ङोलो अनि ङोलोस्यो रमाउदै होला
रोदिमा दोहोरी खाल जमाउदै होला
आयो ल्होच्छार यसपालीनी उसैगरी
आशीमाला भन्दै हात थमाउदै होला
एकातिर फ्रेसी अनि अर्कोतिर रिमइ
सोरठी भाकामा छम छमाउदै होला
ङलाई भने सम्झनाले सताईराछ अति
क्योलाई पनि यादले समाउदै होला
ङोलो अनि ङोलोस्यो रमाउदै होला
रोदिमा दोहोरी खाल जमाउदै होला
आयो ल्होच्छार यसपालीनी उसैगरी
आशीमाला भन्दै हात थमाउदै होला
एकातिर फ्रेसी अनि अर्कोतिर रिमइ
सोरठी भाकामा छम छमाउदै होला
ङलाई भने सम्झनाले सताईराछ अति
क्योलाई पनि यादले समाउदै होला
१
भारी हुन्छ जिउ
जब मृत्युले अङ्गाल्न खोज्छ
मनमा कुनै दाग छैन
तर तनको थिग्राइमा लागोस् चादर
धरिदियो सन्तहरुले जसरी
कि त्यस्तो उमेर चादर यो
तर म दुर्वल मानिस
मृत्यु नजिक आइरहेको छ
कहाँसम्म गरुँ सफासुग्घर
वालापनले भिजाइदियो
यौवनले मैल्याइदियो
अब कहिले रङ्गयाउने व्यक्ति आउने हो ?
चादर निस्काम कहाँनिर होस् ?
२
शासकीय सेवामा छु
चार दिनको विश्राम लिएँ
वोधि दिवसमा
शिरमा हिमालय जस्तो बोझ छ
बुद्धिको सहारा बुद्धाश्रम पुगेँ
प्याला पिएँ परमात्माको
पहरामा फुल्दै छरे हेर लोकतन्त्र त।।
गहरामा झुल्दै छरे हेर लोकतन्त्र त।।
तन्त्र मात्र गर्छन् नेता लोक उस्तै छ,
लहरामा खुल्दै छरे हेर लोकतन्त्र त।।
बिरहमा सधैभरी रुदै छन् जनताहरु,
टहरामा भुल्दै छरे हेर लोकतन्त्र त।।
नेपालीको आँखाभरी आँसु बनी सँधैलाई,
छहरामा घुल्दै छरे हेर लोकतन्त्र त।।
तिमी माया मेरो,मुटु भन्दा नजिक
तिमी छाँया मेरो, आँखा भन्दा नजिक
तिमी स्मृति मेरो, अनुभूति भन्दा नजिक
तिमी स्पन्दन मेरो, जीवन भन्दा नजिक - !
मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन
जे म तिम्रो काखमा पाउँछु;
यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के ?
तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो
अथवा रगतमा बाढी आएजस्तो
मलाई जे हुन्छ, यो के ?
अनि आफूलाई च्यातचुत पारेर तिम्रो पाउमा
चढाइदिऊँ यसनिम्ति कि तिमी त्यसलाई लिएर जेसुकै गर;
अथवा म यस्तो हुँ कि
तिमीलाई हेर्दाहेर्दै म नहुँ भनेजस्तो
यो पागलपन, यो के ?
मेरी रानी, साँचो बोल, यो के ?
फेरि यिनै कुरा मात्र साँचा हैनन् कि
तिमीलाई देख्नेबित्तिकै म सास लिएजत्तिकै
सपना लिन लाग्दछु;
कि म आफुलाई बिर्सेर तिमीलाई सम्झन्छु
क म तिमीमा डुबेर
आफुनो अस्तित्व मेटाउन चाहन्छु
यी कुरा मात्र साँचा हैनन्,
अर्को कुरा पनि त्यत्तिकै सत्य छ–
म तिमीलाई कहिलेकाहीँ आफ्नो मुठ्ठीको माखोलाई झैँ
एकदम मारी मेटिदिऊँ र ती सब कुरालाई
एकदम, खतम पारिदिऊँजस्तो लाग्दछ—
उकदम, एकैचोटि !
‘क्स्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ?मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् । चिन्ताको विषय पाउनुभएन भने त्यसैको चिन्ता गर्नोस् । जाबो चिन्ताको विषय पनि नपाउने यो आधुनिक युगमा ? चिन्ताको कुरा भएन ? साथीभाइहरूबारे चिन्ता गर्नोस् । कस्ता फटाहा, क्रोधी, नीच र पाखण्डी साथीहरू रैछन्, सधैं धोका मात्र दिने । मुखले मीठो कुरा गर्ने, कपट मनभरि बोकिरहेका बोक्रे साथीभाइहरू, खानपिनमा बोलाउने होइनन्, मातिन्जेल, छादुन्जेल रक्सी खुवाउने होइनन् । कस्ता निरर्थक साथीहरू ! चिन्ता गर्ने कुरा भएन ?
बिहे भइसकेको भए स्वास्नीबारे चिन्ता गर्नुहोस् । कस्ती रहिछ,, यसो राम्राराम्रा लक्काजवानहरूप्रति आकर्षित भएर लहसिनु पर्ने, लहसिन्न भने पक्का केही यौनजन्य खराबी छ नपुंसकताको लक्षण हो कि ? एकै पुरुषसँग तृप्त हुने आइमाईमा पक्कै केही शारीरिक खराबी छन् । लोग्नेको बारेमा पनि स्वास्नीले त्यसरी नै चिन्ता गर्न सक्छिन् । कस्तो लोग्नेमान्छे भएर पनि अरु आइमाईसँग नलागेको ? चिन्ता गर्न थाल्नुहोस् । यदि विवाह भएको छैन भने बिहे नभएकोमा केटा वा केटीहरूले तपाईँलाई नहेरेकोमा चिन्ता गर्नुहोस् । चिन्ता गर्नु भएन भने आजीवन कुमार वा कुमारी रहनु होला । चिन्ता गर्न थाल्नुहोस् ।
हामी स–साना छँदा
आँगन वा धुले बाटामा
आयाताकार कोठाहरु कोरेर
खरल्याङखुट्टी खेल्ने गथ्र्यौँ
–एम राइट..? –राइट !
–एम राइट..? –राइट !!
म सँधैँ राइट हुने गर्थेँ
तर जिन्दगीको खेलमा
म कहिल्यैं ‘राइट’ हुन सकिनँ
मान्छे हुनुको प्रतिस्पर्धामा
विजय–स्तंभ कहिल्यैं छुन सकिनँ †
एक...दुई....तीन गर्दै
क्रमशः आठ ओटै
कोठाहरुबाट गोटी पास गरिसकेपछि
हामी घर बनाउने गथ्र्यौँ
सबैभन्दा बढी घर मै बनाउने गर्थेँ
अनि सबैभन्दा बढी घर
बनाउन पाएको उत्फुल्लतामा
म हिटलर बन्थेँ–
र/अरुले अलिकति बाटो माग्दा पनि दिन्नथेँ
यहुदीलाई जस्तो औँधी खेँदो गर्थेँ
म नेपोलियन बोनापार्ट बन्थेँ–
महान चाड आयो दशै, बिदेशको छ बसाइ
यसपालि नि बित्ने भयो, आशु खसाइ खसाइ
घरमा होला टीका साइत, फुर्सद छैन काममा
बगाए होलान् परिवारले, आशुँ मेरो नाममा
साथी भाइले सम्झे होलन्, खेल्दा लिङ्गे पिङ
आउछु भन्थ्यो फर्किएर, तिरे पछी रिन
महान चाड आयो दशै...
किन आइनस् छोरा घर, बा आमाले सोध्लान्
हाम्रो बाबा खोइ त भनी,छोरा छोरी खोज्लान्
सबको घरमा छा को होला, खुशियाली धेरै
जिबन सङ्गी बस्या होलिन्, बाटो कुरी मेरै
रिक्त छ छाती यो, छाया छाप परेछ की ?
सोध्छु तिमिकनै कतै, हाम्रो माया बसेछ की ?
हेर्छु तरि ती आँखा, मुस्कानले लुकाउछौ
अधरका भाव अभेध, संगाल्दै शर्माउछौ
कट कट काटेछ, चोट पर्छ मुटुमा
के छ आज हेर्दछु, सुप्त तिम्रै छातीमा
लाली छर्छ गालाले, फुल ओठ बन्दछ
सुगन्धले तानिदै, बाहले आउ भन्दछ
फाटेको मन सीलाउने केही खोज्दैछु म ।
छुटेको त्यो मिलाउने, केही खोज्दैछु म ।
लोप हुँदै गैरहेछ, हाम्रो धर्म र संस्कृति ।
कुकृतिलाई ढीलाउने, केही खोज्दैछु म ।
अशांतिले बास गर्यो, मेरो नेपाल देशमा ।
शांति फूल खिलाउने, केही खोज्दैछु म ।
लाज सरम मेटी सके आत्मा पनी मारेर ।
त्यही शिक्षा दिलाउने, केही खोज्दैछु म ।
पापी किन बनायौ सोध्छु भेटी ईश्वरलाई ।
अमृत बाणी पिलाउने, केही खोज्दैछु म ।