"क" पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित् हुन संघर्षरत पात्र । दुईचार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन । "ख"पात्र ग्रामिण परिवेशको निम्नमध्यम वर्गिय परिवारमा जन्मिएको । अभावले ग्रसित मस्तिष्कमा शब्दहरुको उछालपछार हुने । जसो तसो खर्चले भ्याए सम्म भाषामा स्नातक सकाएको हुन्छ । शहर छिरेर केहि गरिहालौं भन्ने सोचले आक्रमित हुन्छ । रचनात्मक हिसाबले शसक्त हुन्छ । सृजनाको बाढी ल्याउन सक्ने क्षमता तर सबै रचना , सृजना नोटबुकमै सिमित हुन्छ । रहर हुन्छ केहि कृति जन्माउने प्रकाशित गर्ने तर कुरो उहि अर्थको । घुम्दै फिर्दै रुम्जाटार भने झै हुन्छ । अनि आफ्ना सारा रहरहरुलाई लात हानेर भौतारिदैं हुन्छ जागिरको खोजीमा ।
यसै क्रममा "क" र "ख " को भेट एउटा मध्यकले गराईदिन्छ ।