हीजो गोर्खाका पृथ्वी नायक बनि नेपाल बनाया
आज गोर्खाका वावुराम प्र.म. बनि साह्रै गनाया
निर्माण खातिर योग्य बन्ना कन भारत गयाका
पढाइमा मेधावि छात्र हुन्याले डाक्टर भयाका॥१
कौन कारणले यीनका मन कन प्रेरित गराया
राजनितिको बाटोतिर यीनिलाई स्वात्तै डोराया
निर्माणका यी डाक्टरले ध्वंसका साथ दियाका
दश वर्षे द्वन्दकालका यीनले नेतृत्व लियाका॥२
आज यीनि नेपालका प्रधान मन्त्री भया छन्
शान्ति अनि संविधान वनाउन ताहाँ गया छन्