नेपाल नामको राष्ट्र कुनै भौगोलीक सिमा नभइ एक मानव आत्मा युक्त सरिर भैदिएकोभए यतिबेला देशको सुन्नै नसकिने हृदय विदारक क्रन्दन सुन्न विबस हुनुपर्थ्यो वा निलडामै निलडामको छाप देख्नुपर्थ्यो वा अविरल आक्रमणले आफ्नै रगतको आहालमा डुवेको,अस्पतालको सैयामा मृत्युसंग लडिरहेको अथवा पासविक यातनाका कारण मृत्युनै भइसकेको देख्नु पर्थ्यो होला । तर राष्ट्रको आफनो आत्मा हुदैन नत मानव सरिरनै त्यसैले यि अवस्था र स्थिति देख्न र सुन्न नपरेपनि अवस्था भने त्यहिनै हो जुनअवस्थामा देशलाइ उन्नति र रक्षाको जिम्मा लिएका भनेर मानिएका नेताहरुलेनै पु–याएकाछन् भन्ने कुरामा दुइ मतनै छैन यो सास्वत सत्य पनिहो । त्यहि रुप र अवस्थामा राष्ट्र पुगिसकेको सवै नेपालीले वुझेकाछन् र त्यहिरुपमा हेरेकापनि छन् ।
प्रजातन्त्र या लोकतन्त्रमा नेताले आफ्नो चहाना र इच्छा अनुसार शासन गर्ने होइन जनताको म्यान्डेट लिएर सोहि अनुसार कामगर्ने प्रतिनिधि पात्र मात्रहो । तर याहा चुनावको बेला बर्षाको भेल सरह आस्वासन बाडिन्छ जनताको भोट लीएर माथि गइन्छ अनि जनताको म्यान्डेटलाइ एकातिर पन्छाएर आफ्नो मुड, आफ्नो हित र इच्छा अनुसार काम गरिन्छ, नेपालमा अहिले भइरहेको त्यहिनै हो ।
जनता राष्ट्र निर्माण चाहिरहेका छन् तर नेता आफ्नो स्वार्थको लागि राष्ट्र विनास गरिरहेका छन, जनता छिटो सक्रमणकालबाट मुक्ति चाहन्छन् तर नेताले यहि समयलाइनै आफ्नो उपयोगि समयको रुपमा निर्धक्कका साथ उपयोग गर्ने कोसिस गरिरहेकाछन्, जनता संविधान चाहन्छन् तर नेता वास्तवमा संविधान वनाउननै चाहदैनन् किनकि यहि संक्रमण कालनै नेताको हितमा छ ,जनता राष्ट्रिय एकता चाहन्छन तर नेताले केवल भोट प्राप्ति रण्नितिका लागि जनता विच फुटको विजारोपण गरिसकेकाछन् । जनता अपराधिलाइ दण्ड चाहन्छन तर नेताले अपराधिलाइ संरक्षण गर्छन, त्यति मात्र होइन मन्त्रि लगायत संवैधानिक अंगकै गरिमामय पदमा नियुक्तिका लागि निर्लज्जता पुर्वक सिफारिष समेत गर्छन । यस्तै यस्तै भइरहेकोछ लोकतन्त्र प्राप्त पछि नेपालमा ।अर्थात लोकतन्त्रमा जनताले जे अपेक्षा गरेकाथिए त्यसको विपरित भइरहेकोछ, जनता अझ बढि निरास भएको प्रष्ट छ । राष्ट्रको ढुकुटि अझ वढि अनावस्यक रुपमा सकिएकोछ , जे भएकोछ नेताको हितमा भएकोछ , ऐस आराम गरेकाछन् त नेताले गरेकाछन् । लोकतन्त्रको मिठो स्वाद यथार्थमा नेताहरुले लिएकाछन् भने जनताले तिक्तता चाखिरहेकाछन् ।
नेता भन्ने शब्दनै पृय,पुज्य सम्मानित र नेता विस्वास योग्य हुनुपर्नेहो, नेताले के वोल्छ सवैको चासोको विषय हुन्छ, अव राष्ट्रमा के हुन्छ नेताको बोलिमा झल्किन्छ तर याहा नेता अपृय भइसके, वोलिको ठेगान नभएका, विस्वास योग्य नभएका खराव चरित्र र नियत भएका भनेर जनता बाट तिरस्कृत भइसकेकाछन् । त्यहि रुपमा अहिले जनताले नेतालाइ वुझेका छन । अहिले भइरहेको सत्यनै त्यहि हो ।
कुनैपनि नेपाली जनताले यतिवेला नेता शब्दनै श्रद्धाको रुपमा लिन चाहदैनन् । हरेक नेपालीसंग गएर सोध्नेहो भने पनि योकुरा प्रष्ट हुन्छ । वास्तविकता नै यहि हो । नेता नेता नभएर राजनितिक व्यवसाइ भएकाछन् जुन कुरामा आफ्नो हित हुन्छ त्यहि गरीरहेका छन् । जातिय विभाजन गर्दा वढि मत पाइन्छकि नगर्दा, पहाडिको पक्षमा बोल्दा चुनाव जितिन्छ कि मधेसिको, जनजातिलाइ उचाल्दा सत्ताको स्वाद लिन पाइन्छ कि वाहुन क्षेत्रिलाइ, यसै अनुरुपको व्यवसाइक राजनिति नेताहरुवाट भएको प्रष्ट हुन्छ । कुनकुराले राष्ट्रलाइ राम्रो हुन्छ, के राम्रोहो, के गर्दा दिर्घकालिन रुपमा राष्टलाइ कस्तो असर पुग्छ जस्ता कुरामा कहि कतै अलिकति पनि ध्यान दिएको पाइदैन । त्यसैले नेता पुर्ण रुपमा राजनितिक व्यवसाइ भएकाछन् र चुनावको वेला आफ्नो दल रुपि ब्राण्डको विज्ञापन गर्ने गरेकाछन् । त्यसैले पनि यतिवेला नेताहरुप्रति न कुनै जन विस्वासछ न त जनपृय नै छन् । नेताहरु जनताको नजरमा वास्तवमै सम्मान योग्य नै छैनन्,अनुसन्धाननै गरेर हेर्नेहो भनेपनि योकुरा आफै अगाडि आउनेछ ।
वास्तवमै भन्नेहो भने लोकतन्त्र प्राप्ति पछि नेताहरुको कृयाकलाप हेर्दा अन्तराष्ट्रिय स्तरमै निर्लज्जताको नमुना वनेकोछ । एउटै विषयमा महिनौ सहमति हुन नसक्ने, दुइ वर्षमा बनाउनुपर्ने संविधान चार वर्षमा पनि बनाउन नसक्ने अझ त्यस्तो गंभिर गल्ति गर्दापनि जनता संग क्षमा याचना गर्नपनि आवस्यक नठान्नु,अपराधिलाइ दण्डित गर्नुत कता कता उल्टै संरक्षण प्रदान गर्नेमात्र होइन गरिमामय सार्वजनिक पद दिननै तयार हुने, आज एउटा कुरा बोल्ने र भोलि अर्कै ढंगले प्रस्तुत हुने ,नेताहरु पुर्णत जन विस्वास गुमाएका चरित्रका रुपमा देशमा परिचित भइसकेकाछन् ।
नेताहरु कतिसम्म निर्लज्ज छन् भने उनिहरु आफु जनताको पृय रहेको बखान गर्छन तर खुलेआम तिनै जनतालाइ अरुचिकर लाग्ने र राष्ट्रको अहित हुने काम शिर ठाडो पार्दै गर्छन । प्रमुख राजैतिक दल भित्र उचित कार्यकालागि सहमति हुदैन बरु गलत कार्यमा सहमति निस्कने गरेको यथार्थता हामि माझ छ । यिनिहरुको असफलता छर्लङ्ग भएकोछ भने देश प्रति गंभिर अपराध र जनतालाइ धोखा दिइरहेका छन । असहमतिकै कारण करोडौ ढुकुटि सिध्याउदै चार बर्षमा पनि संबिधान बन्न सकेन, असहमतिकै कारण गैर राजनितिक ब्यक्तिहरु सम्मिलित सरकार गठन भयो । असहमतिकै कारण सरकारले आफ्नै ढंगले चुनावको मिति घोषणा गर्नु परेकोछ । तर जन आन्दोलनका दोषि ठहरिइ कारबाहि गर्नुपर्ने ब्यक्तिलाइ अख्तियारको प्रमुख बनाउने बिषयमा भने प्रमुख दलहरुले सहमति गर्न कुनै लाज मान्दैनन् । यि नेताहरुको चरम असफलता, जनताप्रति गरेका गंभिर धोखा र राष्ट्रप्रति गरिएका जघन्य अपराधका मोटा र झर्लक्क देखिने उदाहरण मात्र हुन् ।
निस्वार्थ राष्ट्र सेवामा समर्पित भइ राष्ट्रको उन्नतिमा दुरदर्शिपुर्ण ढंगले अगाडि बढ्नुपर्ने नेताहरु राजनितिक व्यवसाइ भइ मुनाफापुर्ण राजनितिक खेलमा लाग्ने चरित्रका कारण राष्ट्र अन्योलग्रस्त छ, दिशाहिन छ, चोटिलो प्रहारबाट छटपटीएको छ र जनता निरास छन् ।
भनिन्छ अति भएपछि विनास अवस्य हुन्छ, यो शास्त्रोक्ति पनि हो, सम्भवत अव त्यहि हुन्छ । देशमा राज गरीरहेका राजनितिक दल र नेताहरुकोअरुचिपुर्ण गतिविधि अति भइसकेको जनताले महसुस गरेका छन् । जसरी राजाले अतिगर्दा राजतन्त्र पुर्णरुपमा समाप्त भयो त्यसैगरी अहिलेका राजनैतिक दल र नेताहरु पलायन भइ नया दल र नेताहरुको उदय नहोला भन्न सकिन्न । यसको झल्को संभवत आउदो निर्वाचनमा देखिएला ।