बालक बबुरो द्विज शुकनामा, हुँ म परेको छू पिंजरामा ।
मकन हरे ! शिव शान्ति र चैन, सपनाविच पनि रतिभर छैन ।।
१
मेरा बान्धव बाबु र आमा, बस्छन् वनका एक कुनामा ।
कोसित पोखू मनको ताप; गर्दै पिंजराबाट . विलाप ॥
२
आँसु बगाई कहिले रून्छु, कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरि उफ्रन्छु, केवल वनका - सुख सम्झन्छु ।
३
फलफुल खाई नित्य रमाई, वनमा फिर्ने बबुरालाई ।
विधिले पार्यो पिंजराभित्र, कर्म हरे ! शिव ! हुन्छ विचित्र ।।
४
कति फिर्दो हूँ कति उड्दो हूँ, कति कति देशान्तर डुल्दो हुँ ।
देव ! हरे ! किन बालकलाई, बन्धन पायो व्यर्थ भुलाई ॥
५
शीतल पानी, कुञ्जनिवास, भोजन मीठो फलको खास ।
त्यो सब हुन गो अाज बिनाश, बाँकि छ एकै मनको त्रास ॥
६
हरिया वनको शीतल छाया. वान्धवसंगको मोह र माया ।