नयाँ घर बन्ने कुरा सुने पछि केटाकटीहरू खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आसा पाले । आहा ! नयाँ घर बन्ने भो । नयाँ घर बनेपछि हामीहरूले पनि एउटा एउटा कोठा पाउनेछौ । आफ्नै कोठामा हामी पनि रमाएर वस्ने छौ ।
त्यति मात्र होइन उनीहरू नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टि भी कता राख्ने । पलङ कता राख्दा ठीक होला । झ्याल कता फर्काउदा राम्रो होला भन्ने वारेमा सोच्न थाले ।
नभन्दै घरमा सबैजनाको एउटै मत भयो । नयाँ घर बन्नेमा पक्का पक्की नै भयो । घर त वनाउने तर कति कोठाको वनाउने कोठा कस्ता वनाउने कत्रा वनउने भनेर ठूलै बहस चल्यो । अझ घर कति तलाको वनाउने भन्ने वारेमा त उनीहरूको एकमत हुनै सकेन । सबैले आ-आफ्नो अडान राखे । अडान कसैले पनि छाडेनन ।
घर पुरानै भए पनि त्यति कमजोर भने छैन । अलि कोठा नमिलेको मात्र हो । अहिले हामीसंग रुपैया पैसा पनि त्यति प्रसस्त छैन । घर वनाउनु भनेको चानचुने कुरा पनि होइन । रुपया पैसा जोरजाम गरेर मात्र घर भत्काउनु पर्छ । त्यसैले अहिले यही घरलाई रङ् रोकन लगाएर वस्नु पर्छ । घरको एकजना सदस्यले यस्तो प्रस्ताव राख्यो ।
उसको कोठा गतिलै छ । ठूलो र फराकिलो पनि उतिकै छ । दक्षिणतर्फ फर्किएको एउटा बरण्डाको कोठा पनि उसैले ओगटेको छ । अनि उसलाई नयाँ घरको त्यति जरुरत नै किन पर्छ र । हाम्रो जस्तो कोठामा वसेको भएपो थाहा पाउथ्यो नि भनेर अर्कोले विरोध जनायो । हुन पनि नयाँ घर त उसलाई भन्दा अरुकैलागि वढी आवस्यक्ता थियो । केहीले त कोठै पाएका थिएनन । कोही मतान कोही गाईगोठमा त कोही वाख्राको खोरनेर चिमको वार वनाएर वसेका थिए । उनीहरू साने ठाउँमा दुःखले अटाएर वसेका थिए । भएका कोठाहरू पनि समान आकारका थिएनन । कुनै ठूला थिए त कुनै मझौला । कुनैत ज्यादै साना पनि थिए । मथिल्लो तलाका कोठाहरू अनुपातिक रुपमा तल्लो तलाका भन्दा कमजोर थिए । वर्षायाममा पानी चुहिएर उतिकै हैरान पाथ्र्यो । त्यसैले उसको प्रस्ताव सही नहुदा नहुदै पनि खर्चवर्चका डरले सबैले सहमति जनाउन पुगे । असहमतिका वीचमा पनि सहमती वन्यो ।
रङ्ग रोकन त लगाउने तर कुन रङ्ग लगाउने कस्तो रङ्ग लगाउने । कसरी लगाउने । त्यस कुरामा पनि समस्या आइलाग्यो । सबैलाई एउटै रङ्ग मन पर्ने कुरो पनि आएन । कसैलाई रातो रङ्ग मन पथ्र्याे भने कसैलाई सेतो । केहीले त पहेलो रङ्ग लगाउनु पर्छ भन्ने प्रस्ताव पनि राखे । हरियो र निलो मन पराउने पनि लिक्लिए । कसैको एकमत हुन सकेन । विवाद चलिरह्यो ।
नयाँ घर वन्ला र आ-आफ्नो कोठामा बस्न पाइएला । आफ्नै चाहना अनुसारको सजावट गरौला भन्ने रहर पालेका केटाकेटीहरू हेरेका हेर्यै भए । उनीहरूको रहर रहरमै सीमित भैरहेको थियो ।
॥ इति ॥