ऊ घडि हेर्छे,पाँच बजिसकेको छ । फटाफट एउटा नम्बरमा डायल गर्छे र छोटो बार्तालापपछि कुटिल मुस्कानसँगै फोन काट्छे । छिटो-छिटो स्नान गर्छे अनि दर्पणको अगाडि उभिन्छे । आफ्नो प्रतिबिम्बलाई एक टक हेर्छे अनि हिजोमात्र एजेन्टले भनेको कुरो सँझन्छे-"अलि बसाउने हऊ जुली,अन्यथा दश-पाँचमा नि बिक्न गाह्रो पर्ला...... ।ऊ ति शेष बचेका सुन्दरताका अवशेषलाई सकि नसकि रँग भर्ने प्रयास गर्छे अनि बिरक्ताको घुट पिदै फैलिएको बृक्षरुपि तनलाई सकि नसकि टाईट पहिरनमा घुसारि थन्क्याई सकेपछि केहिबेर सुस्याउछे अनि थचक्क पलंगमा बस्छे । फोन बज्छ,ऊस्मा गजबको फूर्ति आउछ अनि ऊ बुलेट ट्रेनसरि घरबाहिर निस्कन्छे । यतिबेर सम्म पर्दाको चरबाट खामोश चियाईरहेकि मैजुको नजर आर्को झ्यालमा उभिएका रायसाबमाथि पर्छ र रिसले आगो हुदै बड्बडाउछिन-" रण्डी...!!"
" सन्तुष्टि त दिन्छे आफु जे-जस्तो भएतापनि.... ।" रायसाब सिग्रेट सल्काउदै बोल्छन । मैजु खुट्टा बजार्दै अर्को कोठातिर जान्छे । राय साबका नजरले जुलीको पिछा गरिरहन्छन,जबसम्म ऊ नेटो काट्दिन ।