आँखा चिम्लेर पनि तिम्रै धूनमा
आँखा खोलेर पनि तिम्रै धूनमा ।।
रात दिन, साँझ बिहानी पनि
छैन काम, मात्र तिम्रै धूनमा ।।
जुनेली रात या औंशी अँध्यारो
आकाश हेर्दै बस्छुं तिम्रै धूनमा ।।
स्पन्दन होस् या सासको आरोह
लय हाल्दै बस्छुं तिम्रै धूनमा ।।
आँखा चिम्लेर पनि तिम्रै धूनमा
आँखा खोलेर पनि तिम्रै धूनमा ।।
रात दिन, साँझ बिहानी पनि
छैन काम, मात्र तिम्रै धूनमा ।।
जुनेली रात या औंशी अँध्यारो
आकाश हेर्दै बस्छुं तिम्रै धूनमा ।।
स्पन्दन होस् या सासको आरोह
लय हाल्दै बस्छुं तिम्रै धूनमा ।।
जलिरहेछ मैनबत्ती, तप तप निरन्तर चुहिदैछ उही
बाध्यता उही, जलन उही, उज्यालो छर्ने रहर उही
चुहिदैछ निरन्तर उ, भोगिरहेछ फेरि उत्पीडन उही
हाँसिरहेछ जल्दै, तर अकल्पित भोगाईका पछुतो उही -!
जीवनको शुभोदय खोज्ने अभिलाषा को संग छ ?
तयारी पूर्वक रचेको मृत्युको तमाशा को संग छ ?
आफैसंग संघर्ष गरी आँधीबेहरी रोकीरहे मुठ्ठीमै ;
हुत्याएर पर राख्ने भुमरीयुक्त निराशा को संग छ ?
आज प्रत्येक सजीवको मौलिक कृति लेख्न चाहन्छु ;
यो पातालमा सबैले बुझ्ने मनको भाषा को संग छ ?
म फेरी युद्द दोहोर्याउन चाहदिन यो विश्व समाजमा ;
बाँचेका मध्ये अहिम्सात्मकताको आशा को संग छ ?
अपूर्ण सपना सजाएं मैले!
आँफैंभित्र प्रफुल्ल रमाएं कैले!!
धन कमाउने रट लगाएं मैले!
सजल नेत्र प्रियेषिलाई अर्थाएं मैले!!
घर आगन छोडि हिड्दा,
भक्कानिएंको मनलाई सम्झाएं मैले!
पराय देशको गुल्लमी गर्न,
मरिभुमितिर यो कदमा बढाएं मैले!
अजनवी देशको नोकर बन्न,
आफ्नै जेथा शाहुलाई थमाएं मैले!
हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।
पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।
कोठे साँघु, बजारको झिलिमिली, काला उखू, सुन्तला
दोस्रो अङ्कुरमा खचाखच भये ज्यादै मिठा शीतला ।
पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तला
त्यो संझी खुशिले रमाउँछ यहाँ यद्यापि मेरो गला ।।
तेस्रो अङ्कुरमा उपस्थित भयो अर्घौं तथा अर्चले
पुर्खाको जसमा थियो जस ठुलो प्रख्यात पाण्डित्यले ।
चौथोमा उभियो पवित्र खरको छानू भयेको घर
आमाको मृदु लालना सुख जहाँ लिन्थं म लोकोत्तर ।।
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो
ठूला साना सबैलाई
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३।
अहा ! म लहरा भए मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,
रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,
स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !
क्षमता को काम भन्दा, धेरै दाम खोज्न चाहन्न ।
अर्का को परीश्रम मा, मिठो माम खोज्न चाहन्न ।।
आफु गुण्डा गर्दी गरेर नै, पराइ को लुछी हिड्दै ।
हाटबजार र चौक चौक मा, नाम खोज्न चाहन्न ।।
भोको पेटलाई मेटाउन, पियासी हरु को घुईचोमा ।
पालो कहिले आउछ भन्दै, लाम खोज्न चाहन्न ।।
अन्ध्यारो नै हुन नपाई, गल्ली गल्ली चाहर्दै म ।
आफ्नो इज्जत बिकाउनलाई, साम खोज्न चाहन्न ।।
माफ गर है तिम्रो निम्तो मनाउन सकिन
भट्टिमा थिए लठ्ठिदै नशामा धाउन सकिन
पराइले तिम्रो सिउदो रङ्गाउदाको क्षण सम्झि
स्वाट्ट पिए रित्तो भो गिलास भुलाउन सकिन
रमाई रमाई चढ्यौ रे डोली पराइको नाममा
रत तिम्रो खुशिमा यो मुहार देखाउन सकिन
सम्झाए मन मनै आफैले आफैलाई भनि धेरै
यस्तै रैछ जिन्दगी विषले पनि मेटाउन सकिन