युवती : तिम्रो पवित्र प्रेमलाई लत्याएर म ... ( भक्कानिदै ) त्यो रघुवीर को कुरामा लागें । उसले मलाई जिन्दगीका अनेकौं असम्भव सपनाहरु देखायो । नाना तरह ले फकायो । उसका हरेक चकलेटी कुराहरु साँच्चिकै जस्तो लाग्यो मलाई । उसका कुराले म दिन प्रतिदिन गल्दै गएँ । अन्तत: मैले उसँग विवाह गरेँ । उसले मलाई कहिल्यै घरमा लगेन र देखाएन पनि । ( झन् भक्कानिएर रुँदै ) एकदिन उसले मलाई एकान्त जङ्गलको बिचमा रहेको एउटा घरमा लाग्यो । त्यहाँ उसका केही साथिहरु पनि थिए । रक्सीले मातेका उनिहरु सबैले मलाई सामुहिक बलत्कार गरे । त्यसपछी बेहोस भएछु । ब्यूँझिदा अस्पातलको बेडमा थिएँ, मलाई कसले त्यहाँ लाग्यो पत्तो भएन । म त्यहाँबाट भागें । धेरै पटक मर्ने कोशीस गरें तर कसै न कसैले बँचाए । भनेको बेला बिष पनि नपाईने रहेछ । महिनौ बितिसक्यो, रघुवीर कहाँ हरायो थाहा छैन । जिन्दगीमा गरेको सानो भूलले आज म आफ्नै जीवन देखी डराउन थालेकिछु । पश्चातापको आगोले मलाई जलाइरहेकोछ । ( रुन्छे )
*
युवक : तर तिमीले मलाई गरीब भनेर छोडेकी थियौ होइन ?
युवती : मन भन्दा धन ठुलो ठानेर स्वार्थी र महत्वकांक्षी बनें म । आडम्बरको खोल ओढेको पाखण्डी समाज मेरो आदर्श बन्यो । रघुवीरसँग विवाह गरेर भौतिक रुपमा सुखी र सम्पन्न बन्ने लालसाको भूतले मलाई समात्यो । रघुवीर सुन्दर पनि थियो र सतही रुपमा मेरो निम्ती उसले निक्कै पैसा पनि खर्च गर्यो । तर ति उसका सारा कृयाकलाप मलाई फसाउने चाल मात्र रहेछन् । तिमी त मेरो ईश्वर रहेछौ, मैले चिन्न सकिन । ( रुन्छे )
*
युवक : अनि त्यत्ती जाबो कामको लागि रघुवीर ले तिमीलाई मबाट खोसेको रहेछ ?
युवती : उनीहरुको आपसी कुराबाट एउटा छनक पाइन्थ्यो । बलात्कारपछी उनिहरु मलाई वेश्यालयमा लगेर बेच्न चाहन्थे ।
युवक : अनि तिमीले कुनै प्रतिकार गरिनौ ?
युवती : म त बेहोस भईहालेछु । फेरी ति दानवरुपी राक्षसहरुको अगाडि म एउटी अवला नारीको के जोड ?
युवक : देश र समाजका शत्रु सबै यस्तै प्रकृतिका हुन्छन् । नारीलाई मनोरन्जनको साधन,खेलको मैदान र क्रय-विक्रयको वस्तु ठान्ने नरपिशाचहरुको आँखा फुटाइदिएर,हात-खुट्टा भाँचिदिएर भाले गधाको हुलमा छोडिदिने कानुन बन्नु पर्ने । तर नारीहरु पनि कम दोषी त कहाँ छन् र... ?
युवती : अविवेकी नारीको एउटा उदाहरण त म नै भइहालें । ( मुन्टो निहुर्याउँछे )
युवक : त्यत्तिका दिन तिमी रघुवीरसँग बस्यौ , उसको कुनियतको अलिकती पनि संकेत सम्म पाइनौ तिमीले ?
युवती : उसले मेरा हरेक इच्छा र चाहना पुरा गरिरहेको थियो । त्यस्तो कुनै कुराको शंका र हेक्का भएन मलाई । थाहा पाएकै भए पनि मैले के गर्न सक्नु र ? म त उसको पन्जामा परिसकेकी थिएँ ।
युवक : ( रिसाएर ठुलो स्वरमा ) यही त छ तिमीहरु नारी जातिको कमजोर पक्ष र बिडम्बना । अंश र वंशका नारा उचालेर पारिवारिक कलहको बिउ रोप्छौ । नारा र भाषणमा नारी स्वतन्त्रता,अधिकार र आरक्षणको राग अलाप्छौ, तर फेरी आँफै बेचबिखनको साधन बन्छौ... ? यसरी कहिल्यै पनि नारीमुक्ती हुँदैन । नारीले आफ्नो क्षेत्राधिकार आँफैं निर्धारण गर्न सक्नुपर्दछ ।
युवती : ( रुँदै ) मैले यती अक्षम्य गल्ती गरेछु । म खाग बनिसकेकिछु पश्चातापको आगोले जलेर । म आँफैले आँफैलाई माफ गर्नु योग्य ठान्दिन । त्यसैले मृत्यु नै मेरो मुक्ती हो ।
*
युवक : मृत्यु र मुक्ती तिमीहरु जस्ताले गर्ने आधुनिक प्रेम जस्तो सस्तो छैन । फेरी हरेक मृत्युले मुक्ती पाउँदैन पनि । लोक हितको लागि वरण गरिएको मृत्युमा मर्ने र बाँच्ने दुबैले मुक्ती पाउँछन्, र यो सार्थक मृत्यु हो मुक्तिका लागि । तर तिमी त खाली तिम्रो नितान्त व्यक्तिगत स्वार्थका लागि मृत्यु चाहँदैछ्यौ । छोडिदेउ यस्तो बहुलट्ठी कुरा गर्न... । जिन्दगीको कठघरामा मृत्युको फैसला सुन्ने बलात्कृत रहर बोकेर म पनि उभिएको थिएँ । समयले फाँसीको सजाय सुनाइदिएको भए शायद त्यो मृत्यु प्राप्त गरिसकेको हुने थिएँ होला । समयसँगै बिचार पनि परिवर्तन हुँदोरहेछ मान्छेको । मलाई बाँच्ने रहर पलाउँदैछ तिमीलाई भेटेर / देखेर । फेरी तिमी चाँहीं किन... ?
युवती : ( प्रसङ्ग बदल्दै ) म जस्ती स्वार्थी आईमाईको नाममा किन आफ्नो जिन्दगीलाई बर्बादीको सम्झौता पत्रमा दस्तखत गर्न उद्दत भयौ तिमी ? तिमी जस्तो योग्य मान्छेले एक से एक असल युवती पाउँथ्यौ । राम्रो काम पनि पाउन सक्थ्यौ । पाउँदैनथ्यौ त ? किन नयाँ जीवनको नयाँ बाटो हिंड्न चाहेनौ तिमीले... ?
*
युवक : ( ब्यङ्ग्यात्मक हाँसो छोड्दै ) हँ,... योग्य मान्छेले आफ्नो योग्यतानुसारको काम पाउने भए किन बिद्रोहको आगो दन्किन्थ्यो यसरी ? अर्को कुरा, के तिमीले साँचो प्रेमलाई बजारमा बेच्न राखिएको शिलाजित ठानेकिछ्यौ ? जो छानी-छानी मनलागी गर्न सकियोस् । चोखो प्रेम एक जनासँग मात्र गरिन्छ अनामिका... ।
*
युवती : ( भावुक बनेर लामो सुस्केरा हाल्दै ) उफ्.... कती धेरै मायाँ गरेको रहेछौ तिमीले मलाई । कती गहिरो समर्पण भाव रहेछ तिम्रो म प्रती । कत्ती ठुलो भूल भएछ मबाट । ( रुँदै ) हे भगवान ! कत्ती पापिनी रहेछु म, अब झन् मैले मर्नै पर्छ ।
*
युवक : ( सम्झाउने कोशीस गर्दै ) बितेको समय र बगेको खोला कहिल्यै फर्केर आउँदैन र यिनीहरुसँग जिस्किने ध्रिष्टता पनि गर्नु हुँदैन । अब पश्चाताप मात्र गरेर के नै फाईदा छ र ? बरु जीवनको लागि एउटा नयाँ उत्तम बाटो रोज्नु नै श्रेयष्कर ठान्दछु म ।
युवती : म मर्न चाहने मान्छे, किन जीवनको लोभ देखाउँदैछौ तिमी ?
युवक : तिमी अघी यहाँ आउँदा जीवनकै लागि गुहार माग्दै आएकी थियौ, तर अहिले... ?
युवती : ( बिचैमा बोल्दै ) त्यतिबेला मलाई खराब आचरण भएका लफङ्गाहरुले लेखेट्दै थिए ।
युवक : ( हाँस्दै ) फेरी तिमी कस्तो बेढङ्गी कुरा गर्दैछ्यौ , मर्न चाहने मान्छे मृत्युसँग डराउँछ र... ? तिमीले नै भनेकी होइन ? बाँच्नु र मर्नु दुई ध्रुब हुन्, यिनीहरुको बीचमा केही समानता हुँदैन भनेर ?
युवती : हो, तर सास रहेसम्म डर भन्ने चिज रहिरहँदो रहेछ । फेरी मुक्ती, मृत्यु मा मात्रै देखेकी छु मैले ।
युवक : यदी तिमी साँच्चै मर्न नै चाहन्छ्यौ भने, यो डर भन्ने चिजले पनि मर्नु पर्दछ । नपत्याए हेर त, मुक्तिको लागि मृत्युसँग नडराउने योद्दाहरुको डर पनि युद्दको मैदानमा मरेको छैन र उनिहरुसँगै... ?
युवती : तर किन यस्तो हुन सकिरहेको छैन ममा ?
युवक : छोडिदेउ अब सारा बितेका कुरा । विगतलाई कोट्याएर किन वर्तमानलाई अंिल्याउन चाहन्छ्यौ ? किन भविष्य धमिल्याउन चाहन्छ्यौ तिमी ?
युवती : त म के गरौं ?
युवक : परिस्थितीसँग मुकाबिला गर्दै जीवन सङ्घर्षमा होमिदेउ आफुलाई ।
युवती : तिम्रो भनाइको मतलव के हो ?
युवक : मेरो मतलव फेरी अर्को जीवनको शुरुवात पनि त गर्न सक्छ्यौ नि तिमी ।
युवती : तर म त बाँच्नै चाहन्न र बाँच्नु हुँदैन पनि मैले । किनकी मेरो वर्तमान जती प्रदुषित र कलङ्कित छ, यदी म बाँचे भने मेरो भविष्य झन् बढी प्रदुषित र कलङ्कित हुनेछ ।
युवक : यसको खास कारण जान्न सक्छु म ?
युवती : तिमी समक्ष यो भन्न सक्ने आँट नै छैन मसँग ।
युवक : साहस बटुलेर भन ।
युवती : ( भन्ने साहस गर्दै ) म... म... म... । नाई... ! म भन्न सक्दिन ।
युवक : ( केही रिसाएको भावमा ) तिमीले भन्नै पर्दछ, कुरा के हो खुलस्त भन ।
युवती : नाई... ! यो कुरा, तिमी समक्ष मैले भन्दा पश्चाताप,लाज र डर ले एकैचोटी गाँज्छन् मलाई ।
युवक : हरेक सत्यको पर्दाफास एक दिन भएरै छोड्छ, चाहे त्यो जती नै तितो किन नहोस् । त्यसैले खास कुरा के हो अहिले नै भने वेश हुन्छ ।
युवती : यो सत्यको पर्दाफास हुनु अगावै मर्न चाहन्छु म ।
*
युवक : ( अलिक गर्जिएर ) मर्न त तिमीले अब यसै पनि पाउँदिनौ , किनभने तिम्रो अगाडि म उपस्थित छु । तर समय सँग जिस्किने ध्रिष्टता तिमीले गरिरहेकी छ्यौ नि, त्यो कहिल्यै सार्थक हुन सक्दैन । ( सम्झाउन खोज्दै ) किनभने समय कहिल्यै आँफैमा बेइमान हुन सक्दैन । चाहे त्यो विगत होस् वा वर्तमान या भविष्य नै किन नहोस् । उदाउँदो सूर्यको दिप्त आभा सँगै सम्भावनाको तरेलीमा रमाएको एउटा समय, र पहेंलो मन्द प्रकाशसँगै मानविय भावनामा घुर्मैलो बनेको सूर्यास्तको अर्को समय । समयको क्यानभास बिचित्रको छ । यसभित्र जती र जस्तो रङ्गको मसी पोखे पनि अन्तत: एउटा आकार निश्चित र निर्बिबाद बन्छ नै । त्यसैले तिमीले भन्न चाहेको कुरा चाँडो, अहिले नै भने बरु समय प्रतिको धर्म साबित हुनेछ ।
*
युवती : तर समय कहिलेकहीं अत्यन्तै लाजमर्दो तरिकाले आउँदोरहेछ ।
*
युवक : होइन, एकदम गलत । समयका हरेक मान्यतासँग मान्छे समाहित भएर बहन सक्नुपर्दछ । रुखको बोक्रा लगाउने पाषाण युगमा पनि मान्छेले समयप्रतिको मर्यादा धानेकै थियो । ती बेलाको समयले निर्दिष्ट गरेका आचरणहरु अनुशरण गर्नु त्यो बेलाको नैतीक शिक्षा थियो । एउटा युग मात्र एक पल्ट आउँछ । त्यो युग त्यतिबेला आफ्नै अस्तित्व बोकेर आयो, यो युग पनि अहिले आफ्नै मान्यता लिएर प्रस्तुत भएकोछ र भोलिको युग अर्कै भएर हामी सामु उपस्थित हुनेछ । तिमी समय सँग किन डराउँछ्यौ र लजाउँछ्यौ ? हरेक समस्याले जन्म लिँदा समाधानको उपाय पनि लिएर आएको हुन्छ । यदी हामी समयसँग चल्न सकेनौं भने हामीलाई समयले कोशौं टाढा हुत्याइदिनेछ । अनि जीवन झन् विषम हुन सक्छ ।
*
युवती : तर जीवन भोगाई र आदर्शमा धेरै भिन्नता छ ।
युवक : यो कुरा मैले पनि राम्ररी बुझेकोछु । किनकी जिवनबाट हारेर म पनि मृत्युको ढोका ढकढकाउँदै हिंडेको मान्छे हुँ । अनुभव र भोगाईमा म तिमीभन्दा माथी नै छु होला, तल होइन । तिमीलाई भेटेर मैले मृत्युको बाटो त्यागें भने तिमी चाँहीं किन... ?
युवती : तर म त साँच्चै मर्न चाहन्छु ।
युवक : फेरी उही कुराको पुनराब्रीत्ती भयो तिम्रो मुखबाट ।
युवती : म.. म.. म... ( उसको गला अबरुद्द हुन्छ । )
युवक : फेरी अर्को कुन रहस्यको उद्घाटन गर्न चाह्यौ ? अब यो भय,लाज र डर ले पनि मर्नु पर्दछ । छोड यो गम्भिर रहस्यको वाण... । किन एकोहोरो टार्न खोज्दैछ्यौ मलाई ?
युवती : मलाई युगले नसरापोस्... ।
युवक : युग आँफैमा निश्कलङ्क हुन्छ । त्यसैले भनिदेउ गाँठी कुरा के हो ?
युवती : मे... रो... ( फेरी रोकिन्छे )
*