लोकतन्त्र प्राप्ति पछि नेपालमा संबिधान सभाको निर्वाचन भयो,दुइ बर्षमा संविधान बनाउनेगरी । दुइबर्षको संबिधान सभालाइ चार बर्षमा लम्बाइयो तर पनि संबिधान बनेन अन्त त संबिधान सभानै भंग भयो त्योसंगै सारा नेपालीको सपना पनि भंग भयो । कुरो यत्तिमै सकिएन संविधान सभाले देशको ९ अर्ब रकम पनि सकेर गयो,त्यो रकम बालुवामा पानि हाले सरी भयो । नेताहरुलाइ त यसले केहि फरक पारेन किनकि यो समयनै उनिहरुलाइ चर्चा प्राप्त गर्ने अवसर बन्यो,कमाउने अवसर बन्यो र देशमा सांढे बनेर डुक्रने अवसर बन्यो,तर असर जनतालाइ पर्यो देशलाइ पर्यो । नेताहरुत केवल आफ्नो स्वार्थमा मात्र लाग्दा रहेछन भन्नेमात्र जनताले बुझे, नेताहरु प्रति गंभिर बितृष्णा जनस्तरबाट पैदा भयो । चिया गफ देखि लिएर बिभिन्न मिडिया एबं फेसबुक लगायतका सामाजिक संञ्जालरुमा जाहेर गरीएका जनताहरुका मत एबं अभिब्यक्ति हरुबाट पनि यो कुरा प्रष्ट हुन्छ । किनभने यो, देशप्रति गरिएको जघन्य अपराध हो जनता प्रति भएको गंभिर धोखा हो । तर बिडम्बना देशमा रहेका बौद्धिक जमात यस बिषयमा प्रभावकारी रुपमा बोलेन, हेरेरै बसि रह्यो ।
कल्पना गरौं अनाहकमा खर्चिएको ९ अर्बले के के हुन सक्थ्यो — देशमा रहेका हजारौं गरीवको गरीबि सदाको लागि उन्मुलन हुन सक्थ्यो,देशका शहरहरुमा रहेका सम्पुर्ण खाते बाल बालीकाहरुको पुर्ण रुपमा उद्धार हुन सक्थ्यो, कति रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्थ्यो, शिक्षाबाट बंचित कैयौ बालबालिकाहरुले शिक्षाको अवसर पाउन सक्थे, यस्तै यस्तै कैयौ गतिला काम हरु गर्न सकिन्थ्यो । तर देशका बौद्धिक जमातले राष्ट्रियताको सवालमा देशको अस्तित्वको सवालमा देशको हित र अहितको सवालमा र सम्पुर्ण जनचासोको सवालमा कम्तिमा मुख खोल्न सक्थे,एउटा दवाब सिर्जना गर्न सक्थे जसले यो गम्भिर अवस्था टर्न सक्थ्यो । तर हामिले स्वार्थि नेता पायौ वाक्यहिन बौद्धिक जमात पायौं । यो सम्पुर्ण नेपाली हरुकोलागि दुर्भाग्यको बिषय हो ।