जस्तो सोच्यो उस्तै हुन्छु म
आत्मियताले मन् छुन्छु म
मलाई नजिकबाट नियाल
तिम्रा दु:ख पिडा गुन्छु म
भएका चोट ब्यथाहरु सबै
आफ्नै आँशुले नै धुन्छु म
भन तिम्रा रहरहरु निर्धक्क
सागरबाट मोती चुन्छु म
भार बनेछ भने मेरो माया
आँफै थुनिने जाल् बुन्छु म
जस्तो सोच्यो उस्तै हुन्छु म
आत्मियताले मन् छुन्छु म
मलाई नजिकबाट नियाल
तिम्रा दु:ख पिडा गुन्छु म
भएका चोट ब्यथाहरु सबै
आफ्नै आँशुले नै धुन्छु म
भन तिम्रा रहरहरु निर्धक्क
सागरबाट मोती चुन्छु म
भार बनेछ भने मेरो माया
आँफै थुनिने जाल् बुन्छु म
चारै तिर अभावै अभाव भेटिन्छ ।
फेरी पनि जिन्दगीमै लगाव भेटिन्छ ।।
केहि राम्रा पहिचान बनाएर हेर ।
टक्कर दिने मान्छेको तनाव भेटिन्छ ।।
सक्दैनन सब थोक त्यागेर हिँड्न ।
आफ्नाको माया छ जबाव भेटिन्छ ।।
जिवनलाई डोर्याउनै गाह्रो भयो भनि ।
कसैको हात हातमा शराव भेटिन्छ ।।
जिन्दगीका जोड घटाउ पल्टाएर हेरे ।
सँधै घाटै घाटाको हिसाव भेटिन्छ ।।
कस्तो आउछ के आउछ, भन्ने कुरा हराई सक्यो
आईकन एक दिनको, अनुभब पनि गराई सक्यो ।।
शान्ति समृद्धि र सद्भावको, बनोस है यो नया वर्ष
टुटे-फुटेका मनहरुमा, भरिदेओस उल्लास र हर्ष ।।
रोगिले उपचार पाओस, भोकाले एक पेट खाओस
नानिहरु स्कुल जाउन, नाङ्गाले एक सरो लाओस ।।
मार-काट बन्द होस, चारै दिसा शान्ति छाओस
अन्यायिहरुको नाश हो, पिडितले न्याय पाओस ।।
जतिसुकै अप्ठ्यारा आए पनि, गर्न सकौँ सामना
सामुहिकताको भाव जागोस, यहि हाम्रो कामना ।।
जीवन काँडा होकी फुल भनी देउन कोही ।
जीवन तारा होकी धुल भनी देउन कोही ।।
पहिरोझै सुख दु:ख भात्किएनी तारिदिने ।
जीवन नदी होकी पुल भनी देउन कोही ।।
यत्र, तत्र, सर्वत्र नै यहाँ झुक्याउछ सधैं ।
जीवन छाँया होकी तुल भनी देउन कोही ।।
बाहिरीहेर्दा उस्तैछरुप सुसाउछ भित्र भित्रै ।
जीवन आँशु होकी मुल भनी देउन कोही ।।
अहमताले कलँक छोप्नखोज्छ नजानिन्दो ।
जीवन खाल होकी झुल भनी देउन कोही ।।
आँखाबाट तप्पतप्प, झर्न लागेको छु,
वारि मुटु छाडी पारि, तर्न लागेको छु !
दिनको मूल्य-महत्त्व, रातले बढाउँछ,
रात बनेर म त्यही काम, गर्न लागेको छु !
कताकता शङ्का लाग्छ, राम हुँ कि म रावण?
तिमी हैन, तिम्रो दु:ख, हर्न लागेको छु !
नामै लिन चाहँदैनन्, सबै डराउँछन्,
म त आफ्नो नाम आफैँ पो, दर्न लागेको छु !
नसोच के अचम्म भो, यस्तै हो यो जीवन,
आफ्ना लागि आफैँ गोली, भर्न लागेको छु !
रमरमाइलो छठ राम्रीएर सुरुवात हुदैथ्यो त्यो साँझ । म सिंघिया पुलको माझमा पुजा सकेर रमित हेर्नु मै व्यस्त थिए । छठ पुजाको महत्व मानिसको भिडले भरिएको खोला किनारले दर्शाईरहेकोथ्यो । तरुनितान्नेरिको लावालस्कर आँखाले भ्याउन्जेल रहरलाग्दोथ्यो ठाउँठाउमा टुटेको लस्कर पनि । हामी पनि भेला पर्यौ छरिएका साथीहरु सवन , म ,श्याम अनि कुवेर ; लाग्यौ पुलपारि पुच्का ( पानीपुरी ) खान । रमझमाइलो रातको सुरुवात हुन्छ ;अनि चिसो सिरेटोको पनि । तछाडमछाडको स्थितिमा पुच्का खादैथ्यौ ; हाम्रो अगाडी एक हुल युवतीहरु आइअडिए साथसाथै पुच्का खाने लाइनमा ठाटिए । "आम्मामा क्या ! च्वाख पुच्का " सवन जिस्किने शैलीमा बोल्छ । उनिहरु नि के कम "विचराले कहिले खा'को थिएन होला " जिन्सपेन्टमा छाटीएकि कालि बोल्छे । उनीहरुको रमाइलो भानाभैरी चल्छ म चुपचाप सुनिरहन्छु जिस्कने मन भएर नि सोझो हुन् खोज्दै । तेही हुलको एक कालो कुर्तासलवारमा उभिएकी र मेरो शैली उस्तै हुन्छ, गुमसुम । ऊ आँखाले मुस्कुराउछे ,म पुरै हास्न उचित ठानिन अर्धमुस्कान दिए आँखाको हेराईबाट तानातान चल्छ छिनभरमै न्वारन देखिको साहस जुटाएर बोल्न खोजे सकिन । लामो कपाल टम्म आँखाको गाजल र शरीरको टम्मक्क मिलेको कपडा उसको सुन्दरताको पोल खोलि रहेको थियो । तेहिको लोकल साथीहरुले कन्सर्टको आयोजना गरेका थिए सुरु हुन् खोज्दै थियो । युवतीको हुल त्यहाँबाट छुट्टिएर उतै तिर लागे हामी पनि ।
तेईस चौबिसे राज्य थ्योरे, हजुरको पालामा।
उनेर नै छाड़नु भो'रे, सबै एक मालामा।।
फेरी पुनर्जन्म लिदेऊ, येही आमाको कोखमा।
हामी साना भाई बहिनी, परेका छौ शोकमा।।
भाई-भाईमा झगडा भो, चल्यो काटामारी।
हाम्रो आमा रोइछिन्, आँशु झारी - झारी।।
दलनै दल पाटीनै पाटी, छैन कुनै खाँटी।
भाच्नलाई सजिलो भो, एक -एक गरी लाठी।।
आधिहुरी हैन माया, मनको मिठो भावना हो
बिश्वासमा मन मिल्दा, प्रकट गर्ने चाहना हो
भौगोलिक दुरी टाढा, नजिक छ नि मन मुटु
दुख सुख सधै बाड्छौ, दिवस भन्ने बाहना हो
माया भन्ने शब्दै त्यस्तो, फरक गर्ने तरीका त
राम्रो सगँ लगाएमा, सुन्दर पार्ने गहना हो
छैन धेरै भन्ने कुरा, मनको मेरो प्यारो कालु
सधै म त तिम्रै नै हु, दिलको यो त कामना हो
उराठिदै छ मन
मनको के कुरा
दुगुर्छ, उफरन्छ
काउकुतीमा जोडीन्छ
दिन रात बोकेर
आँफैं सँग,
कहिले कान्हीं कुर्लन्छ
यो मन्को के कुरा
छण छणमा बौरिन्छ
बिरहमा कुन्जिन्छ,
क्षण्, क्षण् ! पल पल
आफ्नै स्वरमा लहरिन्छ
लतारिन्छ
फ्टकारीन्छ,
दोषका असंख्य भार बोकेर
मिलन मा मुस्काउछ !
के भन्ने ? शव्द रहित, बनी दिन्छ
आकार रहित
निशव्द बनी दिन्छ
नितान्त यक्लो मन
परीद्रिश्यमा उडी रहन्छ
धक धकियर छातीमा, बसी रहन्छ
तिम्रो यादमा झस्किएर रुँदै छु
मन भरिका पीडा आँसुले धुँदै छु
टाढा भएर बस्दा छाती चर्किदा
आँसु बर्षाको झरी बनि झर्किदा
तिम्रो तस्बिर तिरै हेरी छुँदै छु
मन भरिका पीडा आँसुले धुँदै छु
चाहे विश्वास गर या त नगर
मेरो कुरामा भर पर नपर
तिम्रै यादमा पागल पो हुँदै छु
मन भरिका पीडा आँसुले धुँदै छु