तपाईं ईन्टरनेट प्रयोगकर्ता हुनुहुन्छ भने Paypal को बारेमा राम्रै जानकारी छ होला तपाईंसँग । अन्लाईन पैसा पठाउने र पाउने भरपर्दो माध्यम हो Paypal । खास गरी Freelancer हरुलाई त Paypal Account हुनु अती आवश्यक नै छ । तर बीडम्बनाको कुरा के हो भने Paypal को प्रयोग संसारका सबै देशका व्यक्तिले प्रयोग गर्न भने पाउँदैनन् । यो भन्दा अझ ठुलो बीडम्बनाको कुरा के हो भने, Paypal प्रयोग गर्न नपाउने देशहरुको सुचीमा नेपाल पनि पर्छ । यो कुरा धेरै नेपालीको टाउको दुखाइको बिषय बनेको छ र सबै कहिले Paypal ले नेपाललाई पनि Account खोल्न र कारोबार गर्ने अनुमती दिन्छ भन्ने प्रतिक्षामा छन् ।
नेपालमा ईन्टरनेट प्रयोगकर्ताको संख्या तिब्र रुपमा बढ्दै छ तर Online Banking र e-Banking जस्ता सुबिधाहरुको बिस्तार हुन भने सकेको छैन । बैंक त तिनको साखा नेपालको शहर-बजारका गल्लि-गल्लीमा खुलेका छन् र कतिपय बैंकले बिल भुक्तानी, नेपाल भित्रै अन्लाईन पैसा पठाउने र पाउने साथै नेपालका केही अन्लाईन वेबसाईटबाट सामान किन्ने सुबिधासम्म दिइरहेका छन् । तर अन्तरराष्ट्रिय स्तरमा भने कुनै सुबिधा दिन सकिरहेका छैनन् यी बैंकहरुले । नेपालीले Paypal प्रयोग गर्न नपाउनुको यो पनि एक प्रमुख कारण हो ।
यस बीडम्बनाको प्रमुख कारण भने नेपालको केन्द्रिय बैंक अर्थात नेपाल राष्ट्र बैंकको निति (Policy) हो । नेपाल बाहिरबाट जति पनि पैसा आउछ वा बाहिर जान्छ, त्यसको पुरै जानकारी नेपालका बैंकहरुले नेपाल राष्ट्र बैंकलाई दिनैपर्छ । त्यसकारण, बैंकहरुलाई Paypal वा अन्य कुनै अन्तरराष्ट्रिय माध्यम प्रयोग गर्न निकै गह्रो छ । प्रायजासो ठुला बैंकले Visa Card को सुबिधा दिने भये तापनी त्यो Visa Card नेपाल र भारत अनी कुनै-कुनै सार्क राष्ट्रहरुमा मात्र प्रयोग गर्न मिल्छ । त्यसले Paypal Verify गर्न मिल्दैन ।
नेपालमा अन्लाईन बिजनेस गर्ने वा अन्लाईन पैसा कमाउने मान्छेको संख्या पनि ठुलै छ । के तिनिहरुको Paypal Account छैन त? यस प्रश्नको जवाफ हो "छ" । तर कसरी? जहाँ इच्छा त्यहाँ उपाय भनेझै नेपालीहरुले पनि धेरै उपाये लगाएर Paypal प्रयोग गर्दै आइरहेका छन् । धेरैजसो नेपालीहरुले अमेरिका, बेलायत लगायत Paypal चल्ने देशहरुको ठेगाना प्रयोग गरेर Paypal Account बनाउँछन् र Virtual Credit Card वा Virtual Bank Account प्रयोग गरेर Verify गर्छन् । यो उपायले केही समयको लागि काम त गर्छ तर दुई-चार चोटि कारोबार गरेपछी Paypal लाई संका लाग्छ र Account Limited हुन जान्छ । सामान्यतया Account Limited भएपछि Paypal ले ठेगाना प्रमाणित (Verify) गर्न पठाउँछ जुन निकै गह्रो कुर हो तर असम्भव भने होइन । AVS VCC (Address Verification System - Virtual Credit Card) प्रयोग गरेर ठेगाना verify गर्न पनि मिल्छ । गर्न त धेरै कुरा मिल्छ तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यी सबै प्रकृया गैर-कानुनी हो र यदी Paypal ले यसको बारेमा थाहा पायो भने, कतिपय अवस्थामा Account मा भएको सबै पैसा झिक्नै नमिल्ने गरी रोक्का गरिदिन्छ ।
नेपालबाट Paypal को पैसा निकाल्ने सुबिधा दिनको लागि Online Payment Gateway नभएको भने होइन । eSewa, PayWay आदी Gateway हरु खुलेका त छन् तर यिनिहरुले पनि बेला बेलामा Paypal सम्बन्धी समस्या भोग्नु परेकोले, बेला-बखतमा Paypal बाट पैसा निकाल्ने सुबिधा बन्द गर्ने गरेका छन् । मैले यो लेख लेखिरहेको मिती (बैशाख ६, २०६८) मा पनि eSewa र PayWay दुबैले Paypal बाट पैसा निकाल्ने सुबिधा बन्द गरिरहेका छन् । कहिले यी Gateway ले सेवा सुचारु गर्छन् र पैसा निकालौंला भनेर धेरै मान्छेले कुरिरहेका छन् होला अहिले पनि। तर नेपालीको सामु कुर्नु बाहेक अरु कुनै उपाय पनि त छैन । जसको बिदेशमा आफन्तहरु छन्, उनिहरुले आफन्तकै मद्दतले पैसा झिक्छन भने जस्को कोही पनि छैन बिदेशमा, उनिहरुले कि त नेपालमै मान्छे खोजेर Commission तिरेर पैसा निकाल्छन कि त कुरेर नै बस्छन । तर कामना गरौ कि Paypal नेपालीलाई पनि छिट्टै खुलेर कारोबार गर्ने अनुमती दिओस् र नेपालीले अर्काको देशको ठेगाना प्रयोग गर्न नपरोस ।