मलाई गीत गाउन मन लाग्छ,तर प्रेमको होइन
अनि होइन अनुनय बिनयको
म त्यहि गीत गाउछु जसमा छ आत्म कथा गरीब सबैको
भन्ज्याङको उकालि काटेर भरीया दाईले देउरालीको चौतारीमा बसेर
थकाई मार्न गाएको आफ्नै जीवनको गीत
मलाई पनि गाउन मन लाग्छ
त्यहि स्वरमा स्वर पुर्याएर पल्लो पहराको खोचबाट,
घास काट्दै लैबरीको भाकामा हृदयको
कारुणिक उदगार ब्यक्तगर्ने चमेली दिदिको त्यो गीत
भर्खरै भित्रिएकी गरीब चेलीलाई
सम्पतिको निहुमा घरबाट धपाएको
अनि जिउदै आगो लगाएको
भक्कानो फुट्ने बिभत्स दृश्यको गीत
मलाई गाउन मन लाग्छ