खोज्दैछु म गन्तब्यको बाटो ।
भुल्दिन म कैले देशको माटो ।।
जिन्दगानी आधाजती बित्यो ।
बाँच्नुछ है बाँकी आधा पाटो ।।
जन्मभुमी सम्झी कैले काँही ।
आँशुझर्छ त्यसै हाँस्नु साटो ।।
नेपाली हुँ झुक्दिन म साथी ।
हेर्दा सोझो देख्छौ छैन लाटो ।।
खोज्दैछु म गन्तब्यको बाटो ।
भुल्दिन म कैले देशको माटो ।।
जिन्दगानी आधाजती बित्यो ।
बाँच्नुछ है बाँकी आधा पाटो ।।
जन्मभुमी सम्झी कैले काँही ।
आँशुझर्छ त्यसै हाँस्नु साटो ।।
नेपाली हुँ झुक्दिन म साथी ।
हेर्दा सोझो देख्छौ छैन लाटो ।।
पातबिना डालिको के अर्थ ।
फुलबिना मालिको के अर्थ ।।
जती घुर्की देखाए नि तिमी ।
भेनाबिना सालीको के अर्थ ।।
नाता तोडी भागी गए पनि ।
हलोबिना फालिको के अर्थ ।।
जती रंग लगाए नि मान्छे ।
ओठबिना लालिको के अर्थ ।।
आज साधु बाबाको शक्ति र झारफूकको खुबै चर्चा चलेको थियो । किन नचलोस उनको मन्त्र र बुटीले कसैलाई ठूलो वरदान प्राप्त भएको थियो । विवाह भएको १० वर्षसम्म पनि नि:सन्तान भएर दुःखी त थीई नै अझ समाजले "बाँझी" भनिदिँदा को पीडा असह्य थियो सुन्तलीलाई । दुवै दम्पतिले जति डाक्टरी जाँच र औषधी उपचार गर्दापनि केही सीप नलागेकोले अन्तिम उपाय स्वरुप केहि समय पहिले बाबाकहाँ गएकी थिईन उनी । फर्कँदा प्रसन्न मुद्रामा एक बुटी बोकेर आईन । बाबाका अनुसार उक्त बुटी बाँधेर सम्भोग गरे गर्भ रहने निश्चीत थियो । फलस्वरुप उनी आज गर्भवती भएको थाहा भएको थियो । सबै चकित थिए बाबाको शक्ति देखेर ।
′ म ′ माने एउटा मेच
एउटा आसन एउटा अडेस
तर छ एउटा महत्व विशेष
चार खुट्टा गतिशेष
′ म ′ माने एउटा मेच
तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।
म डुब्दो किनारा, कहाँ हास्न सक्नु।
व्यर्थै तिमीले मेरो, हात समायौ।
वैशालु ति तिम्रा रहरहरुमा,
न मैले कहिले हरियाली कोरें।
रक्ताम्य ति तिम्रा अधरहरुमा,
न मैले कहिले खुशियाली पोतें।
र सायद रीसाएउ, तिमी भित्रभित्रै।
न भित्री ति तिम्रा, खुलदुली सोधें।
चुपचाप निदरीमा आउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?
खोलाहरु सुसेलेर उर्लिउर्लि बग्न थाल्यो
हुरि जस्तै उडिआई चैन मेरो लग्न थाल्यो
मनै हर्ने भाका झिकी गाउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?
भेट हुदाँ बोल्न खोजे मुस्कुराउने माया तिमी
अघिपछि जहिले पनि पछि लाग्ने छाँया तिमी
हिमाल हाँसेको हेर्न जाने हो नेपाल ?
मुनाल नाँचेको हेर्न जाने हो नेपाल ?
आउ मसँग मितेरी गाँस्न निर्धक्क
पिरती साँचेको हेर्न जाने हो नेपाल ?
पूर्व-पश्चिम अनेक जातिय एकता
मिलेर बाँचेको हेर्न जाने हो नेपाल ?
हिमाल, पहाड, तराइ छन् कसोरी !
मितेरी गाँसेको हेर्न जाने हो नेपाल ?
कसले बोले हुने होला ? कसको पो मुख ताक्ने होला ?
खाडलमा देश जाकिसके, अझै कति जाक्ने होला ?
जति जोगी आए पनि, कानै मात्र चिरिएका !
यो बरबादीबाट बच्न, कुन द्यौता पो भाक्ने होला ?
भरियाले गह्रौँ भारी, बिसाएझैँ चौतारीमा !
मनको भारी जनताले, कुन थलामा राख्ने होला ?
आफ्नो भुँडी भरेपछि, भुले भोकका सारा पीडा !
गरिबले नि लोकतन्त्रको, फल कैले चाख्ने होला ?
विश्वास धेरै गरि सकियो, अव अविश्वास गर्नुपर्ने भएको छ
कुरा धेरै सुनि सकियो, अव काम हेर्ने तिर ध्यान गएको छ ॥
नीतिका कुरा धेरै सुनियो, अव नैतिक्ता जाँच्ने वेला भएको छ
काम धेरै भएको सुनियो, अव परिणाम तिर ध्यान गएको छ ॥
आदर्श याहाँ धेरै छाँटियो, अव व्यबहार जाँच्नुपर्ने भएको छ
क्रान्तिका कुरा धेरै गरियो, अव परिवर्तन तिर ध्यान गएको छ ॥
मुर्ख धेरै पटक बनियो, अव सचेत भएर चल्ने वेला भएको छ
पछि धेरै लागियो, अव खवर्दारि गर्ने तिर ध्यान गएको छ ॥
दिल भित्रै पुजी रहें शिर राखी पाउ माथि
लुटे पछी मेरा खुशी थाहा पाएँ रैछौ घाती
फुल पात अनि धर्ति भरि शित सरि चुँदा
रित्तिसके आँशु पनि एकान्तमा सम्झी रुँदा
अन्तिम बुँद आँशु मेरो तिम्रै तष्बिर माथि
लुटे पछी मेरा खुशी थाहा पाएँ रैछौ घाती
दिल भित्रै पुजी रहें…
ठेस लाग्यो संघारमै अचेत भएँ आज
मसानघाट भो मेरो आगन हर दिन साँझ