"छापा नहान्नुस है मेरो होटलमा तपाईको जागिर जान सक्छ" होटलवालाले भन्यो ।
छापा हान्न गएको एसपी रिसले मुर्मुरियो र करायो
"तेरो होटलमा छापा हान्दा मेरो जागिर किन जाने ? ए केटा हो कुनै पनि ठाउ बाकि नराख"प्रहरी जवानहरु छापा हान्न लागे ।
छापा हान्ने क्रममा एउटा कोठामा एक जोडि आपत्ति जनक अवस्थामा भेटियो । समात्न भनेर एसपी नजिकै पुगे अनि त्यो जोडिलाई नजिकबाट हेरे । अनि पो एसपीले बल्ल थाहा पायो, अघि होटलवालाले किन आफुलाई त्यसो भने भनेर । किनकी त्यहा त्यसरी भेटिने पुरुष अरु कोहि नभएर अघिल्लो दिन होटलहरुमा छापा हान्न आदेश दिने गृहमन्त्री थिए ।