महान चाड् दशै तिहारमानेपालि हिन्दु रितिरिवाज अनुसार अफन्तजन इष्टमित्र र टाढा भएका परिवारका सदस्यहरु जम्मा हुने र मिट्ठामिट्ठा खानेकुरा खाने भेटधाट मार्फत सुख दुखका कुरा गर्ने विधिवत रुपमा नाचगान र टिका जमरा लगाउने आफुभन्दा ठुला बाट अशिर्वाद लिने र सानालार्इ अशिर्वाद दिने अझै तिहारमा त झन देउसि भैलो जस्ता धार्मिक कार्य महत्वपुर्ण रुपमा हुने गर्दछन ।
यस्तै भयो २०६८ सालको दशै तिहार । दशै नजिकिदै थियो जमराहरु पनि बढ्दै गइरहेका थिए। हाम्रो परिवारमापाहुनाहरु क्रम चल्यो । परिवारमा सबैभन्दा अग्रज बज्यै हुनुहुन्छ ।त्यसैले पनि होला यो साल आफन्तजनको घुर्इचो हुन थाल्यो अनि यहि रमार्इलो क्षण सँगै दशै टिकाको दिन आयो । म बिहान उठि आफ्नो नित्यकर्म तिर लागेँ उता तिर टिकाको भव्य तयारि भैरहेको थियो । टीका लगाउन शुरु भयो म पनि आफ्नो नित्यकर्म सकि तयार भै सकेको थियँ । सबैभन्दा अग्रज बज्यैबाट टिका लगाउन शुरु भयो अनि टिका लगाइ अशिर्वाद पाइ सकेपछी भोजनको तयारी भयो खाना पनि खाइयो खुव रमाइलो सँग गयो दशै ।
उताबाट बिस्तारै तिहार पनि नजिकीदै छ यतातिर दशैलार्इ बिदार्इका हातहरु हल्लाउनुपर्ने बाध्यता झै भयो । हाम्रो गाउँबाँके जिल्ला रझेना गा०वि०स० हालघोषित कोहलपुर नगरपलिकामा पर्छ ।गाउँमा केहि परिवर्तन चाहेर युवाहरु मिलि दिपशिखा क्लव अफ नेपाल स्थापना गरेका छँऔ । उक्त क्लव मार्फत हाल माहोल चाडपर्वको भएकाले तिहार विषेश कार्यक्रम गर्ने योजना बनार्इयो । कार्यक्रम देउसि भैलो विषेश हुने भयो ।जसका लागि चाहिने आवश्यक सामग्री केहि पनि छैन किनकि यो क्लव विल्कुलै नयाँ हो ।सामाग्री जुटाउन एक कार्यसमिति गठन पनि भयो । कार्यव्यस्तताका कारण उक्त कार्यसमितिमा समावेश हुन म सकिन । बरु नृत्यका लागी सहभागी हुन र नृत्य समुहलार्इ व्यवस्थित गर्ने जिम्मा लिए किनकी यसका लागि समय मिल्थ्यो मलार्इ । कार्यसमितिमा रहेका साथिहरु आ आफ्नो जिम्मेवारि नर्वाह गर्दै थिए । यता नृत्य टोली बनाएर नाच सिक्न शुरु भैसकेको थियो । नाच सिकाउनका लागि २ जना नाच गुरु पनि बोलाईएको थियो । म यो भन्दा अगाडि कहिल्यै पनि यसरी नाचेको थिईन तर यसपाली नाच्ने अठोट गरे । नाच सिक्दै गयौ । नाच्ने समुह ६ जनाको थियो जम्मा ३ वटा गितमा नाच सिक्यौ । रमाईलो निकै हुन्थ्यो नाच सिक्दा । म त्यति नाच्न नजान्ने भएकाले मलाई कहिलेकाहिबहिनीहरु जिस्क्याउने गर्दथे –दाई क्या राम्रो नाचेको-। म भन्ने गर्दथे-बहिनि हो कुनै पनि मान्छेले जन्मजातै कुनैपनि कुरा जानेको हुँदैन जान्नको लागी त अवसर पनि त पाउनुपर्दछ म यो भन्दा अगाडी अवसर नै पाउन सकेको थिईनऽ अब अवस्यै म नाच्न सक्छु- यस्तै यस्तै कुरा पनि हुने गर्दथ्यो। उनिहरु ठिकै हो दाई हामि नाच सिकेर देउसि भैलो सफल पार्नुपर्दछ । त्यस्तै हामिहरु छोटो समयमा नि सफल भयौ ।
उता कार्यक्रमको लागि सम्पुर्ण सामग्री पनि तयार भईसकेको थियो । तिहार पनि आयो अब हामि योजनाअनुरुप भईलो खेल्न जाने भयौँ । आफ्नो गाउँ विकाशनगर सहित केहि छिमेकि गाउँका घरहरु पनि जान भ्यायौँ । लगातार ३ दिनसम्म देउसि भईलो खेलियो । टिकाको दिन चाहिँ हामि साँझ लगभग ४ बजेवाट खेलेका थियौँ । नाचियो गाईयो खुवसँग रमाईलो गरियो । म नाचेको मुख्य गित –क्या राम्री मायालु पूर्वै धरानकी- साच्चीकै क्या राम्रो अझै पनि याद झल्झली आउने गर्छ । अनि ती साथिहरु पनि जो म सँगै नाचेका थिए ।
यसरी महान चाड तिहारलाई पनि बर्षदिनका लागी विदा गर्यौँ ।क्वले तत्कालै बैठक बोलायो अब यस सम्पन्न योजनाको वारे परियोजना बनाउन । सबैजना बैठकमा उपस्थित भयौँ र सबैको ध्यान केन्द्रित भयो बिषयबस्तुतिर । करिव कार्यक्रमबाट २५ हजार रुपैया र २ हजार जतिको चामल जम्मा भएछ । हामिले तोकेर समाजको खुसि लुटेर दक्षिणा माग्ने गरेका थिएनौ । सबैजनाको खुसि अनुसार लिएका थियौँ । त्यसकारण हामि सबैजना सन्तुष्ट थियौ यसमा ।
कार्यक्रमको तयारीमा हाम्रो क्लवको रु १० हजार खर्च भएको रहेछ । हाम्रो क्लव समाजसेवामा समर्पित क्वल भएकालेयो कार्यक्रमवाट सँकलन रकम समाजको सानो भएनी बिकाश कार्यमा लगाउने कुरा गरियो र सबैको सहमति पनि भयो । तर सबैजना कार्यक्रममा सहभागी साथिहरु क्लवका सदस्य नभएका कारण र नयाँ क्लव भएकाले सबै सथिहरु सँग सँगै रमाईलो गर्ने मौका फेरी पाईन्छ वा पईदैन भनेर हामिले एउटा सानो पिकनिकको पनि तय गर्यौँ ।क्लवमा रु २० हजार जम्मा गर्ने र बाँकिको पिकनिक भनेर निर्णय भयो र पिकनिकको सारा जिम्मेवारी मलाई दिईयो । त्यसै अनुसार क्लवको बैङ्कको खातामा जम्मा गर्न भनि रुपैयाँ छुट्याईयो । बाँकि ५ हजार र जम्मा भएको चामलको बिक्री बाट २ हजार गरि जम्मा ७ हजार रह्यो हामिसँग । अब हामि यत्ति रकमले कहाँ जाने र के खाने व्यवस्था मिलाउन निकै गाह्रो थियो । कसैले भन्थे लुम्बिनी कसैले टिकापुर कसैले भन्थे नजिकै पनि छ आफ्नै स्थानिय ठाउँ पनि हो त्यसैले ढकेरी जाउँ भन्थे तर त्यो सिमित कम साधन छ हामिसँग । मैले कुन ठाउँमा पुग्न कति खर्च लाग्दछ भनि बुझ्न गए । साच्चिकै हामी ढकेरी बाहेक अन्त जान नपुग्ने निश्चय थियो तर छोटो यात्रामा त्यत्ति रमाईलो नहुने भएकाले मैले धैरै टाढा पनि नहुने र धैरै नजीक पनि नहुने र केहि नयाँ अनुभवको लागी बर्दियाको ठाकुरद्वारा जाने राष्ट्रिय निकुञ्जका जनावर पनि अवलोकन गर्ने तय गरेँ । जसका लागी मैलै निकै ध्यान पुर्याएर निर्णय गरेको थिए । पिकनिकका लागी सम्पुर्ण आवश्यक सामग्री जसो तसो व्यवस्था गरेँ । देउसि भईलो टीम बाहेकका गाउँका २/४ जना साथिहरु पनि सँगै जाने प्रस्ताव गरे उनिहरु बाट केहि रकम पनि सहयोग सोरुप लिईयो र हामि सबैले रु१०० का दरले थप रकम जम्मा पनि गर्यौँ ।
हामि २७/२८ जनाको टिम सहित सम्पुर्ण तयारीका साथ एक जिपको बुकिङ्गमा लाग्यौँ पश्चिमतिर । जिप आफ्नो गतिमा गुड्न थाल्यो । हामी सबै जिपमा नाचगानका साथ रमाईलो गर्दै गयौँ । कति बेला गाडीमा गित बजाउँदै त कति बेला आफै मादल बजाउँदै गाउँदै छतमा बसेका साथीहरुको त्यो हुटिङ्ग आहा क्या रमाईलो क्षण । बाँसगडीऽ बबई हुँदै हामि ठाकुरद्वारा तिर अगाडि बढ्यौँ । केहि समय पछि हामि त्यस ठाउँमा पुग्यौँ ।बर्दिया राष्ट्रष निकुञ्ज ठाकुरद्वारा पुगेपछि हामिले त्यहाँ विभिन्न प्रकारका जनावरको अवलोकन गर्न पायौँ । एक सिङ्गे गैँडाऽगोहिऽ हात्ति यहाँका मुख्य विषेशता रहेका रहेछन । हामिले आफ्नोक्यामेरा र मोवाईमा राम्रो राम्रो सिन र फोटो सुट पनि गर्यौँ । वातावरण अत्यन्तै रमणीय रहेछ । हामि आराम पनि गर्यौँ । विभिन्न प्रकारले हामिले अवलोकन गर्यौँ । हामिले १ दिनमै फर्किनु पर्ने भएकाले अब खानाको व्यवस्था गर्ने तयारी गर्न सबैजना एकै ठाउँमा जम्मा भयौँ । तर त्यहाँ खानपिनको लागी त्यती राम्रो स्थान थिएन । मैले सोचे अब खाने र फर्किने त बाँकी हो आखिर यो जिप पनि त बुकिङ्गमा ल्याईएको छऽजसरी नी आजै फर्किए त भो यस्तै यस्तै । त्यसकारण मैले भने साथि हो हामि कर्णाली चिसापानि सम्म पुग्न सक्छौ । यहाँ त्यति राम्रो खानपिनको लागी व्यवस्था गर्न स्थान रहेनछ जाउँ त्यहि खानपिन गरेर छिट्टै फर्कउँला बरु । यो कुरामा साथीहरु झनै खुसिका साथ हुन्छ जाउँ भनेर उत्सहित बने । हामिहरु बर्दिया राष्ट्रष निकुञ्जबाट फर्कियौँ । अनि अगाडी बढ्यौँ एक खम्बाले अडिएको पुल हेर्न निकै उत्साह पूर्वक कर्णाली चिसापानी तर्फ ।हामि केहि समय पछि पुग्यौँ पनि । करिब दिउँसोको २ बजिसकेको थियोऽ अब हामीसँग धेरै समय थिएन । त्यसकारण हामि ढिला नगरी खानपिनको बन्दोवस्त तिर लाग्यौँ । म सहित ४/५ जना साथिहरुले खाना पकाउन आवश्यक पर्ने सामग्री जुटायौँ र पकाउने जिम्मा अरु साथिहरुलाई सुम्पियौँ ।
केहि साथिहरु डुङ्गामा रमाए यसैबिचमा हामिहरु कर्णालीमा नुहाउने कुरा चल्यो । हामिहरु कर्णालीमा पौडि खेल्यौँऽ नुहायौँ असाध्यै रमाईलो लाग्यो । यतिकैमा नदि किनारामा बसेको माझिले कोट देखाउँदै भन्यो –यो कोट पौडि खेल्नलाई बनाईएको होऽ खुब आनन्द आउँछ जम्मा रु२५ शुल्क हो ।-हामिलाई रहर भयो कोट लगाएर पौडिन । म सहित ३ जनाले कोट लगाएर पौडिने गरी त्यो माझिबाट तिनवटा कोट लग्यौँ ।
हामि ३*म०प्रकाश०मामा* जना कर्णाली पुलको ठिक मुन्तिरबाट पस्यौँ कोटको आनन्द लिन । माझिले भनेझै हामिले छुट्टै आनन्दको महसुस गरिरहेका थियौँ ।बाहिरबाट साथिहरु कराउँदै थए रमाउँदै थिए हामि पनि रमाउँदै एक भिन्दै आनन्दका साथ पौडि खेलि रहेका थियौँ । खेल्दा खेल्दा कहाँ पुग्यौँ थाहा नै भएन । म त झन पहिलो पटक कर्णाली खेल्दै थिँए तल हेर्दा समतल देखिन्थ्यो त्यहि समतलबाटै बाहिर आउने सोच थियो हाम्रो । एकछिन पछि एक जना०प्रकाश०सोही अनुरुप बाहिर उत्रिसकेछ । तर हामी २ *म०मामा* जना चाहिँ त्यहि आनन्दमा भुलेछौँ । शब्दमा खोल्न नसकिने त्यो आनन्द सँगै हामि त कर्णालीको बिच तिर पुगेको बल्ल थाहा भयो जबकि माथितिर हेर्दा हाम्रो पिकिनक ठाउँ देखिन छोड्यो ।
एकछिन पछी मेरो खुट्टा ढुङ्गामा लाग्यो पानिको छालले जोडले हाने जस्तो भयो । म झसङ्ग भएँ । निकै डर लाग्यो । हामि निस्कने भनेको त्यो समतल पानिको भाग अगाडि रोकिएर एकातिर मात्र ठुलो छाल बनेको रहेछ त्यहाँ त्यहि छालमा परिएछ ।हामि बाहिर निस्कन कोसिस गर्यौँ तर झनझन त्यो छालले हान्न थाल्यो । हामि अझै कोसिस गर्यौँ ०मामा०म भन्दा धेरै अगाडी हुनुहुनथ्यो म पनि पौडिदै थिँए । उता त्यो छालले हान्न छाडेन मलाई औधि डर लाग्यो म कराएँ –बचाउ-बचाउ-भन्दैऽ भन्दै थिँए मामा मलाई बचाउनुहोस् । उहाँ आफै छाल काट्न व्यस्त हुनुहुन्थ्यो । मैले सोचे उहाँले बचाउन सक्नुहुन्न मेरो जिन्दगी यहिँसम्म रहेछ । मैले सम्पुर्ण संसार एकै झल्कोमा सम्झे त्यो रमाईलो पिकनिक टोलीऽ त्यो रमाईलो यात्राऽ देउसि भईलो खेलेको अनि बावुआमा र मेरो भावि योजनाहरु सर्रर एकैपटकमा भिडियो सरि । अनि भक्कानिएर रोएँ अनि फेरी कराए मामा प्लिज मामा बचाउनुहोस् । उहाँलाई बल्ल दया लागेछ अनि उहाँ म भए तर्फ फर्कदै भन्नुभयो *हामि उता जान सक्दैनौँ भान्जा पौडीन नछोडऽ हामि कर्णाली पारिसम्म जानस सक्छौँ ।* मैले हौसला पाएँ हात निकै गलिसकेका थिए तर पनि पौडिन त कहाँ छोडेको थिएँ र उहाँ अलि माथि माथि म अलि तल तल बाट पौडिदै पुगियो कर्णाली पारिसम्म-----!