निदरल्यान्डको हेगमा रहेको अन्तराष्ट्रिय अदालतमा बुद्धको मुर्ति स्थापना गरिएको छ । जो सारा नेपालीका लागि अत्यन्तै खुसि र सुखद समाचार हो । यो सारा नेपालीको गर्व हो, सान र मान हो । अझ अर्को कुरात त्यस मुर्ति संगै बुद्ध नेपालको लुम्बिनमा जन्मिएका हुन भनेर स्पष्टसंग लेखिएको छ । जसले गर्दा नेपालको चिनारि बिस्वसामु पुग्नुको साथै बुद्धको जन्मस्थलको बारेमा फैलीएको भ्रमसमेत निस्तेज भएको छ । सारा नेपालीले यस कुरामा गर्ब गर्नु स्वभाविक छ , किनकि यस कुराले नेपाल र नेपालीको इज्यत र प्रतिष्ठा बढाएको छ । यो हाम्रलागि अत्यन्तै सुखद पक्षहो । तर त्यो मुर्ति स्थापनासंगै चुनौतिहरु पनि थपिएकाछन सारा नेपाल र नेपालीका लागि, भलै त्यस तर्फ भने हाम्रो ध्यान त्यति पुगेको छैन । हामिले बुद्ध मुर्ति स्थापनाको गर्व संगै चुनौति सामना गर्ने संकल्प पनि गर्न सक्नु पर्छ र ति चुनौति हरुलाइ परास्त गर्दै जानुपर्छ अनिमात्र बुद्ध मुर्ति स्थापना बाट प्राप्त गर्बको सार्थकता रहन्छ ।
बुद्ध सान्तिका प्रतिक हुन, सान्तिका अग्रदुत हुन र बिश्वमा सान्तिको संदेस फैलाउने प्रथम अभियन्ता हुन । यस्ता महापुरुष बुद्ध नेपालमा जन्मिएका हुन र यिनको नामबाट नेपाल बिश्वमा चिनिन पाउनु पनि हाम्रालागि गर्बकै कुराहो । तर यससंगै आएका सारा चुनौतिलाइ हामिले साबधानि संयम र कठोर मेहनतका साथ सामना गर्न सकेनौभने हाम्रो गर्ब, मान र प्रतिष्ठाको के नै अर्थ रहन्छ र ।
बुद्धलाइ अन्तराष्ट्रिय जगतले सान्तिका दुत भनेर चिन्छ, सम्मानित नजरले हेर्छ अनि प्रतिष्ठा प्रदान गर्छ । बुद्ध नेपालमै जन्मेका हुन भनेर थाहा नपाउने अथवा भ्रममा रहेकाले पनि बुद्धको जन्मथलोको वास्तविकताको बारेमा अव बुझदै जानेछन, बुद्धको जन्मस्थलको कारणबाट पनि नेपालप्रति विस्वका जनताको सम्मान र सद्धभाव बढ्दैजाला यसै कारणबाट पनि नेपाल सान्तिपृय र सान्तिपुर्ण होला भनि बिस्वका जनताले बुझ्नु सोच्नु र परिकल्पना गर्नु पनि स्वाभाविकै हो, तर बिडम्बना नेपालको हालको अवस्था सबैलाइ ज्ञात भयोभने सम्भवत विस्वलाइ पत्याउनपनि गाह्रो होला के वास्तबमै बुद्ध नेपालमै जन्मिएका होलान र ?
अन्तराष्ट्रिय अदालतमा बुद्धको मुर्ति स्थापनागर्ने सवालमा कैयौ नेपाली दाजुभाइको सकृय योगदान रहेकोछ यसकालागि वाहा हरु लाइ धन्यबाद त दिनुपर्छ नै तर त्यति मात्र गरेर सन्तोष भएर बस्ने अवस्था भने छैन । वास्तबमै बुद्ध नेपालमानै जन्मिएकाहुन भनेर बिस्वास गर्ने आधार पनि खडा गनूपर्छ होइन भने बुद्धको नामवाट देस चिनिनु र हामिले गर्व गर्नुको कुनै अर्थ रहने छैन । बिस्वको जुनसुकै कुनाको ब्यक्ति पनि हाम्रो देसमा आउदा बास्तवमै बुद्धको देसमा आएको अनुभव गर्नुनै नेपाल बुद्धको जन्मस्थल रहेको वास्तविक पहिचान कायम गर्छ । हामि सम्पुर्ण नेपालीले यो आभास दिलाउन सक्नुपर्छ , बिस्व सामु सान्ति पस्किन सक्नुपर्छ , सद्धभाव र सदाचार राख्न सक्नुपर्छ , पहिले आफ्नो राष्ट्र लाइनै सान्ति पृय र सान्तिपुर्ण बनाउन सक्नुपर्छ । त्यसो भएमा विस्वले आफै भन्नेछ , बुद्ध नेपालमानै जन्मिएकाहुन र नेपाल बुद्धको जन्मथलोहो भनेर ।
केहि बर्ष यता नेपाल जुन अवस्था र परिस्थितिबाट गुज्रिरहेको छ यसलाइ हेर्दा नेपाललाइ सान्तिपुर्ण मुलुक भनेर बिस्वास गर्न सकिने आधार छैन । बाह्रबर्ष सम्म भएको गृहयुद्धले रक्पात पुर्ण अवस्थाको सिर्जना ग–यो । जताततै अन्याय अत्याचार अबिस्वास र घृणाको बिजारोपण सर्बत्र भयो, एउटाले अर्कोलाइ मार्नु, ढांट्नु छल्नु हाम्रो पुरुषार्थ बन्न थाल्यो जुन अहिले सम्म जारि छ । हरेक स–सानो निहुमा सारा जनतालाइ नै प्रत्यक्ष प्रभाव पर्नेगरी बन्द गर्न थाल्यौ यसलेगर्दा जनता उपचार नपाएर मर्नु, सुत्केरीले बाटैमा बच्चा जन्माउन पर्नु, औषधि र खाध्यान्न पुग्न नसकि दुर्गमका जिल्लाहरुमा भोमरी सुरुहुनु, बालबालीकाहरु पढनजान नपाउनु, दैनिक मजदुरी गरेर खानेहरुको जिबनमै संकट आउनु , सडकमा महिला बालबालीका लगायतका यात्रुहरु अलपत्र पर्नु , जस्ता समाचार हाम्रालागि सामान्य बन्न थाले । नेपालमा दण्डहिनता बढ्दैगएको र मानब अधिकार उलघंनका घटना हरुले अन्तराष्ट्रिय स्तरमा नै चर्चा पाइसकेका छन् । सामाजिक रुपमा पनि दैनिक अपराधजन्य घटनाहरु बढ्दो क्रममा रहेका छन् । अपराधिलाइ संरक्षण गर्ने काममा स्वयम् राजनितिक दलहरुनै लागेका घटनाहरु सार्बजनिक हुनुपनि सामान्य बिषय मान्नु परेको छ । हरेक अपराधिले प्रश्रय पाउदै गएको अवस्था छ । देसनै असान्त र सारा जनतानै दिक्क भएको मुलुक बुद्धको जन्मस्थलहो भनेर चिनाउनु परेको छ ।
यो कहाली लाग्दो अवस्थामा बिदेसि पर्यटक नेपाल आएर आफ्नो मुलुक फर्कदा कस्तो संदेश लीएर जान्छरु आफ्ना देसका नागरिक हरुलाइ उसले के भन्लारु अनि कसरी बिस्वास गर्ला बिस्वले, बुद्ध नेपालमा जन्मिएका हुन् भनेर । हो हामिहरु नेपाल बुद्धको जन्मस्थल भनेर गर्ब गर्न चाहन्छौ भने सान्ति स्थापनाको कार्यमा पनि उत्तिकै मेहनेतकासाथ लाग्नु पर्छ, यो हाम्रो दायित्व पनि हो ।
नेपालमा असहज परिस्थितिमा कैयौ बिदेसि पर्यटकहरु नेपालमा आए यद्धपि त्यो असहज परिस्थिति अहिलेपनि बाकिनैछ । द्धवन्दकालमा सारा नेपालीले त कष्ट भोग्नु प–यो नै त्यसमा बिदेसि पर्यटकहरु पनि परे , त्यो कष्ट भोगाइमा बृद्ध भनिएन,नाबालक भनिएन,महिला भनिएन,दुखि गरिब भनिएन, अपागं भनिएन । राज्य र तत्कालिन भुमिगत सक्ति दुबैतर्फबाट भएका अपराधहरु नेपाल आउने पर्यटकहरुले पनि देखेकाछन , बिस्वले देखेकोछ, नेपालमा कैयौ पटक भएका बन्दमा कैयौ पर्यटकरु अलपत्र परेकाछन कैयौ किलोमिटर सडक कठिनता पुर्बक हिडेर पार गरेकाछन, पटक पटकको हिसात्मक झडपहरुमा प्रत्यक्षदर्सि बनेर देखेकाछन ।
नेपालले असान्तिमय गतिबिधिबाट अझैसम्म छुटकारा पाउन सकेको छैन, आपराधिक गतिबिधिहरु दिनहु बढिरहेकाछन । ठुला नेतादेखि सामान्य नागरिक सम्म गैर जिम्मेवारिता बढि रहेकोछ । यस्तो अवस्थामा हाम्रो देस नेपाललाइ प्राकृतिक सुन्दरताको देस भनेर कसको मन आकर्षण होलारु बुद्धको देस भनेर कसले बिस्वास गर्ला ? अनि हिमालको देस भनेर कसले चिन्लारु जबकि हामिहरु प्राकृतिक सुन्दरता भन्दा कृतिम कुरुपताले देसलाइ ढाक्छौ, बुद्धको देसमा रगतको खोले बगाउछौ र सगरमाथाको देसमा गैर जिम्मेवारिता अपराध र दण्डहिनताको सगरमाथा भन्दा अग्लो चुचुरो खडा गर्छौ अनि बिस्व समक्ष त्यहि सन्देश दिदै हिडछौं , नेपाल आएका बिदेसि पाहुनालाइ आफ्नो देसमा फर्केर संञ्चार गर्नकोलागि गलत संदेसको पाहुर लगाइ पठाउछौं । अनि कसले बिस्वास गर्छ , कसले पत्याउछ योदेस सान्तिका अग्रुदुत गौतम बुद्धको देसहो भनेर ।
हो हाम्रो देस बुद्धको देस हो, बुद्ध जन्मेको देस हो, हामिले यसमा गर्ब त गर्नै पर्छ तर यसमा गर्ब गर्न लायक आधारहरु पनि खडा गनुपर्छ । यि चुनौतिहरु सामना गर्न हामिहरु तयार हुनुपर्छ । देस जिम्मेवार बन्नु पर्छ नेता जिम्मेवार बन्नुपर्छ अनि जनता जिम्मेवार बन्नुपर्छ । अनिमात्र हेगको अन्तराष्ट्रिय अदालतमा राखिएको बुद्धको मुर्ति र त्यसमा लेखिएको वाक्यले वास्तवमै नेपालको प्रतिनिधित्व गर्छ । अनिमात्र हामिले गर्व गर्नुको अर्थ रहन्छ । यसका लागि हामिले गफगरेर हुदैन, दुइचार हरफ लेखेरमात्र हुदैन, जसरि बुद्ध बिस्व सान्तिका प्रथम अभियन्ता बनेर एक्लै उदाए र एक्लै सारा बिस्व सान्तिको ज्योति फैलाए कम्तिमा उनको देसका जनता हामिले सामुहिक रुपमा बिस्व सान्तिको अभियन्ता बन्ने आट देखाउदै आफ्नै देसबाट सान्तिको अभियान थाल्नु पर्छ । यो राष्ट्र सान्तिपुर्ण राष्ट्रका रुपमा त चिनिनु पर्छनै राष्ट्रनै बिस्व सान्तिको अभियन्ता राष्ट्रको रुपमा बिस्व माझ उदाउनु पर्छ । सबै जिम्मेवार भएमा यो कुनै गर्नै नसकिने कुरा पनि होइन ।
भोली होइन आजैबाट थालनि गनुपर्छ, बोलेर र लेखेर मात्र होइन ब्यबहारिक रुपमा सुरु गर्नपर्छ । आज सम्मका गल्तिलाइ भुलौ अब गल्ति हुन नदिउ सबै नेपाली एकजुट बनौ सबैले आफुलाइ सान्तिको अभियन्ताको घोषणा गरौ, अवका पुस्तालाइ सहिमार्ग सिकाऔ अनिमात्र बिस्वसामु सिर ठाडो पार्न लायक हुनेछौ ।