प्रिय आजकल
हाम्रो माया प्रेममा
बिछोडको आगो
सल्काउन खोज्नेहरु
उर्लने खहरे झैँ छन्
जुन उर्लने खहरे
झरी रोकिए पछिको
सुक्खा बगर झैँ
अस्तित्वहिन छन्
र त्यस्ता खहरेहरुले
तयार पारेको रणनीतिले
हाम्रो प्रेममा कुनै अबरोध
खडा गर्न सक्ने छैनन् ।
किनकी ति खहरेहरुलाई
म पहाड बनेर छेक्नेछु
त्यसैले
प्रिय तिमी निश्चिन्त रही
सपना सजाय हुन्छ ।