गल्ति बिना व्यर्थै चोट दियौ किन?
पछुताउँदै फेरी आँशु पियौ किन?
तिमी बिना मरी जान्छु भन्थ्यौ नि,
चोखो प्रीतको बदला लियौ किन?
कसम तोडी रम्दै-रम्दै गएका थ्यौ
तड्पी-तड्पी सम्झनामै जियौ किन?
जुनी-जुनी साथै हुन्छु भन्ने मान्छे
पराईको काखमा रम्दै थियौ किन?
गल्ति बिना व्यर्थै चोट दियौ किन?
पछुताउँदै फेरी आँशु पियौ किन?
तिमी बिना मरी जान्छु भन्थ्यौ नि,
चोखो प्रीतको बदला लियौ किन?
कसम तोडी रम्दै-रम्दै गएका थ्यौ
तड्पी-तड्पी सम्झनामै जियौ किन?
जुनी-जुनी साथै हुन्छु भन्ने मान्छे
पराईको काखमा रम्दै थियौ किन?
निर्दोष मेरो दिल जलाएर गयौ तिमी
जिउदो लास सरि ढलाएर गयौ तिमी
जीवन भर संगै बाच्ने संगै मर्ने भनि
जलाई आशा मलाइ छलाएर गयौ तिमी
देउता सरि पुजी मुटु भित्र राख्दा मैले
हृदय भित्र छुरा चलाएर गयौ तिमी
दुनिया सामु शिर उठाएर बाच्ने मेरा
सपना माथि आगो लगाएर गयौ तिमी
कविता र गज़ल हरु चोर्न पाउनु पर्छ
कपी-पेस्ट दायाबाया गर्न पाउनु पर्छ
लेखेरै त ठुलोमान्छे को पो बन्या छ र
एउटा लेख अर्कैनाममा हेर्न पाउनु पर्छ
मान्छेहरु गजब हजुर चोर्ने लेखक बन्ने
तलपट्टि लेख्नेको नाम फेर्न पाउनु पर्छ
कति होलान चोर्नेहरु नांगे झार गर्ने गरौ
सरको लेख अरु नाममा फोर्न पाउनु पर्छ
मेरो विश्वासको मन जितेर
मेरो पीठमा चुपी रोप्यौ ,तिमीले
मेरो जाहेरीमा कुन्नि के कमि थियो
साक्षी किनारमा कुनै नाम पनि थिएन
त्यसैले , ए मेरो सम्वेदनका हत्यारा
तिमि निर्दोष साबित भयौ
तिमीले उन्मुक्ति पाएको यो क्षण
तिमि माथि वर्साइएका स्वागतका फूलहरुले
मेरो आत्मामाथि काँडा बनि
सामुहिक बलात्कार गरेको जस्तो लाग्यो |
मेरो कौमार्य माथि एकछत्र शाशन गरेका तिमि
जब कि यो बेला ,
मेरो गर्भस्थ अंकुरित पालुवा देखि तर्सेका तिमि
मैले मागेको एक चिम्टी सिन्दूरको सट्टा
तिमीले फ्याँकेका तथानाम वमनले
छियाछिया परेको मन सम्हाली
तिमि विरुद्ध दायर रितको बर्खास्ती संगै
मैले दिन नसकेको ती एकान्त पलहरुको सबूत प्रमाणहरु
निर्लज्जता र चरित्रहिनताको नजिर बनाइएको छ |
बिस्तारै छिप्पिने कालो रातसंग संगै,
के तिमी नि कहिले छिप्पिएका छौ?
कालो कालकूट निशा ले सुस्त सुस्त दिन खादा,
के तिमी नि कहिले त्यसरि नै सिद्दिएका छौ?
ईच्छा र यथार्तताको तेस्रो बिश्व युद्ध पर्दा,
के तिमी नि कुन्तीसरि बिबश र वेहाल भएका छौ?
जीवनको संग्राममा कलंगारुपि घोकन्ते पाठले ठेङ्गा देखाउदा,
के तिमी नि कहिले अशोकासरि प्रमाणपत्रका थानमा थन्किएका छौ?
पहिलो प्रेमले सर्वस्व त्यागी साथ तिम्रो माग्दा,
के तिमी नि हारेका युधिरिष्ट भएका छौ?
लेख्न जान्दिन म,
केहि भाबनाहरु जन्मन्छन् शब्द बनि
बोल्लं जान्दिन म,
केहि शब्दहरु हुर्कन्छन् उदगार बनि
माया गर्न जान्दिन म,
परिभाषा मात्र खोतल्छु शब्दहरु खनी
तिम्रो हुन सक्दिन म,
माया मात्र गर्छु केवल तिम्रो बनि
जिन्दगीको मूल्य जान्दिन म,
विद्वानहरु संग बोल्छु सार भेटिएलानी भनि
मायाको पनि कुनै आकार हुन्छ र लाटी ?
तिमी नै भन यस्को प्रकार हुन्छ र लाटी ?
निर्मल-चोखो छ यो, पवित्र गंगा सरी नै,
अमृत मा नि कतै, विकार हुन्छ र लाटी ?
याँहा त राज चल्छ, केवल दुई मुटु को,
मायाको देशमा नि, सरकार हुन्छ र लाटी ?
सपना पूर्ण हुन्छ, तिमीले साथ दिए पो,
म एक्लै ले चाहेर, साकार हुन्छ र लाटी ?
तिम्रो बिद्वोता संग किन, लुका-छिपी खेल्न मन लाग्छ
तिम्रो मुटुबाट केहि किन, लुकी-लुकी चोर्न मन लाग्छ ।
प्रखर दिमाग, कर्मठ हात, झुकी-झुकी माया गर्न मन लाग्छ
तिम्रो आँखाबाट किन आज, अनुराग चोर्न मन लाग्छ ।
झरेका कपाल, खुम्चेका निधार, बारम्बार देख्न मन लाग्छ
मुटु कोरी जन्मिएको आज, प्रेमिल गजल मन लाग्छ ।
किन हो हिजो-आज, आफ्नो भन्न मन लाग्छ
तिम्रो बिद्वोतालाई किन आज, सलाम गर्न मन लाग्छ - ।।।
तिमीले माथ दियौ र पो, ति खुशी हरु किन्न सकें ।
तिमीले हात दियौ र पो, अनेक घुम्ती हिन्न सकें ।
पहराको शिमल थिएँ, भूवा सरि उडि रहने,
तिमीले साथ दियौ र पो, मैले जीवन चिन्न सकें ।
कूलतको मै राजा थिएँ, समाज मा काँडा जस्तो,
तिमीले जात दियौ र पो, सुखका पल छिन्न सकें ।
सबैलाई नराम्रो थिएँ, तिम्रो मायाँ ले फेरिएछु,
तिमीले आँट दियौ र पो, कहाली दू:ख पिन्न सकें ।
बिद्रोहको बाँध हेर लौ फुटाइ छाड्यो प्रकृतिले
बहुतल्ले भवनलाई नि टुटाइ छाड्यो प्रकृतिले
पत्याउनु पर्ने सामर्थ्य नपत्याउनु गल्ती भयो
धन, ज्यान समेत हेर लुटाइ छाड्यो प्रकृतिले
मान्छे भएर बिबेक छैन एकतामा बसौ भन्ने
झरी, पैह्रोलाई एकैसाथ जुटाइ छाड्यो प्रकृतिले
सन्तुलित रहोस धरा अब पोलिथिन बन्द गरौ
नत्र त मानवको साथ छुटाइ छाड्यो प्रकृतिले