रातिको बारह बजी सकेको थियो l म चढेको नाइट सुपर अचानक रोकियों l आँखामा निंद्रा देवीले प्रवेश गर्दै गरेकी थीइन l झसंग भएर म बिउझिन्छु l रातिको कुरो हो अलिक चंख त हुनु नै पर्छ l म आफ्नो आँखा मिच्दै त्यों ठाऊ चिन्न कोशिश गर्नु थाल्छु l एतिन्जेल प्राय: जसो यात्रिहरू पनी उठी सकेका हुन्छन l म झ्याल खोली बाहिर हेर्छु l श्रीरामपुर गेट आई पुगेका रहेछ l म होशियार भएर बस्छु l किन भने मैले धेरै पल्ट सुनी राखेको थिए कि यहाँ चेकिंगको नाउमा पुलिस हरुले नेपालीहरु लाइ मन परी लुटछन रे l बसवाला हरु पनी पुलिसहरू सित मिलेका हुन्छन् रे l त्यसैले मैले सिलगडी बाट ट्रेनमा न चडी बसमा आउने निर्णय लिएको थिएं l मेरो सीट अगाडी एक जना आमै आफ्नो दस वर्षीय नातिनी संग बसेकी थीइन वहां नेपाल इटहरी बाट आउनु भएको रे l बसमा चढ़दा वहाँले भन्नु भएको थिए l उहाँ असमको डिफुमा बस्नु हुन्छ l अर्को सीटमा अझै दुईजना नेपाली दाज्यूहरु बसेका थिए l उहाँहरुले गुवाहाटीमा दूधको कारोबार गर्छन रे l नेपाली पहिरनले गर्दा अलग्गई चिनीन्छ l
"ह'न भाई यो कुन ठाऊ हो ? गाड़ी किन रोकियों ?" भन्दै ती दुई दाज्यू भित्र एक जानाले चुरोट सल्काउदै सोध्नु भयों l "श्री रामपुर गेट हो दाज्यू ,चेक गेट l मैले यति भन्न साथ उहाँ चुप लाग्नु भो l
अलिक बेर पछि एकजना पुलिस लौरो नाचाउदै बसमा चढ़यों l सब यात्रिहरू आफ्नो-आफ्नो सीटमा बसी रहेका छन l पुलिसले नेपाली चेहरा पटी आफ्नो आँखा नाचाउन थाल्यो l उसको आँखा सिद्धेइ दुई दाज्यू माथी आएर केन्द्रित भयों l उसको अनुहारमा मुस्कान झलकियों l उ सीधेई ती दाज्यूहरुको छेउमा आएर उभियो l अनि हाथको लौरो नचाउदै उसले प्रश्न गरयों l
"कहाँ से आया हैं ?"
"सिलगढ़ी बात हजुर l "
"सिलगढ़ी या नेपाल से ? "पुलिस चर्को स्वरमा कराऊछ l
"अहिले त सिलगढ़ी बात नै आएको हो हजुर l
"कहाँ जा रहे हो ?"
"गुवाहाटी l "
"गुवाहाटी में क्या करते हो ?"
"दूधको कारोबार छ हजुर l "
"दूध बेचते हो ?"
"हजुर l "
पुलिसको अनाव्यशक प्रश्नहरु सुनेर मलाई रीस उठ्छ l तर म चुप लागी बसछु l पुलिसले फेरी भन्छ - " नहीं तुम लोग गुवाहाटी नहीं जा सकते l नीचे उतरो l बड़े साहबके सामने तलाशी होगी l
" हामीले के विरायेका छौ हजूर र तलाशी ?" दुई जना अत्तालिँदै भन्न थाल्छन l
"हम कुछ नहीं जानते, नीचे उतरों भन्दै एक डंडा लगाईं पो हाल्छ l मेरो रगत खौलेर आउँछ l हन , यो कस्तो अत्याचार !साच्ची नै पुलिस्हरूले हाम्रा दाज्यू-भाई हरुलाई यसरी सताऊदो रहेछ l बसमा अर्को पुलिस पनी चढ़ी सके छ l त्यसले सीधेई बूढी आमैलाई हकार्दै भंयों - " ऐ बुढ़िया नीचे उतरो l " भन्दै आमै र उनको नातिनीलाइ लगभग हाथमा समातेर बस बाट ओर्हाल्नु थाल्यों l अब भने मेरों धैर्य को सीमा टूटदै गयों l एक्कासी म त्यस पुलिसको हाथ बाट आमैलाई छुट्टाउदै असमियामानै भन्छु - " के तिम्रो घरमा आमा-बहिनी छैन? एक्लो नारी देखेर हेपछौ?" मेरो यस्तो वचन सुनेर त्यों पुलिस एकछिन वाल्ल परेर म तीर हेरी पठाउछ र नाक्को टुप्पोमा रिस बोकर उल्टा घुड़की देखाऊदै भन्छ -
"यस्तो प्रश्न गर्ने वाला तं को होस हँ?"
"म जो पनी हूँ , तिम्रो अन्याय यसरी चल्दैन l"म जवाब दिन्छु l
"चुप लागेर आफ्नो सीटमा बस l हैंन भने तलाई पनी साहबको अगाडी खड़ा गरी दिउला l "
"साहबकोमा त म जान्छुनै l "मेरो दृडता देखेर उ झास्कियों
म आमैलाई सीटमा बसालेर बस बाट ओर्लिंछु l चेकगेटमा आएर म उभिन्छु l अघिको दुई दज्युबाट पुलिसले रुपिया-पैसा, घडी समेत ली सकेको रहेछ l चेकिंगको नाउमा यत्रो भ्रष्ट्राचार ! म मनमाने खिन्न हुन्छु l
"सर यो मान्छे अलिक ज्यादानै बोल्दैछ l "पुलिसले भन्यो l
"के नेपाली हो?"पुलिस अधिकारीले सोध्यों l "
"कुन्नि सर तर यिनीहरुको खुबई पैरवी गरी रहेको छ l " उसले मलाई राम्ररी निरिक्षण गर्नु थाल्यो l शायद मेरो बोली र पहिरनले चिन्न्मा असमर्थ भएको होला l किन नहुनु मेरो जन्मनै असममा भएको हो l यहिको परीवेशमा म ठुलो भये ,हुर्कियें l केही प्रभाव त परिवेशको पनी पर्न जान्छ l तर नेपालीको यस्तो अत्याचार हुंदा म कसरी चुप लागेर बस्नु?आखिर हाम्रा पुर्खाहरूले पनी यस देशका लागी बलिदान दिएका छन l त्यास वीर जातिको संतानहरुलाई मात्र नेपाली भनी यसरी सताइन्छ ? हामी लाइ यस अत्याचारको विरुद्ध लड़न पर्छ , म आपनो मनलाई दृढ बनाऊछु l
"के तिमी नेपाली हौ ?" पुलिस अधिकारीले मलाई असमियामानै प्रश्न गर्छ l
"हो सर म नेपाली हूँ l "
"तिमी कहाँ बाट आउदैछौ ?"
"सिलगढ़ी बाट l "
"तिमीले एतरो राम्रो असमिया कहाँ बाट सिकयौ नी त?"
"सर ,मेरो जन्म र शिक्षा-दीक्षा असममानै भएको हुनाले असमिया बोल्न मलाई असुविधा हुदैन l "
"तै त म भन्छु नी एत्रो राम्रो असमिया तिमी कसरी भन्न सकछौ ? तर तिमी यिनी हरुको पैरवी किन गरेको हं? नेपालबाट आउने हरुको तलाशी अनिवार्य छ l "
"यिनीहरु मेरो दाजू -भाई हरु हुन सर l फेरी तलाशी नेपाल बाट आउने नेपालीको मात्रै किन ? अरुको किन हैन?"
पुलिस अधिकारी चुप .....................l म अझै भन्छु - "हाम्र नेपाली दाज्यू-भाई, दीदी बहिनिलार सोझो सम्झेर तपाईहरुले तलाशिको को नाऊमाँ यसरी लुट्नु हुन्दो रहेछ l " मेरो भित्रको आक्रोश फुटर बाहिर निस्कियों "तिमी धेरै बोल्दैछौ हैं ! " पुलिस अधिकारीले अलिक रिस देखाऊदै भन्यों l
"म धेरै बोल्न चाहन्न सर , मात्र यी दुई दाज्यू हरुलाई छोड़ी दिनुहोस l "
"नत्र के गरछौ तिमीले ?"
"म पनी असमवासी नेपाली हूँ सर l गर्नु पर्ने काम त भोली आफै थाहा पाई हालनु हुन्छ l "कड़ा स्वरमा म भनी पठाऊछु l
"तिमीले मलाई धमकी दिदैछौ?"
"धमकी हैन सर , तपाईको प्रश्नको उत्तर मात्र हो l "
"निकै बोल्दैछौ तिमी, मलाई कानून सिकाउछौ ?"
"कानुनको अर्थ बुझनू हुन्छर !
"मि............?" पुलिस अधिकारी क्रोधित भएर कराउन्छ l
"मि. शांतनु सर l " म सामान्य भएर नै उत्तर दिन्छु l
>"तिमी को हौ ?मलाई कानून सीखाउने वाला ?"
"कोई होइन सर यिनिहरुलाई छाडी दिनोस l "
" अब यिनिहरुलाई छोडदिन म बुझ्यौ ?"
अब भने मेरो रिक्वेस्ट व्यर्थ हुने भान भयो मलाई र म चुप लागेर मेरो परिचय - पत्र निकालेर उनको अघि बढाई दिन्छु l पुलिस अधिकारीले छक्क परेर म तिर हेरी पठाऊछ l " सॉरी शांतनु भाई, तिमीले मलाई भूल नबुझ उ नरम भएर भन्छ - हामी त माथी बाट दिएको आदेश मात्र पालन गरछौ l "
"तर चेकिंगको नाउमा लुट किन ? के यो अन्याय होइन ? आफ्नु कर्तव्यको पालन गर्नु धर्म हो तर निर्दोष माथी अत्याचार गर्नु कहाँको न्याय हो ?"
"पुलिस अधिकारी चुप...............l केही समय पश्चात् पुलिस अधिकारीले कांस्टेबललाई आदेश दिन्छ यिनिहरुलाई छाडी देऊ र सबै सामान रुपया-पैसा पानी फरकाई देऊ l फेरी शांतनु तिर हेर्दै पुलिस अधिकारीले भन्छ - "शांतनु भाई कृपया गरेर यो खबरचै पेपरमा न छापिदिनु ल l मेरो नौकरीको सवाल छ l उ कातर भयेर विनती गर्छ l गाडीले होर्न बजाई रहेको हुन्छ l दुई दाज्यू हरु यथा स्थानमा पुगेर बसी सकेको रहेछन l म पनी पुलिस अधिकारी सित विदा लिएर बसमा चढ़छु l बस आफ्नो गतिमा अघि बढ़ी रहेको हुन्छ l म आफ्नो सीटमा बसेर एकबार फेरी त्यों परिचय - पत्र लाइ हेरी पठाऊछु l मनमनै म आफुलाई भन्छु - 'पत्रकार शांतनु! आज तिम्रो परिचय- पत्रले गर्दा नेपाली दाज्यू-भाई लाई बचायौ l तर के यो अत्यचारको अंत सधैको लागी समाप्त हुन्छ र ?