मेरो माया मारे हुन्छ
मुटु अन्तै सारे हुन्छ
तिमी सुखी हुन्छौ भने
दु:ख यतै पारे हुन्छ
यात्रा हाम्रो छुट्यो क्यारे
एक्लै खोलो तारे हुन्छ
हिजो देख्या सपना ती
आँखाबाट झारे हुन्छ
मेरो माया मारे हुन्छ
मुटु अन्तै सारे हुन्छ
तिमी सुखी हुन्छौ भने
दु:ख यतै पारे हुन्छ
यात्रा हाम्रो छुट्यो क्यारे
एक्लै खोलो तारे हुन्छ
हिजो देख्या सपना ती
आँखाबाट झारे हुन्छ
पिरतीको गोरेटोमा डग्मगाए थोरै !
मुटु भित्र चोट लाग्दा छट्पटाए थोरै !
कैले सम्झी अतित ती अश्रु धारा छुटे,
कैले आफ्नै हाल देखी मुस्कुराए थोरै !
यात्रा रह्यो अधुरो नै तिमी सँग मेरो,
एक्लो यात्री जिन्दगीको लड्खडाए थोरै !
कती रात बिते यसै तिम्रै चित्र हेरी,
कती रात सपनी मा बर्बराए थोरै !
जता जाउँ जहाँ जाउँ, तिम्रै चर्चा चल्छ परदेशी
तिम्रो याद आउँदा अनि, सारै मुटु जल्छ परदेशी
कसरि खै पोखाउँ पीडा, नासै भरि छा'छ
तिमी टाढा भए देखि, यो मन उड्ने भा'छ
तिम्रो साथ् खोज्छ पाइला, चाल्न खोज्दा गल्छ परदेशी
तिम्रो याद आउँदा अनि, सारै मुटु जल्छ परदेशी
मान्छौ भने फर्की आउनु, दु:ख सुख सहौला
पिठो मिठो जे भएनी संगै बसी खाउँला
मेहेनत गरे आफ्नै ठाउँमा, हिरा मोति फल्छ परदेशी
निर्दोस् लाई न्याय दिने न्याय पती चाहन्छु म
ज्ञानी कर्मठ् देश प्रेमी त्यस्तो ब्यक्ती चाहन्छु म
बिलौना र अनुरोध सुन्ने हैन तिमी भने
संबिधान अनी शान्ती जबर जस्ती चाहन्छु म
घुस खोरी बलात्कारी देशद्रोही यस्तालाई
कज्याउने एकै चोटि त्यस्तो शक्ती चाहन्छु म
नेपाली र नेपालको क्रन्दनले छाती फुल्यो
मेरो भनी सेवा गर्ने जन भक्ती चाहन्छु म
मैले मनको मन्जिल पाउन सकिन
चाहाना तिम्रो त्यो, धाउन सकिन
भिकारी होइन म, त्यो जवानीको
खुसी तिम्रो मेट्न, आउन सकिन
फिल्मी संसार छायौँ जगत भरी
दुनियाँनै अर्को भो रमाउन सकिन
बलेसी झै झरीरहे ति नयन बाट
पथ ति फरक बने समाउन सकिन
आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।
उसकी आमाले ऊ चौध महिनाको हुँदा छोडेर हिडेकी थिई रे । अण्डकोषमा हर्निया भएर थला परेको हिडडुल गर्न नसक्ने बच्चालाई पालेर घरैमा बस्ने ईच्छा नगरेर अब कहिल्यै फर्की नआउने र अर्को बिहे गरेमा बाधक नबन्ने घरायसी कागज गरेर उसकी आमाले छोडेकी थिई रे । उसका बाबुले यस पछिका डेढ बर्ष सम्म बिरामी छोराको जेनतेज स्याहार सम्भार र उपचार गर्दै उसकी आमा फर्केर आइहाल्छे कि भनेर कुरेर बसेछन् । ऊ तिन बर्षको हुदै गर्दा वालसुलभ चरित्र अनरुप चकचक गर्ने¸ एकठाउमा बसीरहन नमान्ने¸ जताततै फोहोर गरिरहने भएकोले अफिस लिएर जान पनि समस्या हुन थाले पछि अर्को बिहे गर्ने निधो गरेछन् । यसै बिचमा अण्डकोषको हर्नियाको तिन पटक असफल शल्यक्रिया पनि गरिएछ । राम्रो स्याहार गर्ने आमाको अभावका कारण उपचार सफल हुन सकेको रहेनछ । बिरामी र नाजुक बच्चालाई स्याहार गरेर हुर्काउनु पर्ने शर्त राखेर मेरो बुवा संग कुराकानी हुँदा अनाथ र असहायको सेवा गर्न पाउनु नै मानव धर्म हो भन्ने ठानेर बुवाले उहाँसंग मेरो बिहे गरिदिने बचन दिनु भएछ । भरखर सोह्र वर्षकी एसएलसी परीक्षा दिएर बसेकी मलाई बिहे¸ घरपरिवार¸ लोग्ने आदिका बिषयमा कुनै थाहा थिएन । यतातर्फ मैले सोच्नै भ्याएकी थिइन । स्कूल जाने¸ साथीसंगीहरुसंग रमाइलो गर्ने¸ भाइबहिनीहरुसंग खेल्ने र आमालाई काममा सघाउने बाहेक अन्यत्र मेरो सोच पुगेको पनि थिएन । अचानक बुवाले बिहेको कुरा गर्नु भयो र त्यसमा पनि टुहुरो जस्तो छोराको स्याहार गर्नु पर्ने शर्त सुनाउनु भयो । त्यस दिन मलाई सारै नरमाइलो लाग्यो । भाइबहिनी र आमासंग अंगालो हालेर खुबै रोएँ । तर अर्को तर्फ टुहुरो बच्चाको स्याहार गरेर हुर्काउने कामले पुण्य लाभ हुन्छ भन्ने बुवाको बचनले मेरो मन पग्लियो र हुन्छ भनिदिएँ ।
धन कमाउने प्रलोभनमा, गुम्यो दाहिने हात मेरो ।
चुल्हो अब नबोल्ने भो, नपाक्ने भो भात मेरो ।
अन्धी आमा नदेख्ने छिन्, बूढा बाबा दमका रोगी,
शाहारा म अपाङ्ग भएँ, बे काम भयो साथ मेरो ।
दिन पनि दिन जस्तो, छैन मलाई उज्यालो यहाँ,
मेरो आँशु धारा बग्दा, निदाएन है रात मेरो ।
छोरीका मात्रै बाउ भएँ, प्यारी उनिलाई घाउ भएँ,
समाजमा नाम फेरियो, सहनु पर्ने माथ मेरो ।
तीमी देखी हारी सके ।
मैले माया मारी सके ।।
एकान्तमा मन भुलाउन ।
अन्तै जीवन सारी सके ।।
आशा हरु फेरी फुलाउन ।
सयौ खोली तारी सके ।।
मन मिल्ने परी जस्तै ।
माया जाल्मा पारी सके ।।
अन्याय र अत्याचारमा आबज उठ्नु पर्छ।।
मिली जूली बिरोधीमा समाज जुट्नु पर्छ।।
भन्ने गर्थे जीजू बाजे पूर्खाले यसै गरी,
गोर्खालीको सामु यहाँ आकाश झुक्नु पर्छ।।
तेज तिर तारो जस्तै नेपाली सधै भरी,
दौडानमा परे पछि बतास रुक्नु पर्छ।।
चम्किएर बिजूली त्यो गर्जिय बादलु नै,
हाँस्न खोज्ने चाँदनीको प्रकाश लुक्नु पर्छ।।
डढेलो नलागी बन, काहा जल्छ र ?
तेल बिनाको दियो, काहा बल्छ र ?
बसन्त ऋतुमै सुके पछी रुख,
मिठा मिठा फल, काहा फल्छ र ?
जिन्दगी दोर्याउने गाडीमा तेल सकिय,
स्टार्ट हुनै गर्हो, अघी कहाँ चल्छ र ?
बैसाखिको साहारामा अघी बड्ने जिबन
टेक्ने खुट्टा नभाचिए मान्छे कहाँ ढल्छ र ?