लोकतन्त्र प्राप्ति पछि नेपालमा संबिधान सभाको निर्वाचन भयो,दुइ बर्षमा संविधान बनाउनेगरी । दुइबर्षको संबिधान सभालाइ चार बर्षमा लम्बाइयो तर पनि संबिधान बनेन अन्त त संबिधान सभानै भंग भयो त्योसंगै सारा नेपालीको सपना पनि भंग भयो । कुरो यत्तिमै सकिएन संविधान सभाले देशको ९ अर्ब रकम पनि सकेर गयो,त्यो रकम बालुवामा पानि हाले सरी भयो । नेताहरुलाइ त यसले केहि फरक पारेन किनकि यो समयनै उनिहरुलाइ चर्चा प्राप्त गर्ने अवसर बन्यो,कमाउने अवसर बन्यो र देशमा सांढे बनेर डुक्रने अवसर बन्यो,तर असर जनतालाइ पर्यो देशलाइ पर्यो । नेताहरुत केवल आफ्नो स्वार्थमा मात्र लाग्दा रहेछन भन्नेमात्र जनताले बुझे, नेताहरु प्रति गंभिर बितृष्णा जनस्तरबाट पैदा भयो । चिया गफ देखि लिएर बिभिन्न मिडिया एबं फेसबुक लगायतका सामाजिक संञ्जालरुमा जाहेर गरीएका जनताहरुका मत एबं अभिब्यक्ति हरुबाट पनि यो कुरा प्रष्ट हुन्छ । किनभने यो, देशप्रति गरिएको जघन्य अपराध हो जनता प्रति भएको गंभिर धोखा हो । तर बिडम्बना देशमा रहेका बौद्धिक जमात यस बिषयमा प्रभावकारी रुपमा बोलेन, हेरेरै बसि रह्यो ।
कल्पना गरौं अनाहकमा खर्चिएको ९ अर्बले के के हुन सक्थ्यो — देशमा रहेका हजारौं गरीवको गरीबि सदाको लागि उन्मुलन हुन सक्थ्यो,देशका शहरहरुमा रहेका सम्पुर्ण खाते बाल बालीकाहरुको पुर्ण रुपमा उद्धार हुन सक्थ्यो, कति रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्थ्यो, शिक्षाबाट बंचित कैयौ बालबालिकाहरुले शिक्षाको अवसर पाउन सक्थे, यस्तै यस्तै कैयौ गतिला काम हरु गर्न सकिन्थ्यो । तर देशका बौद्धिक जमातले राष्ट्रियताको सवालमा देशको अस्तित्वको सवालमा देशको हित र अहितको सवालमा र सम्पुर्ण जनचासोको सवालमा कम्तिमा मुख खोल्न सक्थे,एउटा दवाब सिर्जना गर्न सक्थे जसले यो गम्भिर अवस्था टर्न सक्थ्यो । तर हामिले स्वार्थि नेता पायौ वाक्यहिन बौद्धिक जमात पायौं । यो सम्पुर्ण नेपाली हरुकोलागि दुर्भाग्यको बिषय हो ।
देशमा मुर्धन्य साहित्यकारहरु छन्, यत्रो प्राज्ञीक जगत छ, कलाकारहरु छन्, प्रध्यापक हरु छन्,नागरिक समाजका अगुवा हौं भन्नेहरु छन्, सामाजिक क्षेत्रमा प्रतिष्ठित ब्यक्तित्व हरु छन् त्यस्तै आफुलाइ सचेत र चेतनसिल मान्नेहरुको संख्यामा कुनै कमि छैन तर देशलाइ आघात पर्दा यसको विषयमा कम्तिमा मुख खोल्ने कोहि भएन । देशप्रति सवैको दायित्व अवस्य हुन्छ अझ भनौ सचेत र बौद्धिक हनुको कारणले गर्दा उनिहरुको दायित्व बढिनै हुन्छ, त्यसै अनुसार दायित्व वोध गर्नू पर्ने हो । नेता हरुले गलत कृयाकलाप अगालेका छन, उनिहरु सुमार्गमा छैनन्, जन चाहना बमोजिम चलेका छैनन्, आफ्नो स्वार्थ र जेबाट आफ्नो हित हुन्छ त्यसैमा नेता हरु लागेकाछन्, यथार्थमा जनता निरास छन,जनताबाट नेताहरु तिरस्कृत छन भन्ने कुरात बौद्धिक जमात ले बुझकै हुनुपर्छ । यस्तो अवस्थामा उनिहरुले राष्ट्रलाइ गलत मार्गमा लान बाट रोक्न कुनै भुमिका चाल्छन कि भन्ने आसा आम नागरिकमा हुनु स्वाभाविकै पनि हो । उनिहरु पनि नेपालि नागरिक हुन देश प्रति उनिहरुको दायित्व अवस्य हुन्छ पहिले राष्ट्र र त्यस पछिमात्र अरु कुरा भन्ने सवैले बुझ्नु जरुरी छ जोसुकैका लागि त्यहि हो र हुनु पर्छ ।
देश संघियतामा जादा कति राज्य बनाउने, कसरी बिभाजन गर्ने, जातिय नाम दिने नदिने बिषयमा पनि गंभिर बिवाद भयो, ठुलो चलखेल भयो ठुलै हलचल भयो । यि कुराहरु भनेका राम्रोसंग बिचार पु–याएर गरियो भने दिर्घकालिन रुपमा सकारात्मक असर पर्ने र गलत ढंगले गरियो भने दिर्घकालिन रुपमा नै राष्ट्रलाइ गलत प्रभाव पर्ने र राष्ट्रनै क्षत बिक्षत हुने अवस्थाका कुराहरु हुन । नेताहरु त यस्ता संवेदनसिल कुराहरुमा पनि आफुलाइ के कसरि गर्दा फाइदा पुग्छ त्यसै अनुसार गर्नेगरि लागि परेकाछन् । राष्ट्रिय हित एबं राष्ट्रिय स्वार्थ उनिहरुमा देखिएकोछैन । यस्तो अवस्थामा देशका बौद्धिक जमात देशको हितका लागि बोल्नु पर्छ कि पर्दैन । देश यतिवेला संक्रमण कालमा रहेको छ । यतिबेला जे निर्णय हुन्छ त्यहि बाटोमा देश जान्छ, त्यसैले निर्णय नहुदै सहि निर्णय गराउन बौद्धिक जमातको के कुनै दायित्व छैन र । यो बेला भनेको जान्ने बुझ्ने कुनैपनि नागरिक हरुले यो त राजनितिक बिषय हो भनेर चुप लाग्न मिल्दैन, किनकि यो समय भनेको अरुबेला भन्दा फरक बेला हो ।देशको संघियतामा बिभाजन गर्ने सवालमा जातियतामा जांदा केहुन्छ वा नजादा केहुन्छ, पुर्व पश्चिम बिभाजन ठिक छ वा उत्तर दक्ष्णि वा अरुकुनै, यस कुरामात बौद्धक व्यक्तित्वहरु जानकार छन् । देशमा यि संबेदनसिल समयमा गलत कार्य हुनबाट रोक्न बौद्धिक जमातको बुद्धि काम लागेन भने देशका लागि उनिहरु कहिले काम लाग्ने । उनिहरु प्रति हामिले किन गर्व गर्ने अनि के आसा गर्ने ।
अव देश अर्को निर्वाचनमा जादैछ, नेताहरुकोे गैर जिम्मेवारिता, निर्लज्जता र व्यक्तिगत स्वार्थका कारण । यहि अवस्थाहो भने यिनिहरुले दोस्रो संबिधान सभाको चार बर्षमा पनि संबिधान बनाउने कुरामा संकानै छ । यस्तो अवस्थामा पुन यहि गति दोहोरिएर देशलाइ डुब्न बाट बच्न कम्तिमा दलहरु बिच सहमतिमा आउन नसक्ने र बिबादित बिषयमा रहेका कुराहरु निर्वाचन संगै जनताबाटै टुङ्गो लगाएर ल्याउन र अवको संबिधान छ महिना भित्रै बनाउन बौद्धिक जमातले नेताहरुलाइ सुझाउन र दवाब सिर्जना गर्न सक्थ्यो । कम्तिमा बौद्धिक जमातले यति गरीदिएको भए जनता बाट समेत सगसंगै यो आवाज निस्कन्थ्यो किनकि जनता निकैनै,प्रताडित भैसकेका छन्,नेताहरुलाइ तिरस्कृत नजरले हेर्न थालि सकेका छन । तर बिडम्बना यस मामलामा पनि याहाको बौद्धिक जमात प्रभावकारी रुपमा केहि बोलीरहेको छैन, केवल हेरेर मात्र बसिरहेकोछ । देशमा यतिसम्म लुट हुदा,देश प्रति घात हुदा,मनपरीहुदा,बिबाद,हलचल,हल्ला हुदा समेत नत चलाएर चल्ने नत हल्लाएर हल्लिने मुढ जस्तो भएर बस्न बौद्धिक जमातलाइ सुहाउने कुरा भयो र ।
देशमा रहेका बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु, प्रशंशित, नामचलेका, चर्चित, प्राज्ञिक ब्यक्तिहरु, साहित्यकार, कलाकार, नागरिक समाजका अगुवा र अन्य सामाजिक क्षेत्रका चर्चित व्यक्तित्व हरु यसरी देशको मामलामा चुप लागेर बस्नुको पछाडि मुख्यत दुइ वटा कारण रहेको अनुमान गर्न सकिन्छ । एउटा त के हुन सक्छ भने आफुहरु बोलेर किन कसैको नराम्रो हुने भन्ने मानसिकता, उनिहरु बोल्दा देशकालागि हित हुने भएपनि नेताहरुको व्यक्तिगत स्वार्थको प्रतिकुल हुन जान्छ, तर अधिकांस नेपाली बौद्धिक जमात नेताहरुको आसिर्बाद प्राप्त गरिरहन चाहन्छ । तसर्थ उनिहरु कुनै दल र नेताको नराम्रो हुन चाहदैनन । अर्को कारण हो नेपालका बौद्धिक र उच्च पदस्थ ब्यक्तिहरु समेत प्राय भित्रि रुपमा कुनै न कुनै दल र नेता प्रति गहिरो झुकाव राख्छन, तसर्थ के सहि के गलत भनेर छुट्याउनु भन्दा पनि आफुने झुकाव राखेको दल र नेताले जे गर्छ वा जे बोल्छ आन्तरिक रुपमा त्यसैलाइ समर्थन गर्दछन् । तसर्थपनि उनिहरु बोल्न चाहदैनन ।
देश कठिन अवस्थामा छ, नेता राम्रो गर्दैनन, बौद्धिक जमात बोल्दैनन,जनता प्रताडित भइ रहन्छन । यस्तो अवस्थामा देश खाडलमा गएको हेर्न बाहेक अरु केनै गर्न सकिन्छर ।