आफ्नै भाग्य खोसिएर पिउन थालेको हुँ ।
आफै भित्र जोसिएर पिउन थालेको हुँ ।।
जुन दिन बाट हाम्रो बाटो अलग भयो ।
त्यही रापमा झोसिएर पिउन थालेको हुँ ।
तिमी हार्दा मैले जीत सोच्नु गलत थियो ।
आफ्नै भुलमा दोषिएर पिउन थालेको हुँ ।।
तिमी बिनै यात्रा मेरो सहज गर्छु सोचेँ ।
अहमताले पोषिएर पिउन थालेको हुँ ।।