एकदिन उनका शुभचिन्तक साथीहरुले उनलाई डुङ्गा चलाउन सिक्न या त पौडीन सिक्न सल्लाह दिए ।
प्रतिउत्तरमा उनले किन सिक्नु प¥यो भनेर टारे । उनका साथीहरुले उनलाई कुनैपनि बेला समुन्द्रमा आँधी आउन सक्ने र अन्य आपतविपत पनि पर्न सक्ने तर्फ सचेत गराए । त्यसैले तिमी चाँडै माझीसंग पौडिन र डुङ्गा खियाउन सिकिहाल । यतिखेर ति ब्यापारी थोरैभएपनि यस बारेमा चिन्तीत देखिए । तर आफुसंग डुङ्गा खियाउन सिक्ने या पौडिन सिक्ने समय नभएको दुखेसो पोखे । त्यो समयमा मेरो लाखौंको नोक्सान हुनेछ ।ब्यापारीको धनसम्पतिको मोहले उसलाई ब्यापार बाहेक अरु केही सोच्ने मौका नै दिएको थिएन ।