जुन क्षेत्र हेरेपनि दिक्क लाग्दो, जताबाट हेरेपनि बिरक्त लाग्दो कहि कतै मन सन्तोष गर्ने ठांउनै छैन, उत्साह र आसलाग्दो स्थिति कहि कतै देखिदैन नेताका अनुहार हेर्यो अत्यन्त्यै कुरुप लाग्छ, न्यायालय पनि बिस्वास लाग्दो हुन छाडिसक्यो । प्रकृतिले सुन्दर बनाउन खोजेर के गर्नु यो देसलाइ परिस्थितिजन्य कुरुपताले ढाकिसक्यो । उफ्! हाम्रो देस नेपाल, हेर्दा हेर्दै बिरक्त लाग्दो भइसक्यो ।
कम्युटर टाइपको अत्यन्त्यै जरुरी काम गर्नुछ, गयो स्विच अन गर्यो , बत्ति छैन , लौ बरबादै भयो नगरी नहुने काम थियो लोडसेडिङ्गपो रहेछ । अरु दुइ घण्टा बत्ति आउदैन अब के गर्ने, छटपटाउनुको बिकल्पनै रहेन । उफ्! कस्तो हाम्रो देस, कति लोडसेडिङ्ग ।
पन्ध्र दिन भैसक्यो ननुहाएको, ट्याङ्करबाट पानि किनेर राख्नुपर्ने, जलस्रोतको धनि भनिएको हाम्रो देसमा त्यहि ट्याङ्करपनि नआएको कति दिन भइसक्यो, खान सम्मत जारको पानि किनेर खाइएकै थियो नुहाउन पो अब के गर्ने, भोली सबेरै बाहिर जानुछ, ननुहाइ भएकै छैन, लौ अब के गर्ने, उफ्! हाम्रो देसको हालत, बरु खाडि मुलुकहरुमा किनेरत कम्तिमा सजिलै पाउछन् होला ।
छिमेकिको घरमा प्रसब बेदनाले एक महिला छट्पटाइ रहेकिछन्, अस्पताल लगिहाल्नु पर्नेछ तर नेपाल बन्द छ, भए जतिका सबै एम्बुलेन्सलाइ कल गर्यो खालि छैनन्, अरु गाडिले मरिगए मान्दैनन्, लौ अब के गर्ने, उफ्! कति बन्द, केका लागि बन्द । जनताकोलागि बन्द गरेको रे, याहा जनताको घरमा उपचार नपाएर मान्छे मर्ने बेला भइसक्यो ।
यस्ता दिक्क लाग्दा र बिरक्त लाग्दा घटनाहरु नेपालमा भइनै रहन्छन । जुनसुकै क्षेत्रमा हेरेपनि त्यस्तैछ, एकठाउ वा दुइ ठाउको मात्र कुरा होइन । आस लाग्दो वा उत्साह लाग्दो समाचार आउन छाडिसक्यो । हरेक क्षेत्र बिकृतिग्रस्त मात्र हुन थालिसकेको छ । जसलाइ सुधार गर्न सकिन्छ तर सुधारको प्रयास छैन । केवल बिकृति र प्रताडना मात्र छ ।
नेपालमा जब बर्षा लाग्छ अनि बिकास निर्माणको बजेट निकासा गर्ने बेला हुन्छ । एकातर्फ बर्षाको झमझम झरी संगै कल्भर्ट, पुलपुलेसा र बाटोघाटो बन्दा हिलाम्य सडक जनतालाइ हिड्नको सास्ति उता काम नियमित गर्न समस्या, हतार हतार गर्नू पर्यो गुणस्तर पनि हुने कुरा भएन । यो समस्या कैयौ बर्षदेखि यथावत रहेको छ । सबैलाइ थाहाछ यो एक समस्याको रुपमा रहेको छ । सुधारको प्रयास गर्न सकिन्थ्योनि किन गरिदैन । हो सुधारका गफ भने हुने गरेका छन् । गफैमा मात्र सुधार गरेर वास्तविक सुखानुभुति कहिल्यै हुन सक्दैन । हतारको काम अनि करोडौको बजेट फ्रिज, जसले गर्दा जनताले प्राप्त गर्नुपर्ने बिकास निर्माण प्राप्त गर्न सक्दैनन् भने केहि मात्रामै भएपनि रोजगारीका अवसरमा पनि अप्रत्यक्ष धक्का लागिरहेको हुन्छ । यस्ता कुरामा नत नेता र प्रशासकहरुको उचित कदम अगाडि बढेकोछ नत बुद्धिजिबि र सचेत नागरिकहरुको आवाज शसक्त रुपमा उठ्न सकेकोछ ।
देसमा अपराधिकरण बढ्दोछ । नेता र प्रशासकहरुनै यसका संरक्षक हुनेगरेका समाचारहरु यदाकदा आउने गरेका छन् । कतै प्रहरीकै मिलेमतोमा ठगि एबं अपराध हुने गरेको र कतै प्रहरीले अपराधि समात्दा नेताहरुनै कम्मर कसेर छुटाउने प्रयत्न गरेका समाचारहरु समेत हाम्रलागि नौला समाचार रहेनन् । गाँउ समाजमा पनि अपराधका घटनाहरु दिनहु बढिरहेकाछन् । सुन्नै नसकिने खालका अपराधका घटनाहरु दिनहु सुन्नु परिरहेको छ । बाबुले आफ्नै छोरी बलात्कार गरेका मात्रै नभइ सन्तान समेत जन्मिएका, नाबालीकाहरु बलात्कृत भएका, दाइजोका कारण महिलाको हत्या र बोक्सिको आरोपमा मारीएका वा गम्भिर प्रकृतिको यातना दिइएको जस्ता घटना हाम्रो समाजमा दिनहु घटिरहेकोछ । यस्ता घटना झन बढ्दैसमेत गइरहेको तथ्यले प्रहरी प्रशासन चनाखो भएर नलाग्नु र असफल समेत रहेको भन्ने कुराको पुष्टि गर्दछ ।
हाम्रोदेसका प्राय सबै कार्यालय हरुमा जनताका कामहरु चासो पुर्बक गरीदैन । यस्ता कुरा सबैलाइ थाहाछ । आज हुने कामलाइ कैयौ दिन लगाइ सास्ति दिने गरिन्छ । यसमानै सरकारी कर्मचारीले आफ्नो बड्पन र गर्ब ठान्दछन् , यो प्रचलनकै रुपमा बसिसकेको छ । अझ कतिपय सरकारी कार्यालय हरुमा पैसा बिना कामै नहुने संस्कार समेत बसिसकेकोछ । यस तर्फ कसैले गम्भिर रुपमा नत वास्तानै गर्छन् नत सुधारको कुनै कदम नै चालिन्छ । बास्तविकता थाहा हुदाहुदै पनि सम्बिन्धित निकाय वा ब्यक्तिले पुर्ण बेवास्ता गरीदिन्छ ।
बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दोछ । स्नातकोत्तरको प्रमाणपत्र लिएका युवाहरु रोजगारीका लागि भौतारिनु कुनै नौलो कुरा लाग्न छाडिसक्यो । दैनिक रोजगारीकोलागि बिदेसिनेहरुको संख्या बढिरहेको छ । देसमा सम्भावना र अवसरहरु झन पछि झन गुम्दै गइरहेको अवस्था छ । तर यसप्रति जतिनै गफ गरेपनि सोच्ने सम्म फुर्सद कसैलाइ छैन । यस बिषयमा दृढतापुर्वक कदम चाल्न आजसम्म कसैले सकेकोछैन वा आवस्यक देखेन ।
त्रि.बि.ले अचेल परिक्षाफल प्रकाशन गर्न करिब एक बर्षनै लगाउने गरेको छ । एक बर्ष भनेको बार्षिक पढाइ समाप्त हुने अवधि हो तर त्यो अवधिभर त केवल परिक्षाफल कुर्न मात्र बिध्यार्थिलाइ लाग्ने गरेको छ । यस्ता कुराहरुमा न त्रि.बि.को ध्यान छ नत राज्यलेनै केहि गर्छ । किन यस्तो हुन्छ ? के यो लज्जास्पद बिषय होइनर ? के यसलाइ तत्कालै सुधार गर्न सकिदैन ? यदि काम नगर्ने प्रबृत्तिको बिकास भएकोहो भने काम नगर्ने पदाधिकारीहरुलाइ कारबाहि गर्न र दक्ष ब्यक्तिलाइ ठाउदिने प्रयास किन गर्न सकिदैन ? के राज्यले यतिपनि गर्न सक्दैन ?
अचेल धेरैनै सुन्नमा आइरहेको अर्को बिषय हो नेपालमा बिभिन्न ठाउहरुमा बेश्याबृति बढदै गइरहेकोछ । मिडियाहरुले पनि यस्ता समाचारहरुलाइ प्रार्थमिकताका साथ प्रकाशन गर्ने गरेकोले पनि यो बिषय चर्चामा समेत रहने गरेको हो । यस्ता समस्यालाइ सधै समस्याकै रुपमा राखिरहनु भन्दा यसलाइ निराकरण गर्ने उपाय केकति भए त्योनै सबैभन्दा महत्वपुर्ण बिषय हो । पटक पटक दोहोरि रहने समस्याको ठोस समाधानतर्फ कहिल्यै नलाग्नु नेपाल सरकारको अक्षमता बाहेक केहि होइन । यसलाइ यात मुलभुत समस्याहरु पहिचान गरी समस्याको मुल समाधान तर्फ अघि बढि पुर्णरुपमा नियन्त्रण गरीनुपर्छ होइन भने यसलाइ निश्चित स्थान तोकि कानुन द्ववारा ब्यबस्थित गरीनु पर्छ । केवल प्रहरीले पक्रने र छाड्ने क्रमको जुहारीले यो समाधान हुने बिषयनै होइन । यस बिषयमा कतै सरकारबाट यौटैमात्र प्रयास भयोकि ? किन दिगो समाधान तर्फ कुनै प्रयासनै गरीदैन ? के यतिपनि गर्न सकिैदैन? यसलाइ नियन्त्रण वा ब्यबस्थापन तर्फ कदम चाल्नेहो भने कम्तिमा यौटामात्र भएपनि अपराधको समाचार आउनबाट रोकिन्थ्योनि ।
माथि उल्लेखित सबै घटना केवल प्रतिनिधि घटना मात्र हुन् नेपालकालागि । हरेक ठाँउ हरेक क्षेत्र समस्याग्रस्त छन् । कतिपय समस्या सामान्य पहलबाटनै समाधान हुने खालका छन् तथापि पहल भने हुदैन । समस्याहरु खडाहुनु सामान्य कुराहो तर समाधानको पहल नगरीनुलाइ सामान्य रुपमा लिन सकिदैन । प्रशासकहरु केवल जागिर खान्छन् र नेताहरु केवल भाषण मात्र गर्छन् । यस्तैबाट राष्ट्र गुज्रिन थालेको पनि धेरै समय भइसक्यो । कसैले पनि कम्तिमा आफ्नो जिम्मेवारी अनुरुप केहि नयाँ गरेर देखाउने, आफ्नो कार्यकालमा कम्तिमा पनि एउटामात्र समस्या भएपनि समाधान गर्छु भनेर लाग्ने एउटा सामान्य इच्छाशक्ति सम्म पनि नराख्नु र जिम्मेवारीको कर्तब्य प्रति इमान्दार नहुनु कारक भएर रहेको छ । कम्तिमा प्रशासक र राजनैतिक नेतृत्व तहमा जिम्मेवारीको महसुस हुनै पर्दछ । अनिमात्र हरेक समस्या समाधानको गतितर्फ अगाडि बढ्नेछ । होइनभने हरेक नेपालीले जहा हेरेपनि दिक्क मान्दै उफ् नेपाल ! भन्दै निरासा ब्यक्त गर्नूको कुनै बिकल्प हुनेछैन ।