तपाई हामीमध्ये कैयौँलाई दिनहुँजसो आफ्नो इमेल हेरिराख्नुपर्ने हुन्छ। कतिले त आफ्नो मेलबक्सलाई नै डायरीको रुपमा पनि प्रयोग गरिराखेका हुन्छौँ। तर हामीमध्ये धेरैलाई खट्किएको कुरा हो हामीले हाम्रो मेलबक्सको एउटा इमेल हेर्नुपर्यो भने लामो समय पर्खिएर इमेल प्रयोग गर्नुपर्ने हुन्छ। अझ सिडिएमए फोनबाट डायल अप इन्टरनेट प्रयोग गर्नेहरुको लागि त पटक पटक इन्टरनेट जोडेर लामो प्रक्रिया पूरा गरेर इमेल हेर्नु पक्कै पनि खर्चिलो र झन्झटिलो हुन्छ। तर घरमै आफ्नै कम्प्यूटरमा इन्टरनेट प्रयोग गर्नेहरुको लागि भने यति झन्झटिलो प्रकृया पूरा गर्नु पर्दैन। हामीले गुगलको इमेल सेवा जीमेल प्रयोग गर्यौँ भने यी सबै प्रकृयाबाट मुक्ति पाउन सकिन्छ। गुगलको इमेल बनाउने प्रकृया अन्य इमेल बनाएजस्तै हुन्छ। यसके लागि तपाइले आफ्नो ब्राउजरमा जीमेलको वेब ठेगाना www.gmail.com टाइप गर्नुहोस्। त्यसपछि आउने पेजमा Sign Up मा क्लिक गरेपछि आउने फर्म पूरा भरेर रजिष्टर गरेपछि हामीले जीमेल इमेल ठेगाना प्राप्त गर्न सक्छौँ। (जीमेलको इमेल बनाउने तरिका अन्य निशुल्क इमेल प्रदायक वेबसाइटहरु याहू, हटमेल, रेडिफमेल आदिसंग मिल्छ) अब तपाइको जीमेल इमेल खोल्नुहोस् र सबैभन्दा माथि दायाँतिरको Setting मा क्लिक गर्नुहोस्। त्यसपछि आउने पेजमा Forwarding and pop मा क्लिक गर्नुहोस्। अब Enable pop for all mail भन्ने बक्स चेक गर्नुहोस् र Save Settings बटनमा क्लिक गर्नुहोस्। अब तपाइको इमेल क्लाइन्ट आउटलुक एक्सप्रेस खोल्नुहोस्। अब Tools मेनुमा गएर Accounts मा क्लिक गर्नुहोस्। त्यसपछि Add बटनमा क्लिक गर्नुहोस् र Mail मा क्लिक गर्नुहोस्।