सत्य बोल्दा बाँङिन्छौ त्यसै तिमी
रिस मानी जंङिन्छौ त्यसै तिमी
चर्ती कला देखेर दंग हुन्छु
मध्य रात नाँङिन्छौ त्यसै तिमी
दिक्क मानी जीवन देखी आँफैं
डोरी बाँधी टाङिन्क्छौ त्यसै तिमी
बुद्ध चित्त असल राखी हेर
चारै दिशा हाँङिन्छौ त्यसै तिमी
सत्य बोल्दा बाँङिन्छौ त्यसै तिमी
रिस मानी जंङिन्छौ त्यसै तिमी
चर्ती कला देखेर दंग हुन्छु
मध्य रात नाँङिन्छौ त्यसै तिमी
दिक्क मानी जीवन देखी आँफैं
डोरी बाँधी टाङिन्क्छौ त्यसै तिमी
बुद्ध चित्त असल राखी हेर
चारै दिशा हाँङिन्छौ त्यसै तिमी
त्यो दिन,आकाश खुल्ला थियो
धर्ती चकमन्न थियो
हावा सुस्त सुस्त बहदैथ्यो
प्रक्रिती बिछट्ट रङ्ग भर्दैथी
मैले चिप्लेढुङ्गामा खुट्टा टेकी
पारी गाउँ हेर्दा
वारी गाउँ हेर्दा
तल बस्ती नियाल्दा
सालिम्मोका झुप्राहरु
चित्कारका थुप्राहरुमा
फुस्स फुस्स हावामा कावा खान्थे,
स्वाभिमानले सोभित हुनुको बादला
झोलिएका स्तन बोकी
एक लस्कर आमाहरु
डडेको झुप्रा हेर्दै निधार ठोक्दथे
सार्दा सार्दा च्यातिएको लुङ्गी
खोल्दा खोल्दा फाटेको सुरुवाल
बिर्यलेपतिएको त्यो रातो लबेदा
या भनौ
गजल भित्रको बहरमा तिम्रै नाम छ ।।
यि मेरा प्रत्यक रहरमा तिम्रै नाम छ ।।
म लेख्छुँ गजल रुदै-रुदै तिम्रो यादमा,
कसम.! सप्नाको लहरमा तिम्रै नाम छ ।।
तिम्रै नाम् जप्दछुँ भक्कानो फुट्दा मनमा,
प्रभाती किरणको प्रहरमा तिम्रै नाम छ ।।
शिन्दुरले मुल् ढोका बन्द गरी पराई भयौ,
म रुँदा आँशुको नहरमा तिम्रै नाम छ ।।
फुल रहेछौ चिन्न सकिन ।
मुटुमा राखेछौ, मिल्न सकिन ।।
अन्मोल रहेछ, तिम्रो माया
म भिखारी ले, किन्न सकिन ।।
कती धेरै माया, दीयौ मलाई
आफ्नो सम्झी, छिन्न सकिन ।।
विश्वाश गरी, हात अगाडि बडायौ
माफ गर ल, सङै हिंड्न सकिन ।।
नेताहरुको ताल जस्तै तिम्रो माया जाल भयो ।
किनार छुदै सुट्ट भाग्ने त्यही नदिको छाल भयो ।।
दशगजा हराए झै मायालु मन कता लुक्यो ।
टनकपुर दुखे जस्तै तिम्रो चालले मन दुख्यो ।।
बिखण्डीत यो मेरो माया सघिंयतामा टुक्र्याई दियौ ।
महेशपुर ,सुस्ता लुटिए झै आत्मा शरिर छुट्याई दियौ ।।
सगरमाथाको चोखो हिउँ झै माया दिदा शकां गर्छौ ।
बिदेशिले खेलाए झै तिमी दोधारमा किन पर्छौ ।।
लक्ष्मणपुरमा बाध बाधे झै किन तिमीले मन बाध्यौ ।
झुट्टा भाषण छाटे सरि कि त तिमीले गफ छाट्यौ ।।
पराईले देश लुटे झै भन तिमीलाई कस्ले लुटयो?
घुसखोरीको शिर झुके झै किन तिम्रो शिर झुक्यो।।
पिडै पिडा भए पछी छाती ,भत्भती जल्दो रहेछ,
जती निभाउन खोजे पनि ,दनदनी झन बल्दो रहेछ !!
जिन्दगीका यात्राहरुमा अडिग भई अघी बड्दै जादा,
कहिले काही लडाउने ,आधिहुरी चल्दो रहेछ !!
दु:ख पछी सुख यहाँ अब्स्य मिल्छ भन्थे मान्छेहरु,
भाग्य लेख्ने कुचिले नि ,खुसी लेख्न छल्दो रहेछ !!
फुल्दै देखी दुस्मन ले चिचिलो मै निमोठी फ्याके पछी
बोट मात्रै ठाडो हुने, फल कहाँ फल्दो रहेछ ?
आँशु जम्मै पोखेर नहुने ।
भाग्य आँफै खोपेर नहुने ।।
भाबिलेनै लेखेको यस्तैछ ।
निधारमाथी ठोकेर नहुने ।।
चाहे जती नपाए हामीले ।
ढुङ्गा माटो टोकेर नहुने ।।
ताराजुन आकाश भरिछ ।
बादल बनी छोपेर नहुने ।।
बेसाहारा जिन्दगीको, सहारा त्यो तिमि नै हौ !
सागर झैँ जीवनको, किनारा त्यो तिमि नै हौ !
अल्मलिदै सोच्दै थिए, दोबाटो मा अल्झिएर,
औला तेर्स्याई देखाउने, ईशारा त्यो तिमि नै हौ !
अन्धो सरी अँधेरीमा, भट्कीदा म एता उता,
बाटो भरि ज्योति छर्ने, सीतारा त्यो तिमि नै हौ !
जिन्दगीको यात्रा माझ, हिड्दा-हिड्दा गल्छु जब,
बिसाउने भारि मेरो, चौतारा त्यो तिमि नै हौ !
देश'मै छुरा धस्नेहरू चलाऊंदै छन सत्ता !
आफ़्नै आमा डस्नेहरू चलाऊंदै छन सत्ता !
रास्ट्रसेवा गर्नेहरू कटाईदै छन डाडा,
मौका छोपी बस्नेहरू चलाऊंदै छन सत्ता !
माया प्रेम स्नेहको बजार भाऊ सस्तो यहाँ ,
मार्न कम्मर कस्नेहरू चलाऊंदै छन सत्ता !
अन्याय र अत्याचारले सिमा नाघ्दा पनि ,
कुना पसि बस्नेहरू चलाऊंदै छन सत्ता !
आज फेरि कविता लेख्ने, सुर चलेको छ
अस्थिर यो दिमागमा खै, के के हो फलेको छ ।
ठूला-बडाको गति-बिधि, छैन शुभ खालको
त्यहि भएर सर्व साधारणले, हात मलेको छ ।
भातृत्व र प्रेम याहाँ, स्खलित भएको छ
प्रेम टुटेका मन याहाँ, भित्र भित्रै जलेको छ ।
मातृभूमि जन्मभूमि, चिरा हुन लागेको छ
चिरा हुने पिरले याहाँ, सवको शरिर गलेको छ ।
मातृभूमि जन्मभूमि, सवकोइलाई प्यारो छ
प्यारो भूमि पिडित हुदाँ, ह्रिदय हाम्रो बलेको छ ।