राम सर हाम्रो गाउँमा आउनु भएको दिन सबैमा रौनक छाएको थियो । त्यो अनकण्टार पहाडी गाउँमा गाउँ बाहिरको नौलो व्यक्ति देख्न पाउनु भनेको सबैको कौतुहल र जिज्ञासा बन्ने गथ्र्यो । हामी केटाकेटीहरु विद्यालयमा नयाँ सर देख्न पाउँदा धेरै खुशी भएका थियौं । उहाँ हामीलाई चाहिं कक्षा ६ मा अंग्रेजी पढाउनु हुन्थ्यो । उहाँको घर मधेश तिर थियो रे । उहाँको बोलीको लवज फरक थियो , बोल्ने शैली फरक थियो र बीचबीचमा अंग्रेजी वा लेख्य नेपाली शब्दहरु मिसाएर बोल्नुहुन्थ्यो । गाउँको सेरोफेरो कटेर बाहिर नहिंडेका हामीहरु उहाँले शहरबजार , राजधानी काठमाण्डौं र देशविदेशका बारेमा सुनाएका रमाइला र रोचक कुराहरु सुनेर खुशी हुन्थ्यौं । संसारका धनी र विकसित देशहरुमा मेशिनले चल्ने हलो , विजुलीले चल्ने कलकारखाना , घर माथि चढ्ने लिफ्ट , रेल , हवाइजहाज , टेलिफोन , टेलिभिजन जस्ता कुराहरु उहाँका मुखबाट सुनेर हामी छक्क पथ्र्यौं । मान्छेले गर्ने सारा कामहरु मेशिनले नै गर्छ रे भन्दा हामी चकित हुन्थ्यौं र त्यो कस्तो होला भनी कल्पना र तर्कवितर्क गथ्र्यौं । मेशिनले नै कोठा बढार्छ रे , लुगा धुन्छ रे र बोटमा फलेको फल पनि टिप्छ रे भन्दा चाहिं हामीलाई पत्याउनै मुश्किल पथ्र्यो । राम सरले हामी केटाकेटीहरुलाई ढाँटिदिएका पो हुन् कि जस्तो पनि लाग्थ्यो , तर उहाँबाहेक यो कुरा जान्ने सुन्ने गाउँमा अरु कोही नभएकोले उहाँले भनेका सबै कुरा पत्याउनु बाहेक हाम्रो अरु कुनै उपाय थिएन । उहाँ भन्दा जान्ने सुन्ने यो संसारमा कोही होला जस्तो हामीलाई लाग्दैनथ्यो पनि ।
चाँडै नै राम सर स्कूल भरि सबैमा लोकप्रिय हुनुभयो । देश , विदेश ज्ञान , विज्ञान , धर्म , इतिहास , समसामयिक समाचार आदि बारे उहाँ अन्य सरहरुसँग छलफल गरिरहँदा हामी केटाकेटीहरु वरिपरि झुम्मिएर बडो चाख मानेर सुनिरहन्थ्यौं । धेरै जस्तो कुरा त हामी बुझदैनथ्यौं पनि , तैपनि हरेक प्रश्न पछाडि अब उहाँले के भन्नुहुन्छ होला भनी हामी व्यग्रताका साथी कान थापिरहन्थ्यौं । कक्षामा पढाउँदा पनि बेलाबेलामा कथा सुनाउने , हँसाईहँसाई पढाउने , कक्षामा लजाएर चुपचाप बसिरहने केटीहरुलाई पनि उठाएर प्रश्न सोधेर बोल्न लगाउने , नजान्ने विद्यार्थीहरुलाई पनि सोधीसोधी पढ्न प्रेरित गर्ने , घरपरिवार , बुबाआमा र घरको कामकाजको बारेमा सोधीखोजी गर्ने उहाँको शैली थियो । विद्यालयमा उहाँ नआएको दिन सबैलाई केही नपुगे जस्तो , केही खल्लो भए जस्तो लाग्थ्यो । बेलाबेलामा हुने खेलकुद , हाजिरीजवाफ , साहित्य गोष्ठी , वार्षिकोत्सव , नाटक र नाचगानमा उहाँको सक्रिय निर्देशन र सहभागिता रहन्थ्यो । उहाँले कति क्लास पढ्नु भएको होला भनी एक दिन मैले लजाँउदै डराउँदै सोधेको थिएँ । उहाँले चौध कक्षा सम्म पढ्नु भएको रे । त्यत्रो कक्षा कसरी पढ्नु भयो होला र त्यति पास गर्न कतिवटा किताब पढ्नु प ¥ यो होला भनी हामी साथीभाइहरु तर्कवितर्क गथ्र्यौ ।
उहाँका विषयमा नराम्रा कुराहरु पनि गाउँमा अलिअलि फाटफुट चल्थे । उहाँ सुँगुर , कुखुरा खानुहुन्छ रे भन्ने हल्ला थियो , तर खाँदै गरेको चाहिं कसैले देखेको थिएन । उहाँ लिम्बू गाउँ र कामी गाउँतिर पनि कहिलेकाहिं डुल्दै जानुहुन्थ्यो । उनीहरुको घरमा चिया पनि खानुहुन्थ्यो । जाँडरक्सी पनि खानुहुन्थ्यो रे भन्ने हल्ला थियो , तर खाएको र मातेको देखेँ भन्ने अहिलेसम्म कोही निस्केको थिएन । स्कूलको नाचगान , खेलकुद र अन्य क्रियाकलापमा ठूला क्लासका केटीहरुलाई सहभागी गराउनुहुन्थ्यो । लजाउने केटीहरुलाई हात तान्दै लगेर खेल्न लगाउनुहुन्थ्यो । यो कुरो पनि गाउँका कतिपयलाई मन परेको थिएन । कोही भन्थे स्कूल पढाउने गुरु , उहाँको बारेमा यस्तो नराम्रो सोच्नुहुदैन । तर कोही भन्थे , सरको अहिले सम्म बिहे भएको छैन रे , मधेश घर अरे , के हो ? हुर्केका छोरीहरु , भोलि केही भइहाल्यो भने ।
सर गाउँमा पढाउन आएको पनि दुई वर्ष भइसकेको थियो । हामीसँगै पढ्ने झंकेश्वरीको विहे हुने भयो । ऊ परीक्षामा सधैं पहिलो वा दोस्रो स्थान ल्याउँथी , कक्षामा ध्यान दिएर पढ्थी र सरले सोधेका अधिकांश प्रश्नको सटिक जवाफ दिन्थी । घरको सारा काम भ्याएर पनि पढ्नमा तेज भएकीले कक्षामा राम सरले उनलाई धेरै माया गर्नुहुन्थ्यो । विहे हुने पक्का भए पछि ऊ स्कूल आउन छाडी । उसको विहेमा हाम्रो स्कूलका सबै सरहरुलाई निम्तो आइसकेको थियो । अरु सबै सरहरु झंकेश्वरी पनि अब घर जाने भई र उसको विहे खान पाइने भो भनी उसको चर्चा गर्ने गर्थे । लोग्ने प्रशस्त जग्गा जमीन र नोकरचाकर भएको छ रे , सुख पाउली जस्ती छ भन्ने गर्थे । तर राम सर चाहिं केही उदास देखिन्थे । एक दिन राम सर झंकेश्वरीलाई भेट्न उनको घर जानुभएको थियो । उहाँलाई देखेर झंकेश्वरी त ह्वाँ ह्वाँ रोई रे , पढ्न पाइनँ भनी गुनासो गरी रे ।
भोलिपल्ट पढाउन कक्षामा आउँदा राम सर केही उदास देखिनुहुन्थ्यो । सधैंको जस्तो स्वाभाविक हँसिलो रसिलो मिजास त्यस दिन थिएन । त्यसको भोलिपल्ट बिहानै गाउँमा हल्ला चल्यो – झंकेश्वरी त घरमा छैन रे । गाउँ भरि मानिसहरु खोज्न हिंडे , वनपाखा खोला कन्दरा सबै चहारे , कतै भेटिइन । कतै भुण्डिएकी छ कि , कसैलाई केही भनेर हिंडी कि भनी सोधखोज गर्दा केही पत्ता लागेन । दिउँसोतिर अर्को हल्ला फैलियो – राम सर पनि गाउँमा छैनन् । उनी प्रधानपञ्चको घरमा बस्ने गरेका थिए । प्रधानपञ्चकी बुहारीले चिया पु ¥ याउन जाँदा सरलाई देखिनछिन् । कतै बाहिर दाँत मोल्न , नुहाउन धारा खोलातिर पो गए कि भनी पर्खिए तर स्कूल खुल्ने बेलासम्म पनि उनी देखा परेनन् । राम सरले नै झंकेश्वरीलाई लिएर भागे भन्ने कुरो गाउँभरि फैलियो । स्कूल पढाउने गुरुले के यस्तो कुकर्म गरेका होलान् ? मधेशमा घर छ रे कहाँ लाने हो , के गर्ने हो ? टिकोटालो गरिसकेकी छोरी । अब बेहुला पक्षलाई के भन्ने हो ? सबै यही प्रतिक्रया दिन थाले आफ्नी एक्ली नातिनीलाई गोडा धोएर पठाउन ठिक परेका उसका हजुरबा हजुरआमा पनि रुन थाले । कोही प्रधानाध्यापकलाई भेटेर गुनासो गर्दै हप्काउँथे भने कोही प्रधानपञ्चलाई गाली गर्थे । उनको घर मधेश गएर पत्ता लगाएर आउने कुरो चल्यो ।
त्यसको हप्ता दिन पछि राम सर एक्लै गाउँ आइपुग्नु भयो । तुरुन्तै गाउँको पञ्चायत भवन अगाडिको पिपलको रुख भए ठाउँको कचहरीमा गाउँवासीहरु भेला भए । प्रधानपञ्च र सरहरु एकातिर बसेका थिए । सँगै राम सर पनि चुपचाप बस्नु भएको थियो । झंकेश्वरीका दाइ , बुबा , आमा छेउमा अर्कोतिर बसेका थिए । राम सरलाई कसैले हातै चाहिं नहालिहालून् भनेर अरु सरहरु उहाँको वरिपरि बसेका थिए । मेरी छोरी कहाँ लगिस् ? कता लुकाइस् ? भन्दै भं m केश्वरीका परिवारजन चिच्याउँदै औंलो ठ्ड्याउँदै थिए भने प्रधानपञ्च उनीहरुलाई सम्हाल्दै कुरो मिलाउँदै थिए । राम सरले गम्भीर भएर भन्नुभयो – झंकेश्वरी पढ्न चाहन्छे । उसलाई अहिले बिहे गर्न मन छैन । तपाईहरु जबर्जस्ती उसको बिहे गरिदिन खोज्दै हुनुहन्छ । उसको पढाइ पनि राम्रो छ । उसलाई मैले मसँगै लगेर मेरो घरमा बुबा आमा , भाइ बहिनी र भाउजूसँगै राखेको छु । उसलाई म आफ्नी बहिनी छोरी जस्तै गरी मेरै घरमा राख्छु र पढाउँछु पनि तर उसलाई जबर्जस्ती बिहे गर्न म तपाईहरुलाई दिन्नँ मलाई कुट्नु हुन्छ , मार्नु हुन्छ जे गर्नुस् ल ! यसो भन्दै उहाँ अघि सर्नुभयो तर कसैले उहाँलाई कुटेन । सबै चुपचाप भए । प्रधानपञ्च , प्रधानध्यापक , राम सर र झंकेश्वरीका परिवारजन बीच धेरै कुरा भयो , तर राम सरले आफ्नो अड्डी पटक्कै छोड्नु भएन । अन्तिममा उसका बुबाआमा र दाइलाई लिएर मधेश जाने र छोरी भेट्न दिने कुरामा सहमति भयो । त्यसको भोलि पल्ट बिहान राम सर , प्रधानपञ्च र झंकेश्वरीका बुबा र दाइ मधेश झरे ।
त्यस पछि राम सर कहिल्यै हाम्रो स्कूल र हाम्रो गाउँ आउनुभएन । उहाँको रिक्तता धेरै पछिसम्म हाम्रो स्कूलमा महसुस भइरह्यो । उहाँ कसरी पढाउनु हुन्थ्यो र कसरी बोल्नु हुन्थ्यो भन्ने चर्चा परिचर्चा पछिसम्म विद्यार्थीहरु माझ चलिरह्यो । राम सर त माथिबाट सरुवा मिलाएर मधेशतिरै जानुभयो र उतै पढाइ रहनु भएको छ रे भन्ने खबर हाम्रा हेडसरबाट थाहा भयो । मधेश हिडेको तीन चार दिन पछि झंकेश्वरीका बुबा , दाजु र प्रधानपञ्च गाउँ फर्के । झंकेश्वरी दिउँसो स्कूल जाँदिरहिछ र बिहान बेलुका राम सरको घरमा काम सघाउँदी रहिछ । फकाएर लाने भए लिएर जानुस् भनेर राम सरका परिवारले भनेछन् । उसलाई फकाउने लाख कोशिश गर्दा पनि ऊ पहाड घर आउन मानिन रे तँलाई यहीं पढाउँछौं आइज भन्दा पनि मानिन रे । बरु मधेशको भत्भती पोल्ने गर्मी सहेर बस्छु तर घर फर्किन्नँ भनी रे । उसलाई राम सरको परिवारले मन्त्र मोहनी लगाएको वा घरमा काम लगाउन राखेको जस्ता कुराहरु पनि गाउँमा चले । त्यसपछि निमाविको पढाइ सकेर हामीहरु हाइस्कूल पढ्न केही परको गाउँमा धाउन थाल्यौं । मैले दुई पल्टको प्रयासमा एस . एल . सी . पास गरें । अरु धेरै जसो विद्यार्थीहरु त ८ , ९ वा १० कक्षा मै छोडिए र कतिले त पढाइ पनि छाडे । मसँग पढ्ने मध्ये ४ जना केटाहरुले एस . एल . सी . पास गरे । कतिले त्यही बीचमै बिहे गरे । लिम्बू केटाहरु पैसा कमाउन लाहुरतिर लागे । मसँगै पढेको हरिप्रसाद चाहीं रुद्री , चण्डी पढ्दा पढ्दै पुरेत्याइँ गर्न थाल्यो । म शहर गई आई ए पास गरेर आएँ र गाउँमा भर्खरै खुलेको प्राविमा पढाउन थालें । झंकेश्वरीकी आमा पनि उसलाई भेट्न एक दुई पल्ट मधेश गएर आइन् । त्यसपछि उसको बारेमा गाउँमा खास चर्चा हुन पनि छाड्यो । सबैले विस्तारै उसलाई बिर्से जस्तो गर्न थाले । ऊ सँगैका साथीहरुको धमाधम विहे भयो । उनीहरु चाडपर्वमा केटाकेटी र ज्वाइँलाई लिएर माइत आउँथे , तर झंकेश्वरी देखा परिन । मैले पनि घर परिवारकै सल्लाह अनुसार पल्लो गाउँकी एउटी ६ कक्षा पढेकी केटीसँग विहे गरे । हजुरआमा हजुरबा खस्ता पनि ऊ घर आइन । बुढी हुञ्जेलसम्म पनि बिहे नगरी बसेकी छ र पढिरहेकी छ रे भन्ने खबर सुनियो । धेरै वर्ष पछि मधेशतिरकै केटासँग उसको बिहे भयो । उसको गोडा धुन उसका बुबा , आमा र दाइ मधेश गएर फर्के । त्यसको केही दिन पछि ज्वाइँ सँगै ऊ पनि गाउँ आइपुगी । उसलाई र ज्वाइँलाई हेर्न गाउँ भरिका मान्छेको ओइरो लाग्यो । ऊ र ज्वाइँ दुवै जना जागीर खान्छन रे । छोटो बसाइ पछि ऊ फेरि मधेशै फर्की । गाउँका केही पुराना मानिसहरुले संझिरहने र नयाँ बालबालिकाहरुले उनीहरुबाट सुनेकै भरमा जान्ने राम सर र झंकेश्वरीको कथा यही थियो मेरो गाउँमा ।
२०६४ वैशाख ८
लोजान , स्वीट्जल्र्याण्ड