हिजो राती अर्कै सँग बस्यौ अरे हो र?
उसकै बलबाहु माझ खस्यौ अरे हो र?
रातलाई छिचोलेर सन्नाटालाई बिथोलेर
ठुलाघरको बेसी गोठमा पस्यौ अरे हो र?
म सँग चिल्ला चाप्ला कुरा गर्थ्यौ एकै नाश
उसँग नि चिल्ला कुरा घस्यौ अरे हो र?
हिजो राती अर्कै सँग बस्यौ अरे हो र?
उसकै बलबाहु माझ खस्यौ अरे हो र?
रातलाई छिचोलेर सन्नाटालाई बिथोलेर
ठुलाघरको बेसी गोठमा पस्यौ अरे हो र?
म सँग चिल्ला चाप्ला कुरा गर्थ्यौ एकै नाश
उसँग नि चिल्ला कुरा घस्यौ अरे हो र?
हसेरै बिदा गर्छु भन्थे तिमीलाई
तर मुस्कान कतै डेरा सर्यो ||
रोक्छु भन्थे यी मनभित्र मडारिएका बादललाई
तर आशु बनी बर्सिदियो ||
हुन त थियो बिछोड मात्र दुइदिनको
तर जन्मौजन्मको जस्तो भान भयो ||
यो जुनेली रात तिम्रो साथ बिनाको
मलाई त केवल औसीँ आभास भयो ||
मिठा थिए ती गीतका धुनहरु
तर तिम्रो साथ बिना झर्कोलाग्दो रह्यो ||
चलिरहेका थिए यी दिन र रातका पलहरु
मलाई त केवल कछुवाको चालमा भागदोरह्यो ||
सुबाशयुक्त थिए ति फुलका सुगन्ध पनि
तिमी नहुँदा ति कतै बिलाएझैभयो ||
मान्छेहरुको हुलमा पनि
म भित्रको मन आजफेरी एक्लोभयो ||
मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा
हत्या र हिंसा, ब्याप्त छ सर्वत्र
बुद्दलाई पनी बनबास भो आमा
तिम्रै त्यो कोख, बिच्छेदन हुँदैंछ
गृहयुद्दको भय, सन्त्रास भो आमा
जनताको पिडा “थाल खाउ कि भात”
लिन मलाई गार्ह्रो, सास भो आमा
जात र धर्मको फूलबारी भो एकादेश
गुलाब नि आज, पलास भो आमा
गुन्जिन्छन नेपथ्यमा पिडाका आवाज
छटपटिदै देश, लास भो आमा
मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा
सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।
उकालीको यात्रा सङ्गै साथीहरु छिन्न भिन्न
सङ्गै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो।
थाकेँ भन्दै काँखमा राखी उठाउन अनुरोध भो
बोक्ने बेला चिप्लेपछी लड्दै गर्दा मजा भयो।
हाकिम लाई घूस दिन, रुपियाँ लाइएन ।
जुत्ता चप्पल कति फाट्यो, जागिर पाइएन ।
सरकार त्यो बेश्या जस्तो, आफ्नो छैन कोहि,
प्रमाण पत्र अल पत्र भो, थोरै त धाइएन ।
जग्गाको ठुन्को बेची -बेची, मलाई पढाको,
बाउको हत्ते देख्दा यति, यो मन खाइएन ।
उमेर पनि ढल्किंदै गो, अब के को आशा,
उराँठ लाग्दो जिन्दगीमा, रहर छाइएन ।
उनको समिप भईन भने मुर्झाएर मर्छिन अरे ।
नफक्रेको थुङ्गा जस्तै कोपिला मै झर्छिन अरे।।
मेरो न्यानो स्पर्श ले,उनको आचल छुईन भने ।
होस् गुमाएर जिन्दगीभर,टोलाए झै गर्छिन अरे।।
अपारमायाले भरिएको,फुलको गुच्छा दिइनभने ।
आश मारेर क्षितीजपारी,सयौखोली तर्छिन अरे ।।
म उनको लागि बिना झरी,बादलु झै फाटे भने ।
मन मारेर जुनतारा झै,अन्धेरी मा सर्छिन अरे ।।
चाँदमय गजब्को रात भईरहेछ ।।
हल्कासा यौवन्को उन्मात भैरहेछ ।।
बाफिला बास्पले छट्पटी छट्पटी,
एउटा अलग्गै आघात भैरहेछ ।।
स्पर्स चुम्बनको अनौठो सुम्सुम्याई,
कति चुलबुले यो हात भैरहेछ ।।
लाजका आवरण खुलस्त भए पछी,
आंशिक मज्जामा हिम्पात भैरहेछ ।।
लायाको बाहुल्या प्रिती छोणीगै मैनाले ।।
पराईको शिन्दुर्या घुम्टो ओणीगै मैनाले ।।
एकलै छुँ रुल्ल-टुल्ल दुनियाँका माँझ,
आफु बाईगै मेरो मुटु फोणीगै मैनाले ।।
मेरा घर आग् लगाईगै मुकी जिउनै जलाई,
डोलि चणी अर्कै घरबार जोणीगै मैनाले ।।
मुकन भारभारका दु:ख जन्जाल्या प्रितीले,
ज्युदै मुई खाडल भित्र तिणीगै मैनाले ।।
मेरो मन,
सम्झनाले आकुल व्याकुल भएको मन
सधैँ सम्हालेर राख्न खोज्छु
यसै यसै बरालिन्छ
उडिदिन्छ हावासँगै!
मेरो मन,
कहिले यता लछारिन्छ कहिले उता लछारिन्छ
बर्षायामको सिमलि झैँ
बर्षा, शरद, शिशिर अनि वसन्त
ॠतुसँगै नायाँ पालुवा फेरिए
तर
मेरो मन कहिलै फेरिएन!
मेरो मन,
कयौँ पटक मृत्युलाई जितेर निस्कियो
कैयौँ पिडाको पहाड फोरेर रसायो
तर अफसोच
तिम्रो मनलाई जित्न सकेन
अनि तिम्रो मनभित्र बग्न सकेन!
मायालु तिम्रो हातले दिएको रोटिको याद आयो ।
डिंपल परेको गालामा तिम्रो कोठिको याद आयो ।
घास दाउरा जादा सुसेलिले मलाइ बोलाउथ्यौनि ।
ऐसुलु काफ़ल टिपेर पातमा खाएको याद आयो ।
बासुरि मैले बजाउदा तिमि धरधरि रुंथ्यौनि ।
नरोउ न भदै तिम्रो परेलि पुछेको याद आयो ।
चंचले तिम्रो त्यो बानि देख्दा म छक्क पर्थेनि ।
पाउमा तिम्रो बिझेको काडा झिकेको याद आयो ।