हो तिमी जस्तै अरुमा डुल्न सकिन म
बिर्सेर तिमिलाई नै भुल्न सकिन म
सम्झनाले यति सताईरह्यो कि
चाहे पनि जिवनमा फुल्न सकिन म
मौका त यति आए कि जिन्दगीमा
जति आए उति गए खुल्न सकिन म
मायाको भारी नै बिसाएर पनि
बदलामा केहि असुल्न सकिन म
हो तिमी जस्तै अरुमा डुल्न सकिन म
बिर्सेर तिमिलाई नै भुल्न सकिन म
सम्झनाले यति सताईरह्यो कि
चाहे पनि जिवनमा फुल्न सकिन म
मौका त यति आए कि जिन्दगीमा
जति आए उति गए खुल्न सकिन म
मायाको भारी नै बिसाएर पनि
बदलामा केहि असुल्न सकिन म
आली र आटो चिन्न गाह्रो ।
मलिलो माटो चिन्न गाह्रो ।।
बैश मै आँखा फुटे पछी ।
खोपे को टाटो चिन्न गाह्रो ।।
नशा ले सधैं माते पछी ।
घर को बाटो चिन्न गाह्रो ।।
दिए को चोट ले दुखे पछी ।
छाती को पाटो चिन्न गाह्रो ।।
आफ्नै खोटो सिक्काले चुक्किएको रहेछू,
माछो-माछो भ्यागुतो भई फुत्किएको रहेछू ।
बेअर्थैमा दोष दिए आँखा तरि संसारलाई,
म त आफ्नै भाग्यले नै झुक्किएको रहेछू ।
दङ्ग पर्थे,छक्क पर्थे, त्यो चाल देख्दा अक्क-मक्क पर्थे,
तर सद्दे रैछन अरु सबै, म पो खुस्किएको रहेछू ।
जता जान्छू त्यतै सबै किन गनाउछन भन्थे,
बल्ल आज थाहा पाए म आफ्नै गु मा मुछ्छिएको रहेछु ।
बिरानो देशमा, गुराँश के फुल्थ्यो हाम्रो पहाडमा झैं
टल्कंदै हिमाल, क्षितिज के खुल्थ्यो हाम्रो पहाडमा झैं
स्वप्नमा देशको झजल्को आउँछ मन दुख्छ बेस्सरी
उजाड भूमिमा अनाज के झुल्थ्यो हाम्रो पहाडमा झैं
मुग्लान पस्छन अमुल्य जीबन बन्धकी बनाउदै
पराइ माटोमा पसिना के घुल्थ्यो हाम्रो पहाडमा झैँ
मादल बज्दोहो गाउँमा झ्याउरे, मारुनी नाच्दा हुन्
निराश प्रबाश यो मन के भुल्थ्यो हाम्रो पहाडमा झैं
कहिलेकाँहि जिन्दगीमा धेरै ठूलो आश देख्छु
फेरि कहिले जिन्दगीको आफैलाई दास देख्छु
देख्नेहरुले खै के देख्छन्,मूल्यहिन भएकी छु
मूल्यवान यो संसारमा सबैलाई खास देख्छु
बाँच्ने रहर कति थियो,केहि गरौं भन्ने लाग्थ्यो
परिस्थितिले मृत्यु दियो,चल्न छाड्या सास देख्छु
जित्नेहरुको युद्दभूमि , हार्नेहरुको शमसान
पराजय भो मेरो पनि ,र पो आफ्नै लास देख्छु
नयाँ दिन नयाँ उमंग लिएर आउला, यहि कल्पना गरेर
नयाँ संदेस लिएर आउला, यहि दिल भित्र भरेर
अघिल्लो दिन विदा गरिन्छ,
तर फेरि ! अकर्मन्यता र उट्पट्याङ्ग गतिविधिहरुको
उहि सिल्सिला दोहोरिएको दख्दा, मन निराशाले भरिन्छ।
सिल्सिला यस्तो कहिले सम्म रहने हो !
कर्तव्यहिनता र गन्तव्यहिनतालाई कहिले सम्म सहने हो !
उत्तर सहज छैन, तर पनि पाउन सके,
काम सहज छैन, तर पनि कारकहरुलाई दाउन सके,
सायद हामिले सोचेको अनि दुनियाले खोजेको,
तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो तीन दिन देखि म भोग्दैछु ,महशुस गर्दैछु । चाहेर नचाहेर मानिसले भोग्नै पर्ने जीन्दगीका तीता क्षणहरु आज म संगाल्दैछु । लाग्छ म आज यो झरीसंगै झर्दैछु अनि भेल बनि हिलाम्य भएर बग्दैछु।
किन यस्तो भैइरहेछ ?आफैलाई सम्हाल्न खोज्छु । केहि कठोर बन्ने प्रयास गर्छु । पीडा लुकाउने असफल प्रयास गर्छु । अनुहार रातो हुन्छ । फेरि आवेगमा आउँछु । दाँत किट्छु । अहं सबै प्रयस विफल हुन्छ । प्राकृतिक नियम म मा पनि लागू हुन्छ।जति कोशिस गरे पनि पत्तै नपाई आँखाको डिल डिलबाट आँशुका ढिक्काहरु बर्बर्ती झर्छ । आफ्नो दयनिय स्थिती देखेर आफैमाथि दया लाग्छ। बिस्तरामा पल्टिन्छु । निदाउने फेरि अर्को असफल प्रयास गर्छु। अहं पटक्कै निद्रा लाग्ने हैन। नैराश्यताले ब्युँझाईरहन्छ । जुरुक्क उठ्छु । स्वास फेर्नै गार्हो अनुभव हुन्छ । झ्यालबाट बाहिर चियाउँछु । सुनसान देख्छु । एकाध मानिस छाता ओढेर हिडेको देख्छु । एकहोरिन्छु । कोहि परिचित मानिस आए झैं लाग्छ परबाट । त्यो चेक छाताले टाउको मात्रै ढाकेर यतै लम्केर आउनेलाई चिने चिने झैं लाग्छ । परै भएकोले ठम्याउन हम्मे हम्मे पर्छ । अलिक नजिक आएपछि मेरो ओठमा भएको अलिकति खुसी पनि धेरै टाढा भाग्छ । उ त रोहित नै रहेछ जसलाई मैले तीनदिन अघि नै छोडेर आएको थिएं यो क्वाटरमा । रोहितलाई चिनेपछि मन् झन् झन् भुट्भुटिन्छ । पेट्रोल छर्कए झैं लाग्छ शरीरमा, कम्पन हुन्छ । क्रोधाग्नीले मेरो अनुहार बल्छ ।
के गरु, मन हुदा नि लेख्न पाइन् हजुर
मन त थियो तर टाइम भइन् हजुर
अहिले यत्ति पढी दिनुस हौसला है
भने जस्तो भने छदै छइन् हजुर
फेरी, बिन्ति गरे मलाइ सुझाब है त
मन पर्ने जस्तो भने ल्याइन् हजुर
म्याड़ले लेख्यो सानो पागलपन मात्रै
लेखे लेख्न तर गज़लकार होइन हजुर
चर्किन्छ मुटु मेरो दर्किन्छन यादहरु
पटक पटक गिज्याउदै फर्किन्छन यादहरु
मायाको बारीमा फुलेका फूलहरु
जानी नजानी गरेका भूलहरु
काँडा बनेर छाती घोच्छन घरिघरी
पिडा बनेर बिगत दुख्छन घरिघरी
पासो बनी पलपल सर्किन्छन यादहरु
पटक पटक गिज्याउदै फर्किन्छन यादहरु
लजाउदै जानिलाई सलाम छ मेरो
ति रुप कि खानिलाई सलाम छ मेरो
कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उन्को आनिबानिलाई सलाम छ मेरो
चट्ट जिउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो