मान्छेको कुरा सुनि गएं म सुनचाँदी लाउने रहरमा
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा
राम्रो लाउन ,राम्रो खान मैले नपाएको देखेर
फकाईफुल्याई गर्यो तिमी मेरो मुटु हौ भनेर
त्यस्को जाली विश्वास गर्दा म फसें नहरमा
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा
मलाई दु:ख छैन केहि जे हुनु भैगो
अब कति बाँच्छु र एच आई भी सरिगो
होस गर है दिदीबहिनी फसाउँला जहरमा
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा