आफ्नै घुडा टोक्न मिल्ने भए ।।
आफ्नै छाती ठोक्न मिल्ने भए ।।
कोशी कर्णाली किन बौलन्थ्यो ??
आँफै बाडी रोक्न मिल्ने भए ।।
गाडी मोटर किन चाहियो ??
आँफै मान्छे बोक्न मिल्ने भए ।।
उच्च न्यायलय को के अर्थ ??
आँफै मन्त्री तोक्न मिल्ने भए ।।
आफ्नै घुडा टोक्न मिल्ने भए ।।
आफ्नै छाती ठोक्न मिल्ने भए ।।
कोशी कर्णाली किन बौलन्थ्यो ??
आँफै बाडी रोक्न मिल्ने भए ।।
गाडी मोटर किन चाहियो ??
आँफै मान्छे बोक्न मिल्ने भए ।।
उच्च न्यायलय को के अर्थ ??
आँफै मन्त्री तोक्न मिल्ने भए ।।
किन झर्यो फुल भन्थे घामले गर्दा रै छ
स्याहार सुसार अनि मामले गर्दा रै छ
खोज्दै जादा थाहा पाए तिम्ले छोड्नुको अर्थ
दुई दिने पाहुना त्यो दामले गर्दा रै छ
बिना बर्खा पानी पर्यो किन भनेर सोचे
हाम्रो माया झै बिग्रेको यामले गर्दा रै छ
स्वर्ग जाने पालो मेरो किन आएन सोध्दा
धोका खाने धेरै भए लामले गर्दा रै छ
गहुँ गोरी तिमीलाई काली भन्दै छेँडे ।
कुबाटोमा पाईला त्यो चाली भन्दै छेँडे ।।
आधुनिक भई हिँड्ने रहर कस्को हुँदैन ।
नपुग्ने सपनाहरु पाली भन्दै छेँडे ।।
कति सम्म सताउँछन बाटो घाटो हिँड्दा ।
बिना नाता पनि आफ्नो साली भन्दै छेँडे ।।
थाहा थियो तिम्रो खुशी मेरो समर्थनमा ।
खुच्चिङ मार्दै बजाई ताली भन्दै छेँडे ।।
पीरै परि, पीरकै काँखमा,
पीरै मेट्न रोई रा'छू ।
आँशु पोछि, आँशुले नै
आँशु- चिनो धोई रा'छू ।
कोई झिल्के भई झिल्की गए,
कोई तिल्के भई टिल्की गए,
म स्रृष्टि हुने प्रयासमा,
सिल्टी भई खिल्टी रा'छू ।
रित्तिएको आत्मा साँचे, तिम्ले यात्रा मोडे पछि
टुक्रिएको मन गाँसे, अन्तै नाता जोडे पछि
चाँदनी नै रोएको थ्यो पागलपन मेरो देखि
आफैं भित्र मृत्यु दाँजे,तिम्ले बाचा तोडे पछि,
अन्तिम सास छुट्छ कि त तिम्रै नाम जपि-जपि
कयौं पल्ट मरी बाँचे, तिम्ले साथ छोडे पछि
संगालेर दर्दहरु अश्रु प्याला पिँउ कति
मद्होसी भाई नाँचे, मेरो मुटु फोडे पछि,
मायामा नै लोडसेडिङ्ग, गरुगरु जस्तो लाग्यो
डर लाग्दा तिम्रै नजिक, सरुसरु जस्तो लाग्यो
सुक्यो रे नि ति नदी नाला, कसो गरी भर्ने होनि
पानि बनि मुसलधारे, झरुझरु जस्तो लाग्यो
आज सम्म हाम्रो भेटमा, बाधा बन्ने ठुलो नदी
बल्ल आज बगर बन्यौ, तरुतरु जस्तो लाग्यो
समयले साथ दिएको, यहि मौका छोपेर नै
तिमी भित्र मायाको बिउ, छरुछरु जस्तो लाग्यो
रिसाएर नबोल्नेलाई ठुस्काउँन, कति मजा ?
भड्खारोमा पारेपछि मुस्काउँन, कति मजा ?
बाचाकसम कतिकति, सर्बेसर्बा आफै हुने
गर्छुगर्छु, भन्दाभन्दै, छुस्काउँन कति मजा ?
समस्याका पहाडहरु जल धाराका फुलौरा रे
सबै सामु ठिक्क पार्दै, फुस्काउँन कति मजा ?
आफ्नो दुनो सोझाएसी लथालिंग पार्दै अनि
सबै कुरा ठिक्क भन्दै, लुस्काउँन कति मजा ?
क्रान्तिनायकका करतुतले मुलुक काला सुचिमा पर्न लाग्याका
हामि स्वाभिमानि जनका निद खै कता हो अलप भइ गयाका
उनका दुर बुद्धि देखदा मनमा, बुद्धि किनिदिन्या मन बन्याको
सकल पसल सुपर मार्केट उद्योग घुमदा नपाइनि पो भन्याको
त्यहि भएर बिज्ञापन गर्ना खातिर याहाँ चार हरफ यी कोर्दा छौ
कोहि भद्र मानव कन जानकारि भए बताइदिन आग्रह गर्दा छौ
कस्तै आपद परदानि इतिहासमा कवै, कौनै दाग न लाग्याका
त्यहि भएर अहिले करतुत देखदा मनमा साह्रो रिस जाग्याका
यी मातृभूमि जननिका मन कन पिडा,... बे--हिसाव पर्दा छन्
मत्लव नराखि कुपमण्डुकहरु कति पनि याहाँ मनपरि गर्दाछन्
आफै आउछु सोल्टिनी तान्नै पर्दैन
मनभित्र मायाको वाण हान्नै पर्दैन
खाचो पर्दा जब पाउछ भने माया
कुमार हो की घरवारे जान्नै पर्दैन
कतुहलता उस्तै हो वैंश चढेपछि
हलचल हुन्न भन्ने त ठान्नै पर्दैन
परेपछि प्रेममा सुर्ता हुन्न निन्द्राको
मनले मन बानी हाल्छ बान्नै पर्दैन
राष्ट्रियता धरापमा पार्दैछन् आमा
बलिन्धारा आशु झार्दैछन् आमा
जस्लाई पठायौ केही गर्लान भनि
नेपालीको आशा मार्दैछन् आमा
सुशासन यहा आउदैन कैल्यै
अपराधि अघि सार्दैछन् आमा
कुन भुमरीमा हाल्ने हुन देशलाई
भास बाटै नदी तार्दैछन् आमा