तीज आउन अझै आधा महिनै बाँकी छँदै सञ्चार माध्यमहरुमा तीजका गीतहरु घन्किन थालेको छ भने तीज पर्वको उपलक्ष्यमा विभिन्न साँस्कृतिक एंव सामूहिक दर खाने कार्यक्रमहरुको समेत आयोजना हुन थालेको छ । यति मात्र हैन शहर बजारका ब्युटी पार्लर र चुरा पसलहरुमा सौभाग्यको प्रतिक मानिने पोते, धागो, चुरा र सिन्दुरका अतिरिक्त फेन्सी पसल र सुन चाँदी पसलहरुमा समेत महिलाहरुको आवत जावतले अहिले देखी नै तीजको रोमान्चक बढाईदिएको छ । धार्मिक मिथकसंग जोडिएको हिन्दु नारीहरुको महान् पर्व तीज आउनु पूर्व नै यसको प्रभाव शहर बजारमा मात्र हैन गाँउघरहरुमा समेत रौनकता छाईसकेको छ । टलिभिजनका स्क्रीनमा देखिएका गीतका प्रोमोहरुले अझ तीजकै दिनको जस्तै आभाष गराएको छ । तर पछिल्ला केही बर्ष यता तीजलाई लक्षित गरेर बजारमा निकालिएका गीत संगितहरु यसको मौलिकतालाई भन्दा पनि ब्यावसायिकतालाई बढी जोड दिन थालिएको छ । आफ्ना गीतमा चर्चामा ल्याउन लागि तीजका गीतहरुमा पप र र्याप शैली भित्रिएको मात्र नभई गीतका शब्द, लय र भिडियोहरु समेत केही उत्श्रृङ्खलता र छाडापन भित्रिन थालि सकेको छ । आजकालका तीजका गीतहरुमा महिलाको कथाब्यथालाई भन्दा पनि भौतिक सुख सुविधाहरुलाई बढी जोड दिई परिवर्तन, राजनति र अधिकारका भाकाहरु गुनिजने गरेको छ ।
तीजका गीतले महिला अधिकारलाई स्थापित गर्ने कार्यमा सहयोग पुर्याएता पनि पछिल्लो समयमा भने विकृतिका रुपमा विकसित हुन थालेको छ । कुनै बेला तीजलाई महिलाहरुले तीज पर्वलाई बर्ष भरीको पीर ब्यथालाई साथी सङ्गीहरु माझ सुनाउने पर्वका रुपमा लिईन्थ्यो । त्यति बेलाका समाजले महिलाहरुलाई गरेको विभेद ग्रामिण समुदायका महिलाहरुको पीडाका शब्दहरलाई उतारेर तीजका गीतहरु गाईने प्रचलन थियो । समयको गति र नेपाली गीत संगितका क्षेत्रमा भित्रिएको आधुनिकताबाट भने तीजका गीतहरु प्नि अछुतो रहन सकेन । समाजका परिवर्तनसंगै तीजका गीतहरुमा समेत निकै रुपान्तरण भएको छ । अझै पनि ग्रामिण समुदायका कतिपय महिलाहरु सामाजिक कुरीत, घरेलु हिंसाहरुबाट पिडित छन । उनीहरुले आफ्नो हक, हित र अधिकारलाई सुनिश्चित गर्न सकिरहेका छैनन । महिला माथी अन्यय र हिंसाका घटनाहरु दिन प्रतिदिन बढेको देखिन्छ । तर महिलाहरुकै महान पर्व रुपमा मनाईने तीजका भाका र गीतका शब्दहरुबाट महिला हिंसा र असमानता कथाब्याथा विस्तार विस्तार ओझेल पर्दै गईरहेको छ भने अर्कातर्फ तीज संस्कृतिबाट विकृति तर्फ रुपान्तरीत हुदै गएको देखिन्छ । यदी तीजका भाकाहरुले सबै महिलाहरुको आवजलाई समेट्ने हो भने तीजको गीत संगित भित्र कतै न कतै महिला यस्ता पीडाहरुलाई सम्बोधन हुनु पथ्र्यो । तर यसो हुन सकिरहेको छैन । हालसालै बजारमा निकालिएका फाट्फुट् केही गतिहरुमा मात्र महिला अधिकार र समाज परिवतृनका स्वर पाईएता पनि अधिकाशं गीतहरुले सामाजिक न्याय पाउन नसकेका महिलाहरुको घाऊमा मलम पट्टी लगाउन सकिरहेको छैन ।
एकातिर महिलाहरुकै बिशेष पर्वमा गाईने गीतका शब्दहरुमा महिलाहरुको यथार्थ पीडालाई नै सम्बोधन गर्नु पर्ने हो भने अकातिर धर्म, कला, संस्कृति, रहनशहन र रीतिरिवाजको संरक्षण र सम्बद्र्धन गर्दै यस्ता पर्वहरुको अस्तित्व जोगाई राख्नु पर्ने हो । आजकालका गीत संगितमा यसो हुन सकिरहेको छैन । आजकालका गीत संगितमा पहिलेको भन्दा पृथकता देख्न सकिन्छ । अहिले तीजमा कस्को कसको पोई राम्रो कस्को चाम्रो, कस्ले बढी खर्च गर्यो, कस्ले बढी गर गहना लगाया, कस्को गहना बढी, कस्का साडी महागो जस्ता भाकाहर गुन्जिने गरेको छ । यसबाट तीजका गति संगित साथी सङ्गी र दीदि बहिनी प्रतिको माया, ममता र सद्भाव नभई को धनी र को गरीबी भनि लेखाजोखा गर्न सिकाएको छ । भने मौलिकतालाई विस्तारै पाखा लगाउन खोजेको भान हुन्छ ।
तीज पर्वको पनि आफ्नो छुट्टै धार्मिक तथा साँस्कृतिक महत्व रहेको पाईन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज पनि भन्ने गरिन्छ । यसै परम्परालाई अधार मानेर मनाउने गरिएको तीज पर्व स्वरुप पछिल्लो केही बर्ष यतादेखी केही भिन्न र फरक शैलीमा देख्न थालिएको छ । भाद्र शुक्ल द्वितीयका दिन राति दर खाएर आज तृतीयाका दिन व्रत बसि पंचमीको दिन सप्तऋषी पूजा गरेपछि तीज सम्पन्न हुन्छ । तीजको दर खान विशेषत माइतीले छोरी चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्ने चलन समेत रहेको पाइन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न व्रत बसेपछि शिवजी पति पाएकाले तीजको व्रतको महत्व बढेको छ । सधवा नारीले पतिको आयु वृद्धिका लागि र अविवाहित कन्याले उत्तम पुरुष पतिका रुपमा पाउन र विधवाले पतिको मुक्तिका लागि व्रत बस्ने गरेको पाइन्छ । तर आजकाल तीजलाई अलि भिन्न शैलीबाट मनाउन थालिएको छ । तीजको धार्मिक एवं साँस्कृतिक महत्व भन्दा पनि तडकभडक र देखासिखिको प्रवृतिको विकास भई आधुनिकतासंगै भड्किलोपनलाई बढी जोड दिन थालिएको देखिन्छ भने केही छाडापनको समेत विकास भएको पाईन्छ ।
धार्मिक विश्वास, मान्यता र परम्पराको आधारमा नारीहरु आफ्नो पतिको सुख, समृद्धि, सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै व्रत बसी पूजा आराधाना र नाचगानका साथ यो चार्डको आफ्नो छुट्टै संस्कृति, परम्परा र मौलिकता रहेको छ । तीजमा अधिकाशं हिन्दु नेपाली नारीहरु आफ्नो सौभाग्यको कामना गर्दै अन्नपात र फलफूल मात्र होईन, शुद्ध पानी समेत मुखमा नहाली निराहार व्रत बस्ने गर्दछन । धर्म, सँस्कृति र परम्पराप्रति कट्टर आस्था, विश्वास र भरोसा राख्ने स्वाभिमानी चेलीहरु शरीरलाई सास्ती दिएर भोक–भोकै सकि नसकि व्रत बसी पतिप्रतिको भक्तीभाव र गुनगान संधै भगवानसंग पुकारी रहनछन । बिशेषत: बुढापाका र कन्याकेटीहरुका लागि भन्दा पनि विवाह गरेर पराई घर गएका चेलीहरुका लागि तीजको छुट्टै महत्व रहेको पाईन्छ । विवाहिता चेलीहरुको रमाईलो भेटघाट र भावना साटासाट गर्ने माध्यमका रुपमा तीज पर्वलाई लिने गरिन्छ । आखिर जे जस्तो भएता पनि धार्मिक परम्परा, रितिरिवाज र लोक सँस्कृतिको धरोहरका रुपमा विकास गरी नारीहरुको भावनालाई एक अर्काप्रति साटासाट गर्ने यस्ता पर्वहरुको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हुन आउँछ । समयको परिवर्तन र आधुनिकतासंगै चार्ड पर्वलाई परिमार्जित शैलीमा मनाउन थालिएता पनि यसको मौलिकतालाई अवश्य भुल्न मिल्दैन । मोलिकतालाई जोगाउँदै तजिका गतिहरले समाज परिवर्तनमा समेत सहयोग पुर्याउन सकोस । मानिसले आफ्नो स्वार्थ पूर्तिका लागि धर्मका नाममा विभिन्न खाले विकृतिहरुको विरोध गर्दै तीज पर्वलाई जीवन्त जोगाई राखनका लागि धनी र गरिब बिचको विभेदको अन्त्य गरी सबैले हातेमालो गरी सामाजिक सद्भावको विकास गर्न सकोस ।