई मोतीका अन्तिम दिनहरू सधौ याद आइरहन्छन । मोतीले भर्खर चार वर्ष काटेको थियो । अचानक उसको पछिल्लो भाग शिथिल भयो । पछाडिका खुटटाहरूले काम गर्न छोडे । अगाडिका दुई खुटटाको बलले ऊ शरीरलाई घिसारेर यताउति गथ्र्यो । उसका आाखामा आासु तर्किन थाले । अस्पताल पुर्याएको त हो किरणले तर औषधिले कामै गरेन । अन्तिम दुई–तीन दिन मोतीले अचम्मकै हर्कत देखायो । जति चोटि बोकेर उसलाई उसको ओछयानमा पुर्याइदियो सकीनसकी घस्रेर बाहिरै जान्थ्यो । एक चोटि त गाली पनि खायो, बिचरा बोल्न सक्ने भए त मनको बिलौना गथ्र्यो होला नि ! यसो किरणको मुखमा हेर्यो, त्यत्ति । उसको मृत्युपश्चात मात्रै अनुमान गर्यो किरणले— मोतीको अन्तस्करणले जीवनयात्रा पूरा भएको थाहा पाइसकेको रहेछ । त्यसैले घरभित्र मरेर ऊ अगति हुन चाहादैनथ्यो होला सायद..... ।
हुन पनि प्रत्येक आइतबार व्रत बस्ने मोतीलाई त्यस्तो अन्तज्र्ञान भएकै हुनुपर्छ । अन्तिम दिन त्यसै गरी बगौचामा सुतिरहेको मोतीलाई बोकेर उसको ओछयानमा राखिदिएको थियो किरणले । मोतीका आाखाबाट आासु झरिरहेका थिए । ‘यताउति जाने होइन नि’ भनी हप्काउादै उसको टाउको सुमसुम्याएर खाना आगाडि राखिदिएको थियो किरणले तर उसले वास्तै गरेन । भोक लागे खाला नि भनी किरण सुत्न गएको थियो ।
अर्को दिन बिहान नियमित ढोकामा कुइाकुइा गर्ने मोतीको चालचोल थिएन । किरण सशङकित भयो— ‘ए मोती, कता छस’ भन्दै उसको ओछयानतर्फ गयो । मोतीले टसमस नगरेको देखेर टाउकोमा हात राखेर ब्यूाझाउन खोज्यो ! मोती कहिल्यै नब्यूाझने गरी सुतिसकेछ । शरीर अररो भइसकेछ । किरणले रुादै आमालाई बोलायो— ‘आमा मोती.... !’
‘के भो मोतीलाई ?’ आमा के भन्दै थिइन, तर मोतीले छोडेर गइसकेछ ।
‘यस्तै हुन्छ भनेर हो मैले कुकर नपालौा भनेको, छोराछोरीझौ हुर्कायो, बढायो रुवाएर जान्छन’ भन्दै आमा भान्छातिर लागिन । किरणले मोतीलाई बगौचामा लगेर गाडयो र त्यसमाथि बिरुवा रोप्यो अर्को दिन— मोतीको सम्झनामा ।
त्यही मोतीको मित्र किरण आज फेरि टोक्योको सिबुयामा रहेको हाचिकोको कथाले भावुक भएको छ— The Faithful Dog Chuken Hachiko । ‘किन भगवानले कुकुर बनाए ?’ ऊ मनमनै प्रश्न गर्छ । किरणको मनमा घुमीफिरी हाचिकोको मित्र कि मालिक ? प्रोफेसर उइनो UENO र उसको प्रेमपूर्ण भावको विशालताको मापन दौडिरहन्छ । करिब आठ दशक पुग्न लागेको त्यो हाचिकोको सालिक र कथा कुनै सामान्य मानिसको भन्दा अतुलनीय छ ।
प्रोफेसर र हाचिको प्रत्येक दिन स्टेसनसम्म सागै आउाथे । हाचिको घर फर्कन्थ्यो, बेलुका फेरि लिन आउाथ्यो । त्यो दृश्य त्यहाा यात्रा गर्ने अरू जापानीलाई पनि थाहा थियो । एक दिन प्रोफेसर उएनोको हृदयाघातद्वारा कार्यालयमै जीवनलीला समाप्त भयो । हाचिको प्रत्येक दिन उही समयमा स्टेसन आउाथ्यो अनि अन्तिम रेलको समयसम्म कुथ्र्यो र घर फर्कन्थ्यो । त्यो क्रम निरन्तर दश वर्षसम्म चल्यो । कसैले हाचिकोलाई उपचार गरिदिन्थे त कसैले खाना खुवाउाथे । एक दिन (03-08-1935) हाचिकोको त्यही स्टेसनअगाडि मृत्यु भयो । हाचिकोको Loyalty देखेर प्रभावित भावुक जापानीहरूले सालिक बनाएर आजसम्म उसको सम्झना र उसप्रति श्रद्धासुमन चढाइरहेछन । यही कथाले किरणको आाखा रसाएको थियो ।
“किरण !” पछाडिबाट माधवले धाप मार्दै सोध्यो, “के भो, उदासजस्तो देखिन्छौ त ?”
“ठीकै छ । तिमी ढिला आएर मलाई मेरो अतीतमा फर्कने मौका दियौ”, किरण भावुक थियो, “तिमीलाई थाहा छ यो हाचिकोको सालिकको कहानी ?” किरणले चार वर्ष टोक्योमा बिताइसकेको माधवलाई सोध्यो । “धत किरण ! तिमी पनि, त्यो कुकुरको सालिक त हो ! के जान्नुपर्यो ?”
माधवको जबाफ सुनेर किरणले भन्यो, “त्यसो होइन यार । यो हाचिकोको कथा मननयोग्य छ ।”
किरणले हाचिकोको कथा सुनायो । माधव पनि एकछिन टोलाएजस्तो भयो र भन्यो, “अचम्म ! यो त मानिसभन्दा धेरै गुणा...”
किरण र माधव गन्तव्यतिर लागे ।
किरणको मनको मोतीले छोडेर गएको दुई दशक नाघिसक्यो । मोतीपश्चात उसको सम्झना भुलाउने बहानामा मित्र बनाएर पालेको लक्की र रक्कीले समेत मोतीकै बाटो पछयाइसके तर पनि मोतीलाई भने भुल्न सकेको छैन किरण । ‘मोती बोल्न सक्ने हुादो हो त निकै ज्ञानको कुरा सिकाउाथ्यो होला ?’ किरण आफैले आफैलाई ‘धत’ भन्छ— ‘म कहाा उडिराखेको छु ? जो बित्नु बिति त सक्यो, कोहीसित कुरो गर्यो, हाास्छन बौलाहाजस्तो मान्छे भनेर ।’
किरण जहिले सिबुया स्टेसन पुग्थ्यो, एक पटक हाचिकोको सालिकलाई हेथ्र्यो, छुन्थ्यो । धेरै पटक अरूको फोटो खिचिदियो हाचिकोसित अनि आफ्नो पनि खिच्यो । मोती र हाचिको मनका मित्र बनेका छन किरणका लागि ।