तपाईं ईन्टरनेट प्रयोगकर्ता हुनुहुन्छ भने Paypal को बारेमा राम्रै जानकारी छ होला तपाईंसँग । अन्लाईन पैसा पठाउने र पाउने भरपर्दो माध्यम हो Paypal । खास गरी Freelancer हरुलाई त Paypal Account हुनु अती आवश्यक नै छ । तर बीडम्बनाको कुरा के हो भने Paypal को प्रयोग संसारका सबै देशका व्यक्तिले प्रयोग गर्न भने पाउँदैनन् । यो भन्दा अझ ठुलो बीडम्बनाको कुरा के हो भने, Paypal प्रयोग गर्न नपाउने देशहरुको सुचीमा नेपाल पनि पर्छ । यो कुरा धेरै नेपालीको टाउको दुखाइको बिषय बनेको छ र सबै कहिले Paypal ले नेपाललाई पनि Account खोल्न र कारोबार गर्ने अनुमती दिन्छ भन्ने प्रतिक्षामा छन् ।
नेपालमा ईन्टरनेट प्रयोगकर्ताको संख्या तिब्र रुपमा बढ्दै छ तर Online Banking र e-Banking जस्ता सुबिधाहरुको बिस्तार हुन भने सकेको छैन । बैंक त तिनको साखा नेपालको शहर-बजारका गल्लि-गल्लीमा खुलेका छन् र कतिपय बैंकले बिल भुक्तानी, नेपाल भित्रै अन्लाईन पैसा पठाउने र पाउने साथै नेपालका केही अन्लाईन वेबसाईटबाट सामान किन्ने सुबिधासम्म दिइरहेका छन् । तर अन्तरराष्ट्रिय स्तरमा भने कुनै सुबिधा दिन सकिरहेका छैनन् यी बैंकहरुले । नेपालीले Paypal प्रयोग गर्न नपाउनुको यो पनि एक प्रमुख कारण हो ।