देशभक्तिको पाठ सबलाई, पडाउन राजी छु म
देशका लागी आफ्नै बली, चडाउन राजी छु म
मेरो देशको अस्मितामा, कोई धावा बोल्छ भने
खुलम खुल्ला आउ पन्जा, लडाउन राजी छु म
मेरो सानो कुर्बानीले, देश टिकी रहन्छ भने
फुटपातमाआई आफ्नै घर, डढाउन राजी छु म
पुरै देशको अर्थतन्त्र, रिमीटेन्सले धान्दा मात्रै
हाँसी हाँसी परदेश पाईला, बडाउन राजी छु म