किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
बिद्रोहको ज्वालामुखी, फुट्नै पर्छ एक दिन
दोषि कोच्दै निर्दोषहरु, छुट्नै पर्छ एक दिन
धेरै गर्यौ अत्याचार, हामी माथि आज सम्म
त्यसको अन्त्य गर्न पनि, जुट्नै पर्छ एक दिन
कसैको त पत्तै छैन, कोहि भए जिउदा शहिद
यातना दिई हास्नेलाई नि, कुट्नै पर्छ एक दिन
छोरा छोरी लगि मार्यौ, चिसो चुल्हो बल्नै छाड्यो
घुसखोरीको सम्पति नि, लुट्नै पर्छ एक दिन
रगतको खोलि बगाई, सुन होलि खेल्नेहरु
तिम्लाई पनि त्यसै गरी, भुट्नै पर्छ एक दिन
मनभरि छन् गाँठैगाँठा, सक्छ्यौ त फुन आऊ;
च्यातिएको उध्रिएको, ठाउँमा तुन आऊ !
मेरी भन्दाभन्दै तिमी, अर्काकी भइहाल्यौ;
सधैँ भन्नुभएन, एकैछिन धुन आऊ !
हँसाउँछु भन्दै आखिर, रुवाउँदा झन् दुखेँ;
जिन्दगीभर रुवाएर, एकै छिन रुन आऊ !
सुन्दरस्वरुप भित्रको त्यो, कालोमैलो को देख्छ?
माया गरेझैँ गरेर, यो मुर्दा छुन आऊ !
यौवनभरि मात्र हैन, साथ खोजेथेँ जुनीभर;
जीवनसाथी भइनौ भो', मलामी हुन आऊ !
जोडिएका रहर फुल्छ झैँ लाग्छ, प्रीतको साथ पाए भने ।
छोडिएका प्रहर झुल्छ झैँ लाग्छ, मीतको रात छाए भने ।।
ओसिएका समय हुन्छ नै आश दिलको खास याम हुने ।
गोडिएका शहर खुल्छ झैँ लाग्छ, जीतको मात लाए भने ।।
बोलिएका अधर हुन्छ नै पास मनको सास नाम हुने ।
मोडिएका नहर डुल्छ झैँ लाग्छ, हीतको बात खाए भने ।।
खोसिएका बगर हुन्छ नै रास तनको मास काम हुने ।
फोडिएका जहर चुल्छ झैँ लाग्छ, रीतको जात धाए भने ।।
पोलिएका नगर हुन्छ नै लास धनको तास दाम हुने ।
तोडिएका लहर घुल्छ झैँ लाग्छ, हीतको पात गाए भने ।।
आँगनिमा पञ्चेबाजा, बजाउने दिन आएन त
रातो साडि घुम्टोले खै, सजाउने दिन आएन त
उनकै हात समातेर, साथ लागि गए पछि
घुँटो खोल्दा नयन झुकाई, लजाउने दिन आएन त
सगिं सँग मेरै उनि, सबैभन्दा राम्रो भन्दै
उनकै नाम चारै तिर, भजाउने दिन आएन त
चुरा पोते टिका अनि, सिन्दुरले सिउदो भर्दै
मै राम्री भै अरु संग, दजाउने दिन आएन त
दु:ख सु:ख जिन्दगीमा, पर्छ मेरी सानि भन्दै
मुस्कानले मन लुट्दै, कजाउने दिन आएन त
सुन्दर त्यो हिमाल पनि, दुई तिर पर्ने भो रे
झरनाको पानि झर्दा, बाडिएर झर्ने भो रे
हिजो सम्म हाम्रो भन्थ्ये, गर्न थाले तेरो मेरो
तानातानि गर्दा खेरी, स्वाभिमान पो मर्ने भो रे
बस्नै डर लाग्न थाल्यो, थकाई मार्ने चौतारीमा
पहिला माया गर्ने मान्छे, आज दागा धर्ने भो रे
धमिलोमा माछा मार्ने, निहित स्वार्थ भएकाले
आँखा भित्र छारो हाल्दै, अधिकार सब हर्ने भो रे
मिलि जुलि बसेकालाई, समाजमा लडाउदै
राष्ट्रियता मार्नेले नै, राजनिती गर्ने भो रे
यो कविता होईन, क्रन्दन हो
चित्कार हो, रोदन हो, र हो
आत्मा भित्रको स्पन्दन!!
कहिले पश्चिम बलेको छ,
कहिले पूर्व जलेको छ,
कहिले दक्षिण भौँतारिएको छ,
कहिले उत्तर बाउँठिएको छ!!
पश्चिम बलोस वा पूर्व जलोस,
दक्षिण भौँयारियोस वा उत्तर बाउँठियोस,
क्रुर पदचापहरुको पिडा खप्ने यहि धर्तिले हो
क्रुरताको सिकार बन्ने यहिँका बासिले हो!!
ईतिहास साक्षि छ,
द्रौपदि चिर-हरणले माहाभारत भएको थियो,
धेरै-धेरै आफन्त जनको, ज्यान गएको थियो,
याहाँ त मात्रृभूमिकै चिर-हरण हुदैँ छ,
संवेदनसिलता दुर हुदै छ, मानव मन रुदै छ!!
धैर्यता, समयम्ता, विबेकसिलता, गुमे पछि
मानव मानव रहन्न,
संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !
असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।
जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई
गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।
वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,
संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।
तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,
संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।
यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा
जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।
त्रिलोक चौधै भुवन् माहाँ प्रभु प्यापक जहाँ ताहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा राम प्यारा छन् ।
रसीलो रामको नाउ भजन् तिन्को सधैं गाउ,
दरस्मो हर्बखत पाउ दयालू राम प्यारा छन् ।